Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

अब राहत वितरणको तस्वीर खिच्न नपाइने

बाग्लुङ । वालिङ नगरपालिकाले लकडाउनको समयमा नगरभित्रका खाद्यान्न पसलमा दैनिक उपभोग्य वस्तुको एउटै दरभाउ निर्धारण गरेको छ ।

वालिङ उद्योग वाणिज्य सङ्घ र व्यवसायीको संयुक्त बैठकले खाद्यान्नको दरभाउ निर्धारण गरेको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए। नगरभित्रका १४ वटै वडामा लकडाउनले समस्यामा परेका सीमान्तकृत, गरिब, दैनिक ज्यालादारी गरी गुजना चलाउने मजदूरलाई खाद्यान्न तथा राहत एउटै दरभाउमा उपलब्ध गराउन दरभाउ निर्धारण गरिएको जनाइएको छ ।

सबै वडामा अहिले अति विपन्नको तथ्याङ्क सङ्कलन भइरहेको र त्यसका आधारमा वडाले कुपन मार्फत पायक पर्ने खाद्यान्न पसलबाट लिन सक्ने व्यवस्था मिलाइएको उनले बताउनुभयो । “कोरोना भाइरसको जोखिमको असहज परिस्थितिमा दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाउने छौँ”, नगर प्रमुख खाँणले भने, “दैनिक अत्यावश्यक वस्तुको कालोबजारी, अनुचित मूल्य वृद्धि, मिसावट तथा गुणस्तरहीन मालसामान बिक्री वितरण गर्ने कार्यलाई निरुत्साहित गरिने छ ।”

राहत वितरण तथा व्यवस्थापन गर्न बनेको कार्यविधि–२०७६ पारित गरी लागू गरेको छ । “लकडाउनको कारणले दैनिक गुजारा चलाउन नसकेका व्यक्तिलाई यो अवधिमा जीवनयापनका लागि अत्यावश्यक दैनिक खाद्य सामग्रीसहितको जिन्सी, राहत प्याकेज उपलब्ध गराउन आवश्यक हुन्छ”, उनले भने, “स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी बनेको नगरपालिकाको नगर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ को दफा २७ ले दिएको अधिकार प्रयोग गरी नगर कार्यपालिकाले कार्यविधि तयार गरी लागू गरेका छौँ ।”

नगर कार्यपालिकासहित सर्वदलीय सर्वपक्षीय बैठकले कार्यविधि पारित गरेको थियो । कार्यविधिमा चामल सावा राम्रो प्रतिकेजी रु ५५, अडहर दाल प्रतिकेजी रु १४०, मुसुरो दाल प्रतिकेजी ११०, भटमास तेल प्रतिलिटर रु १५०, आयो नुन प्रतिकेजी रु २१ र साबुन प्रतिगोटा रु ३० निर्धारण गरिएको छ । दैनिक उपभोग्य वस्तुको खरिद बिक्रीका समयमा तोकिएको दूरी कायम गर्नुपर्ने र अति विपन्नहरुको आत्मसम्मानमा ठेस नपु¥याउने उद्देश्यले राहत वितरणको तस्वीर नखिच्ने पनि निर्णय गरेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending