डोटी । सुदूरपश्चिम प्रदेशका ६ जिल्लाका क्वारेन्टाइनमा रहेका एक हजार ४८३ जनाको स्वाब सङ्कलन गरिएको छ ।
सङ्कलित ती स्वाब परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । निर्देशनालयका अनुसार डोटीमा ३३०, कैलालीमा ३७१, कञ्चनपुरमा १५८, डडेल्धुरामा १९९, बैतडीमा ४२५, अछाममा २२६ जना गरी कुल ४८३ जनाको स्वाब सङ्कलन गरिएको छ । यहाँका अन्य तीन जिल्ला बझाङ, दार्चुला र बाजुरामा भने स्वाब सङ्कलन गर्न बाँकी रहेको बताइएको छ ।
त्यसैगरी डोटीका क्वारेन्टाइनमा रहेका २१३ जनामा गरिएको कोभिड–१९ र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) जाँचमा सबैको नेगेटिभ आएको छ । क्वारेन्टाइनमा रहेका स्वाब सङ्कलनमा नसमेटिएका १९१ पुरुष र २२ महिला गरी २१३ मा रगतबाट गरिने आरडिटी जाँचमा सबैमा ‘नन रिएक्टिभ’ नतिजा आएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।
जिल्लाको आदर्श गाउँपालिका, बडीकेदार गाउँपालिका, सायल गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकामा गरी चार वटा गाउँपालिकामा आरडिटी गरिएको हो । तीमध्ये आदर्श गाउँपालिकामा २३ पुरुष र दुई महिला गरी २५ जना, बडिकेदार गाउँपालिकामा ६२ पुरुष र एक महिला गरी ६३ जना, सायल गाउँपालिकामा २० पुरुष र पाँच महिला गरी २५ जना र बोगटान फुड्सिल गाउँपालिकामा ८६ पुरुष र १४ गरी १०० जनाको रगत जाँच गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै आजदेखि होम क्वारेन्टाइनमा बसेकाहरुको समेत आरडिटी परीक्षण शुरु गरिने स्वास्थ्य कार्यालयका प्रमुख मलासीले जानकारी दिए । यसका लागि जिल्लाका नौवटै स्थानीय तहसँग तथ्याङ्क माग्ने काम भइरहेको पनि उनले जानकारी दिए । सुदूरपश्चिमकै तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा गरिएको कोरोना जाँचको र्यापिड टेष्टमा २३८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रादेशिक प्रयोगशाला धनगढीसहित टोलीले र्यापिड टेष्ट किटमार्फत उक्त टेष्ट गरेको थियो ।
कैलालीमा १७९ जना र कञ्चनपुरमा ५९ जनाको क्वारेन्टाइन स्थलमै र्यापिड टेष्ट गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए । र्यापिड टेष्ट किटमा पोजेटिभ देखिएकालाई मात्रै रियल टाइम पिसिआर मेसिनमा कन्फर्म गरेर मात्रै नतिजा सार्वजनिक गरिने सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुर, प्रादेशिक प्रयोगशाला, सेती प्रादेशिक अस्पताल र नेपाली सेनाको टोलीले तीव्र रुपमा कोरोना जाँच गरिरहेकाले सबैको जिल्लाअनुसारको तथ्याङ्क आइनसकेको बताइएको छ । “स्वाब सङ्कलन गरिएकाहरुको एकीकृत तथ्याङ्क आउन केही समय लाग्छ”, उनले भने, “स्वास्थ्यका सबै निकाय फिल्डमा खटिएका छन्, तथ्याङ्क आउन समय लाग्छ ।”
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: