Ntc summer Offer
Khabar Dabali ५ फाल्गुन २०८१ सोमबार | 17th February, 2025 Mon
Investment bank

‘सरकार हामीलाई घर पस्न देऊ, ढोका बन्द नगर’

नेपालगन्ज । कोरोना भाइरसको सन्त्रासका कारण भारतका विभिन्न ठाउँबाट अनेक हण्डर खाएर पनि नेपाली नागरिकहरु जब नेपाल–भारत सिमानाका दसगजासम्म आइपुगे, उनीहरुलाई नेपाल सरकारले प्रवेश गर्न अनुमति दिएन। भारतको रुपैडिहामा सयौंको संख्यामा रहेका नेपाली नागरिकले नेपालगन्ज नाकाबाट सहजै प्रवेश गर्न नपाएपछि अन्य अबैध नाकाबाट भएपनि नेपाल छिर्ने निधो गरे।

आजको नागरिक दैनिकमा खबर छ - कोही जिल्लाको राप्तीपारी नरैनापुर क्षेत्रका नाकाबाट प्रवेश गरे, भने कोही नेपालगन्ज आसपासका अबैध नाकाबाट। नेपाली सुरक्षाकर्मीले यतातिर प्रवेशमा कडाई गरेपनि सीमापारि भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकलाई साथ दिए। सीमामा अलपत्र परेका मध्ये सयौं ब्यक्तिहरु राप्तीपारी नरैनापुर, खयरभट्टी लगायतका अबैध नाकाबाट प्रवेश गरे।

त्यसरी प्रवेश भएका मध्ये डेढ सयभन्दा बढी ब्यक्तिलाई फेला पारेर नरैनापुर गाउँपालिकाले क्वारेन्टाइनमा राखेर खाने र बस्ने ब्यवस्था मिलाइसकेको छ। यता, नेपालगन्जसँगै जोडिएको जयसपुरको अबैध नाकाबाट दुई दिनअघि सीमा प्रवेश गरेका १ सय ६४ जनालाई भने सीमाक्षेत्रमै रोकियो। उक्त समूहमा रहेका महिला र बालबालिका गरी ९ जनालाई नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा ल्याएर राखियो। तर, बाँकी १ सय ५५ जना नेपाली नागरिक दुई दिनदेखि खुल्ला आकाशमुनि बसिरहेका छन्। चिसो खेतको सुताई, रातभर लामखुट्टेको टोकाई र भोको पेटले उनीहरु झन् बिरामी पर्ने खतरा बढेको छ।

उनीहरु नेपाल–भारत सिमानाका दसगजा छेउमै रहेका रुखमुनि रात कटाउन बाध्य भइरहेका छन्। आफुहरु क्वारेन्टाइनमा बस्न तयार रहँदा समेत सरकारले बेवास्ता गरेको उनीहरुको दुखेसो छ। ‘हामीहरु सबै जना भारतबाट फर्केका हौं, कामकाज बन्द भएपछि अर्काको देशमा बस्ने अवस्था नै भएन,’ उनीहरु भन्छन् ‘बाटोमा धेरै दुःख, कष्ट सहेर घरसम्म आएका हामीलाई सरकारले ढोका थुनेर आउन नदिदाँ साह्रै पीडा भएको छ, हामी यहाँबाट कहाँ जाने रु बरु हामीलाई नेपालभित्रै क्वारेन्टाइनमा राख्ने ब्यवस्था मिलाइयोस्।’

संकटको बेलामा घर खोज्दै आइपुगेका आफुहरुलाई सरकारले ढोका थुन्नु अन्यायपुर्ण भएको उनीहरु बताउँछन्। हरेक बिन्ती गर्दापनि सरकारले सुन्न नचाहेको गुनासो गरे। सीमा क्षेत्रमा अलपत्र परेका यि नागरिकलाई नेपाल प्रवेश नगराएकोप्रति यहाँका नागरिक समाज, अधिकारकर्मी, आमसर्बसाधारणले पनि सरकारको आलोचना गरिरहेका छन्। नेपालगन्ज उपमहानगरपालिकालाई समेत नेपाल सरकारको नीति चित्त बुझेको छैन।

सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई नेपाल प्रवेश गराएर ब्यवस्थित रुपले क्वारेन्टाइनमा राख्नुपर्ने पक्षमा उपमहानगरपालिका छ। तर, स्थानीय प्रशासनले प्रवेश गराउन माथिबाट आदेश नभएको भन्दै उपमहानगरपालिकाको कुरा सुन्न चाहेको छैन। उपमहानगरपालिकाले ती नेपालीलाई आफ्नो स्रोत र जनशक्ति परिचालन गरेर सीमा क्षेत्रमै पुगेर मंगलबार बेलुकीबाट खाना र पानी खुवाउन थालेको छ।

सीमा क्षेत्रमा पुगेर नेपाली नागरिकको अवस्था प्रत्यक्ष देखेकी नगर उपप्रमुख उमा थापामगरले भारतबाट फर्केका नेपालीको स्थिति एकदमै ‘नाजुक’ रहेको बताइन्। ‘भारतबाट फर्केका नेपालीहरु दसगजा छेउमै बसेका छन्, १ सय ६४ जना मध्ये ९ जना महिला र बालबालिकालाई प्रशासनले क्वारेन्टाइन सम्म ल्याएर राख्न दियो, अरुलाई ल्याउन दिएन,’ उनले नागरिकसँग भनिन् ‘सीमामा रहेका नेपालीलाई उपमहानगरपालिकाले आफ्नो स्रोत र जनशक्ति प्रयोग गरेर खानपिनको ब्यवस्था गरेको छ।’ उनीहरुको लागि बस्ने ब्यवस्था नहुँदा कष्टकर जीवन बिताइरहेको थापाले सुनाइन्।

सरकारले सीमा क्षेत्रमा रहेका नेपालीलाई नेपालमै ल्याएर ब्यवस्थित रुपले क्वारेन्टाइनमा राख्नु नै उपयुक्त हुने उनको धारणा छ। ‘बरु उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखौं, बाँके जिल्लाको पनि नेपालगन्जका छन, भने हामी क्वारेन्टाइनमा राख्न तयार छौं, तर यसरी बिजोगमा नपारौं,’ उनले थपिन्।

स्थानीय महेन्द्र बहुमुखी क्याम्पसमा स्थापना गरेको क्वारेन्टाइनमा अझै ५० जना अट्न सक्ने उपमहानगरपालिकाले जनाएको छ। जिल्लाका अन्य गाउँपालिका र नगरपालिकाले स्थापना गरेका क्वारेन्टाइन पनि अहिलेसम्म खाली अवस्थामै रहेका छन्।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नेपाल–भारत सीमा नाकाबाट कसैलाई पनि आवत–जावत गर्न नदिन माथिबाटै कडाई गरिएको बताए। ‘अहिलेसम्म कसैलाई पनि आवत जावत गर्न नदिने भनेर माथिको निर्देशन छ,’ उनले भने। सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकको विषयमा के गर्ने भन्ने विषय छलफलमै रहेको प्रजिअ खड्काले सुनाए। नागरिक दैनिकमा खबर छ

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy