Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

उहानको लकडाउन समाप्त, सडकमा मानिसको भीड

उहान । कोरोनाभाइरसको महामारी फैलिएपछि चिनियाँ शहर उहानमा दुई महिना भन्दा बढी घरभित्रै बस्न बाध्य टोङ झेङकुन बुधबार ७६ दिनको बन्दाबन्दी (लकडाउन) खुलेसँगै सडकमा निस्किएका लाखौं चिनियाँमध्ये एक थिए।

“म ७० दिन भन्दा बढी समयदेखि घरबाहिर निस्किएको थिइनँ,” भावुक मुद्रामा झेङकुनले बताए । शहरको मध्यभागबाट बग्ने विशाल याङ्जी नदीको पुलबाट शहरको झिलिमिली नियाल्न आइपुगेका झेङकुन अनायाश भावुक भएका थिए । “यति धेरै दिन घरभित्र बस्दा म पागलझैं भएको थिएँ ।”

झण्डै १ करोड १० लाख मानिसको बसोबास रहेको उहानका सडकहरू एकाएक सवारी साधनले भरिएका थिए भने बिमानस्थल, रेल र बस स्टेशनहरूमा लामालामा लाइन देख्न सकिन्थ्यो । उहानबाट आफ्ना घर फर्कन चाहने तथा अन्यत्रै काम गर्ने हजारौं मानिस सबेरै यहाँ भेला भएका थिए । सडकका ठाउँ ठाउँमा राखिएका पहेँला अवरोधहरू हटाइएका थिए । यद्यपि आवासीय घरहरुका ढोकामा सुरक्षा पहरा अझै राखिएको छ ।

टोङले आफ्नो अपार्टमेन्ट कम्प्लेक्सका बासिन्दालाई भाइरस देखिएपछि अरु मानिसको आउजाउका लागि बन्द गरिएको थियो । छिमेकी कामदारहरुले ती कठिन दिनहरुमा खानेकुरा ल्याइदिने गरेको टोङले सम्झिए । शहर बन्द भएपछि त्यस्ता उपायहरू अपनाउनुको विकल्प थिएन ।

शहरमा भाइरसको प्रकोप बढेसँगै अस्पतालमा मानिसको भिड देखिन थालेपछि जनवरी २३ देखि उहानमा लकडाउन शुरू भएको थियो । विद्यालयहरू अझै बन्द छन्, भवनमा प्रवेश गर्नेक्रममा सबै मानिसको शरीरको तापक्रम जाँचिन्छ र मास्क लगाएर मात्र खुला ठाउँमा जान कडा नियमहरु जारी गरिएका छन् । शहरको नेतृत्वले सामाजिक र व्यावसायिक जीवन फिर्ता ल्याउने सन्दर्भमा कोरोनाभाइरसको दोस्रो संक्रमणको खतरालाई विचार गरेको बताएका छन् ।

तैपनि, यात्रा गर्न पाउनु पनि ठूलो राहत हो । बिमान र रेलद्वारा बुधबार मात्र ६५ हजार भन्दा बढी मानिस आआफ्ना गन्तव्यतर्फ लाग्ने अपेक्षा गरिएको छ । उहानका बासिन्दाहरूलाई अब कुनै आधिकारिक अनुमति बिना यात्रा गर्न पाउने छुट दिइएको छ तर सबैले मोबाइलमा स्वास्थ्य विवरण अनिवार्य रुपमा अद्यावधिक गर्नु पर्नेछ । यसबाट व्यक्तिको पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा जानकारी प्राप्त गर्न र अनुगमन गर्न सरकारी निकायहरुलाई सहज हुनेछ ।

लकडाउन खुलेसँगै पुल, सुरुङ र राजमार्गका टोल बुथहरूमा सवारी साधन र मानिसको भिड देखिन केही समय लागेन । मानिसहरु घुम्न, बाहिर निस्कन र शहर छाड्न कति आतुर थिए भन्ने यसैबाट देखिन्थ्यो । जिल्ला प्रहरी प्रमुख यान सियाङशेङका अनुसार करिब एक हजार सवारी साधन त मध्यरातमा उहानको सिमानाको व्यस्त राजमार्ग टोल बुथबाट बाहिरिएका थिए ।

बिमानस्थलका अधिकारी लोउ ग्वेइका अनुसार एमयु२५२७ ले उहान तियान्हे अन्तर्राष्ट्रिय एयरपोर्टबाट बिहान ७।२५ बजे नै हैनान प्रान्तको तटीय शहर सान्याका लागि पहिलो उडान भरेको थियो । यो शहर समुद्री बीचहरुका लागि प्रख्यात छ ।

“चालक दलले उडान अवधिभर चश्मा (गगल्स), मास्क, र पञ्जा लगाउने छन्,” चीफ उडान कर्मचारी गुओ बिन्क्सुलाई उद्धृत गर्दै सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ । “यो धेरै सहज हुनेछ किनकि हामीले यस उडानका लागि धेरै तयारी गरेका थियौं ।”

बिमानस्थलमा चेन यातिङले आफूलाई सुरक्षित राख्न थप व्यवस्था गरेका थिए। उनले सेतो सुरक्षा कवज पहिरिनुका साथै ग्लोभ्स, मास्क र बेसबल टोपी लगाएका थिए । उनी दक्षिणी शहर ग्वान्झाउतर्फ उड्ने तयारीमा थिए। “हामी एक राम्रो युगमा बाँचिरहेका छौं,” चेनले भने, “आजको यो उपलब्धि त्यति सजिलो थिएन ।”

चीनमा भेटिएका कूल संक्रमितमध्ये यही शहरमा मात्र ८२ हजारभन्दा बढी हुनुका साथै ३ हजार ३०० भन्दा बढीको मृत्यु भएको थियो । यहाँ नयाँ संक्रमितको संख्या निरन्तर घट्दै गएको छ । सरकारले बुधबार शहरमा कुनै नयाँ घटना नदेखिएको जनाएको छ ।

कोरोनाभाइरस सम्बन्धी चीनको गणनाको सत्यताका बारेमा प्रश्नहरू गरिए पनि उहान र हुबेको अभूतपूर्व लकडाउन सफल भएको छ र यही विधि विश्वका अन्य देशले पनि अपनाउन थालेका छन् ।

“उहानका मानिसहरूले धेरै नै संकट झेले र उनीहरुमा मानसिक र मनोवैज्ञानिक असर पनि परेको थियो,” स्थानीयबासी झाङ सियाङले बताए । “उहानका मानिसहरु आफ्नो दृढ इच्छाका लागि अब विश्वभर नै चिनिने भए ।”

लकडाउनको अवधिमा उहानका बासिन्दाहरूले खाना किन्न वा बिल्कुलै आवश्यक मानिने अन्य कार्यहरूमा भाग लिन मात्र आफ्नो घर छोड्न पाउँथे । केहीलाई शहर छोड्न अनुमति दिइएको थियो, तर उनीहरूसँग कोरोना संक्रमण नभएको बलियो प्रमाण हुनु आवश्यक थियो । उनीहरुले कहाँ र किन जान लागेको भन्ने सरकारी प्रमाण पनि साथमै राख्नु पर्दथ्यो । त्यसपश्चात पनि अधिकारीहरूले उनीहरूलाई चिठीमा छाप छैन भन्दै फिर्ता पठाउन सक्थे ।

हुबे प्रान्तकै अन्य भागका बासिन्दाहरूलाई तीन साता पहिले उहानबाट बाहिर जान खुला गरिएको थियो । तर उनीहरुले पनि आफू स्वस्थ रहेको प्रमाण पेश गर्नु पर्ने व्यवस्था गरिएको थियो । शहर छोड्ने मानिसहरूले अन्तिम गन्तव्यमा पुग्नेक्रममा धेरै किसिमका चुनौती पार गर्नुपर्ने हुन्थ्यो, जस्तै १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने तथा न्यूक्लिक एसिड परीक्षण गर्नु पर्दथ्यो ।

उहान शहर ठूलाठूला उद्योगका लागि प्रमुख केन्द्र हो, विशेषगरी सवारी साधन यहाँ उत्पादन हुने गर्दछन् । धेरैजसो प्रमुख प्लान्टहरुले उत्पादन पुनः सुरु गरेका भए पनि धेरै मानिसलाई रोजगारीको अवसर सिर्जना गर्ने साना र मझौला व्यवसायहरू संघर्षरत छन् किनभने यस्ता उद्यमका उत्पादनको माग अहिले ह्वात्तै घटेको छ । उहान नगर सरकारका अनुसार यस्ता उद्यम व्यवसायका लागि सरकारले २० अर्ब युआन (२ अर्ब ८० करोड डलर) को प्राथमिकताप्राप्त ऋणको व्यवस्था गरेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending