Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

लडाउनलाई थप कडाइका साथ लागू गर्ने सरकारको निर्णय

धनगडी । सुदूरपश्चिम प्रदेश सरकारले लडाउनलाई थप कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको ‘कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समिति’ को बैठकले नेपाल सरकारद्वारा जारी गरिएको लकडाउनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन कडाइका साथ लागू गर्ने र लकडाउन अवधि थप गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।

“क्वारेन्टाइन (कोभिड–१९ शंकास्पद) लाई थप प्रभावकारी र व्यवस्थित बनाउन कडाईका साथ क्वारेन्टाईन सम्बन्धि तोकिएको नियमानुसार लागु गरिने छ।” मन्त्री शाहले भने,–“भारत लगायत अन्य मुलुकबाट आएका तर क्वारेन्टाईनमा नबसेकालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बसाउन स्थानिय तह तथा सुरक्षा निकायको समन्वयमा व्यवस्थित गरिने छ ।”

कोरानाको रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनका लागि आवश्यक पर्ने औषधि, उपकरण, आवश्यक सामग्री तथा विज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मार्फत नेपाल सरकारलाई माग गर्ने निर्णय गरिएको छ ।
अस्पताल र स्वास्थ्य कार्यालयलाई विनियोजन गरिएको बजेट कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा व्यवस्थापन प्रयोजनका लागि व्यवस्थित रुपमा खर्च गर्ने, वितरण भइरहेका राहत सामग्रीहरु वितरण सबन्धी व्यवस्थाको लागि स्थानीय तह मार्फत् एकद्वार प्रणाली मार्फत व्यवस्थित गर्ने पनि निर्णय भएको छ ।

प्रदेश अन्र्तगतका प्रादेशिक तथा जिल्ला अस्पतालमा कोभिड–१९ को उपचार तथा व्यवस्थापन गर्न चिकित्सक सहितको मेडिकल स्वास्थ्य टोलीनिर्माण गरी तयारी अवस्थामा राख्ने, एम्बुलेन्स तथा शव बाहनको व्यवस्था तम्तयार गर्ने निर्णय भएको मन्त्री शाहले जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies