कास्की । पोखरा महानगरपालिका वडा नं ३३ बाघमाराका अगुवा कृषक ठाकुर आचार्यका गोठमा ६० वटा गाई छन् । केही दिन यता जारी लकडाउनका कारण गोठमा न पराल, छ नत दाना । जेनतेन पाखाबाट स्याउला थपथाप गरी अहिलेसम्म गाई बचाएको बताउँदै आचार्यले यो क्रम लम्बिने हो भने तिनीहरूलाई बचाउन पनि मुस्किल भएको दुःखेसो गरे ।
“खै यो लकडाउन कति दिन लम्बिने हो, दाना, पराल सबै सकिएको छ”, उनले भने, “व्यावसायिक गाई पालन थालेको एक दशक बित्यो तर यस्तो दुःख त पहिलो पटक भोग्नु प¥यो ।” नाकाबन्दीको समयमा पराल तथा दाना आपूर्तिमा सामान्य समस्या भोगे पनि अहिलेको जस्तो त कल्पना नै नगरेको उनले बताए। एक दशकअघि पटकपटक बारीको तरकारी खाइदिएर हैरान पारेको बेवारिसे गाई विसं २०६६ चैतमा समातेर बाँधेका उनले त्यस यता गर्दै आएको गाईपालन अहिले भने आचार्य गाई फार्ममा परिणत छ ।
गाईपालनसँगै तरकारी खेतीका लागि मल पर्याप्त हुन थालेपछि उनले गाईपालन र तरकारी खेतीलाई सँगसँगै अघि बढाएका छन्। गाईफार्ममा डेढ करोडभन्दा बढी लगानी गरिसकेका उनलाई अहिले भने दाना र पराल अभाव भएपछि भएका गाई कसरी बचाउने भन्ने चिन्ताले पिरोलेको छ । पैसा कमाउने इच्छासँगै १४ वर्षेको कलिलै उमेरमा भारतको केरलामा पुगेका आचार्यले डेढ दशक विदेशमै बिताए । त्यहाँको बसाइँले उनलाई स्वदेशमा नै केही गनुपर्छ भन्ने पाठ मात्र सिकाएन, अरुका लागि पनि अनुकरणीय बने ।
घरपरिवारको जीविकोपार्जन त छँदै छ आम्दानीका साथै अरुलाई पनि रोजगारी दिँदै आएका आचार्यले अहिले भने लकडाउनका कारण व्यवसाय धान्न नै मुस्किल परेको गुनासो गर्नुभयो । उहाँका अनुसार लकडाउन शुरु भए लगत्तैदेखि पराल तथा दाना सकिएका कारण दूधको उत्पादन पनि घटेको छ । “लकडाउन अघि दैनिक ३०० लिटरसम्म दूधको उत्पादन हुने गर्दथ्यो अहिले भने २०० लिटर पु¥याउन पनि धौं धौं हुने गरेको छ,” उनले बताए “दाना पराल पर्याप्त नभपछि दूधमा गुणस्तर कम हुँदै फ्याट कमी भएपछि विगतको मूल्य समेत पाउन सकिएको छैन ।”
दूध सङ्कलन केन्द्रमा पु¥याइने दूध पनि फ्याटको आधारमा प्रतिलिटर ५५/५६ रुपैयाँ लिने गरेकामा अहिले फ्याट कम हुन थालेपछि प्रतिलिटर ५० को हाराहारीमा झर्ने गरेको कृषकको गुनासो छ । लकडाउनका कारण बजारमा बसोबास गर्दै आएका अधिकांश गाउँ फर्केपछि दूधका उपभोक्ता घटेसँगै उत्पादित दूधले पनि बजार नपाएको उहाँले दुःखेसो पोख्नुभयो । उहाँका अनुसार दूधले बजार नपाएपछि दुहेको दूध पनि आधाआधी गाईलाई नै खुवाउनुपर्ने बाध्यता बनेको छ ।
गाईपालनसँगै तरकारी खेती समेत गर्दै आएका आचार्यको बारीमा यतिखेर बन्दा छिप्पिँदै गएका छन् । यतिखेर तरकारी खेतीबाट ६० हजार रुपैयाँसम्म आम्दानी गर्ने सोच राखेको बताउँदै उनले बन्दाका लागि बजार नपाए पछि उक्त सोचाई पनि सपना जस्तै बनेको पीडा व्यक्त गरे ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: