कास्की । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना शंका गरिएका र कोरोना संक्रमित पुष्टि भएकाहरुका लागि छुट्टै एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले वर्तमान अवस्थालाई ध्यानमा राखी जोखिम न्यूनीकरणका लागि व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगाएका चालकसहित छ एम्बुलेन्स व्यवस्था गरिएको जानकारी दिए ।
शर्माका अनुसार पहिलो चरणमा नेपाल रेडक्रस सोसाइटी कास्की, आर्मी अस्पताल फूलबारी, हरियोखर्क अस्पताल नयाँगाउँ, बिजी अस्पताल माटेपानी, सिद्धार्थ क्लब बगालेटोल र फिस्टेल अस्पताल गैह्रापाटनका एम्बुलेन्सलाई पिपिईसहित परिचालन गर्ने निर्णय गरिएको हो । उनका अनुसार सुरक्षा सामग्रीको अभावमा एम्बुलेन्सले शंकास्पद बिरामी बोक्न आनाकानी गर्न थालेपछि यो निर्णय गरिएको हो ।
मजदूरलाई एनआइसी एशिया बैंकको राहत
लकडाउनबाट प्रभावित दैनिक ज्याला मजदूरी गर्ने परिवारलाई एनआइसी एशिया बैंँकले राहत प्रदान गरेको छ । हाल मजदूर परिवार भोकै बस्नुपर्ने अवस्था आएपछि बैंकले कावासोती नगरपालिका र पोखरा महानगरपालिकामा ज्याला मजदूरी गर्ने करीब १५० परिवारलाई स्थानीय सरकारसँगको सहकार्यमा रू दुई लाख ५० हजारको चामल, तेल, नुन, दाललगायत खाद्य सामग्री वितरण गरेर सामाजिक उत्तरदायित्व बहन गरिएको बैंकका प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाले जानकारी दिए ।
खनियाका अनुसार हाल बैंकले आफ्ना ग्राहकमा पर्न सक्ने असुविधालाई ध्यानमा राखी सातै प्रदेशमा ग्राहक सहायता केन्द्र स्थापना गरेर २४ सै घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरेको छ ।
कोरोना भाइरसबारे चार जातिको भाषामा सचेतना
तनहुँ– व्यास नगरपालिका कार्यालयले चार जातिको भाषामा जिंगल बनाएर आइतबारदेखि कोरोना भाइरससम्बन्धी माइकिङमार्फत सचेतनामूलक कार्य थालेको छ । दरै, गुरुङ, मगर र नेवार जातिको भाषामा जिंगल बनाएर नगरपालिकाका १४ वटै वडामा पुगेर प्रचारप्रसार गरी थालिएको हो ।
आफू बाँचे परिवार बाँच्छन्, परिवार बाँचे देशै बाँच्ने’ हुँदा हेलचेक्य्राइँ नगर्नका लागि सचेतनामूलक सन्देश माइकिङमार्फत दिन लागिएकोको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले बताए।
विदेशबाट आएका व्यक्तिलाई सुरक्षित किसिमले क्वारेन्टाइनमा बसेर सहयोग गर्नसमेत आग्रह गरिएको छ । स्थानीय एफएमका माध्यमबाट पनि कोभिड– १९ सम्बन्धी सन्देशमूलक विषयवस्तुको प्रचारप्रसार गरिएको उनले जानकारी दिए।
माइकिङ गर्दै जाँदा जुन समुदायको बस्ती भेटिन्छ, सोहीअनुरुप जिंगलको व्यवस्था गरिने छ । उनीहरुको आफ्नै भाषामा माइकिङ गर्दा सहज रुपमा बुझ्न सक्ने भएकाले सोहीअनुरुपको जिंगलको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । आदिवासी जनजातिको बाहुल्य सो नगरपालिकामा कुल ७१ हजार ८०९ जनसंख्या छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: