Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

कृपया शान्त बसिदिनुहोला, प्रधानमन्त्री सुतिरहनुभएको छ

ए पटमुर्ख हो
किन झ्वाम्म फाल हानेको महाकालीमा?
अहिले छिटा पर्छ अनि
ब्युझनुहुन्छ हाम्रा प्रधानमन्त्री
खास देश डुबेकै छैन
किन उठाउँछौ खुन्खार पौडेबाजलाई यति छिटै?

ए गिद्द हो
किन सहर पसेका?
बित्थामा अहिले तिम्रो सिनो गन्हाएर
ब्युझनुहुन्छ हाम्रा प्रधानमन्त्री
खास जनता मरेकै छैनन्
डुङ्डुङ्ती लास त गन्हाउन देओ पहिले।

ए बज्रस्वाँठहरु हो
किन लखरलखर हिँडिरहेछौ तिमीहरु
शहरबाट गाउँतिर
माम पाइने ठाउँतिर
थपक्क दूध-भात खाएर एकै ठाउँ थच्चिन सकिँदैन?
अहिले तिम्रा खस्रक-खस्रक हिँडाइले
ब्युझनुहुन्छ हाम्रा प्रधानमन्त्री
खास रोग, भोक र शोक त फैलिएकै छैन सहरमा
अझ केहीबेर कोलाहल मच्चिन त देओ।

खबरदार सेता कोटधारी हो
किन चाहियो अहिल्यै स्वास्थ्य सामाग्री?
किन चाहियो अहिल्यै उपकरणहरु?
बित्थामा खरिद बिक्रीका कुरा कानमा परे
सलबलाउनुहुन्छ प्रधानमन्त्री
अहिले ब्युझनुहुन्छ हाम्रा प्रधानमन्त्री

ए मुटु नभएकाहरु हो
किन छापिरहेछौ पत्रपत्रिका?
किन घन्काइरहेछौ टिभी र रेडियोहरु?
किन भरिरहेछौ इन्टरनेटका भित्ताहरु?
तिम्रा किइबोर्डबाट निस्किएका खत्रक-खत्रक आवाजले
अहिले ब्युझनुहुन्छ हाम्रा प्रधानमन्त्री
खास बाँसुरी बजाउने त बेलै भएको छैन
पख न केहीबेर रोम जसरी दनदनी शहर त जलोस्

ए जनता हो
किन चिच्याइरहेछौ ठूलोठूलो स्वरमा
किन चाहियो नि:शुल्क स्वास्थ्य उपचार?
किन खान पर्‍यो गरिबले दुई छाक खाना?
किन हुल्न पर्‍यो रोगव्याधी बोकेकालाई देशभित्र?
के हुन्छ दुईचार स्वास्थ्यकर्मी सहिद हुँदैमा?

तसर्थ
यस महासंकटको घडीमा
कसरी घरभित्रै निष्क्रिय बस्ने
देशकै अभिभावकबाट सिक्नुहोस्
नभए प्रमुख प्रतिपक्षीसँग सिक्नुहोस्
देशबासीहरु कृपया सवैजना शान्त बसिदिनुहोस्
प्रधानमन्त्री सुतिरहनुभएको छ
हाम्रा प्रधानमन्त्री सुतिरहनुभएको छ।

साभार : स्वास्थ्य खबर डट कमबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE