Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

डेरा लिएर अध्ययन गर्ने विधार्थीलाई आफ्नो जिल्ला पुर्याउने व्यवस्था

झापा । जिल्लाका विभिन्न स्थानमा डेरा गरेर अध्ययनरत विद्यार्थीलाई उनीहरुको गृह जिल्ला पुर्याइने भएको छ । कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले देशभर लकडाउन घोषणा गरेपछि डेरामा बसेर अध्ययनरत विद्यार्थी समस्यामा परेकाले उनीहरुलाई गृह जिल्ला पुर्याउने व्यवस्था गरिएको कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनगुमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए ।

उनका अनुसार झापामा करीब ३५० विद्यार्थी बाहिर अन्य जिल्लाबाट आएर अध्ययन गरिरहेका छन् । “लकडाउनका कारण विद्यार्थी समस्यामा रहेकाले उनीहरुलाई आआफ्नो घरमा पुर्याउन समितिको निर्णय भएको छ”, उनले भने, “चाँडै उनीहरुलाई घर पुर्याइने व्यवस्था गर्दै छौँ ।”

त्यस्तै, झापामा राहत वितरणमा एकरुपता ल्याउन मापदण्ड बनाउने तयारी थालिएको छ । राहत वितरणमा गाउँपालिका र नगरपालिकाले टोल विकास संस्थालाई परिचालन गर्ने, राहत पाउने परिवार छनोटका लागि वडास्तरीय सर्वदलीय सर्वपक्षीय संयन्त्र गठन गरेर वास्तविक विपन्न परिवारको पहिचान गरी राहत वितरण गर्ने व्यवस्था गर्न प्रदेश सरकारसँगको सहकार्यमा मापदण्ड बनाउने तयारी थालिएको संयोजक पोर्तेल बताए ।

जिल्लामा किसानलाई आवश्यक सिँचाइ प्रयोजनका लागि डिजेल, खाद्यान्न उद्योग तत्काल सञ्चालन गर्ने आपूर्ति सहज बनाउने, इन्धन आपूर्तिको व्यवस्था मिलाउने, सीमा क्षेत्रमा आवतजात रोक्न स्थानीय नागरिकहरुको सहभागितामा नागरिकस्तरको नागरिक समूह गठन गर्ने लगायतका काम भइरहेको छ ।

झापाका १५ वटा स्थानीय तहले स्थापना गरेको राहत कोषमा हालसम्म रू पाँच करोड २२ लाखभन्दा बढी रकम जम्मा भइसकेको संयोजक पोर्तेलले जानकारी दिए । उनका अनुसार स्थानीय तहले ३३ हजार विपन्न परिवारलाई सात लाख केजी चामल वितरण गरिसकेको छ । साथै, दाल, नून, खानेतेल, साबुनलगायत सामग्री समेत वितरण गरिएको छ । झापामा ७०० बेडको क्वारेन्टाइन निर्माण गरिएको छ भने नौ जनाको कोरोना स्वाब परीक्षण गरिएको छ । जसमध्ये आठ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies