गन्ध वा स्वाद थाहा नपाउने अवस्था कोरोनाभाइरसको लक्षण हुन सक्ने ब्रिटेनका अनुसन्धानकर्ताहरूले बताएका छन्।
लण्डनस्थित द किङ्स कलेजको एउटा समूहले कोभिड-१९ को लक्षण देखिएको विवरण एउटा एपमार्फत् व्यक्त गरेका ४ लाखभन्दा बढी मानिसको जवाफको अध्ययन गरेको थियो।
तर गन्ध वा स्वाद थाहा नपाउनु, रुघाखोकीजस्ता श्वासप्रश्वाससम्बन्धी अन्य सङ्क्रमणको पनि लक्षण हो।
विज्ञहरूले सबैभन्दा बढी ध्यान दिनुपर्ने र कदम चाल्नुपर्ने लक्षण चाँहि ज्वरो र खोकी भएको उल्लेख गरेका छन्।
यदि तपाईँ वा तपाईँसँगै बसिरहेका कोहीमा निरन्तर खोकी वा उच्च ज्वरो देखिएको छ भने कोरोनाभाइरसको सङ्क्रमणको जोखिम नियन्त्रणका लागि घरभित्रै बस्न सुझाव दिइएको छ।
अध्ययनले के फेला पार्यो?
द किङ्स कलेजका अनुसन्धानकर्ताहरूले कोरोनाभाइरसका सम्भावित लक्षणबारे विज्ञहरूलाई बुझ्न थप मद्दत पुगोस् भन्ने उद्देश्यले आफ्नो अध्ययन केन्द्रित गरेका थिए।
कोभिड सिम्पटप ट्रायकर एपका अनुसार सम्भावित लक्षण रहेको भनिएका व्यक्तिहरूले निम्न धारणा राखेका थिएस्
५३. प्रतिशतले आफूले थकित वा गलेको महसुस गरेको बताए
२९. प्रतिशतले निरन्तर खोकी भएको बताए
२८. प्रतिशतले सास फेर्न गाह्रो भएको बताए
१८. प्रतिशतले गन्ध र स्वाद थाहा नपाएको बताए
१०.५ प्रतिशतले ज्वरो आएको बताए
अध्ययनमा सहभागी चार लाख मानिसमध्ये १७ सय २ जनाले कोभिड(१९ को परीक्षण गराएका थिए। त्यसमध्ये ५७९ जनामा कोभिड-१९ देखिएको थियो।
कोरोनाभाइरसको सङ्क्रमण देखिएकामध्ये प्रत्येक पाँच जनामध्ये तीन जनाले स्वाद वा गन्ध थाहा नपाएको धारणा राखेका थिए।
के स्वाद वा गन्ध थाहा नपाउनुलाई अब प्रमुख लक्षण मान्नुपर्छ ?
विज्ञहरूले अझै पनि पर्याप्त प्रमाण नरहेको जनाएका छन्।
पब्लिक हेल्थ इङ्ग्ल्याण्ड र वर्ल्ड हेल्थ अर्गनाइजेशनले तिनीहरूलाई सूचीमा राखिसकेका छैनन्।
नाक, कान र घाँटीका चिकित्सकहरूको समूह ईएनटी यूकेले कोरोनाभाइरसको सङ्क्रमण देखिएका केही बिरामीमा यी लक्षण देखिनु आश्चर्यजनक नभएको जनाएको छ। तर ती लक्षणहरू कोभिड(१९ मा मात्रै सीमित छैनन्।
द किङ्स कलेजका अनुसन्धानकर्ताहरूले स्वाद वा गन्ध थाहा नपाउनुलाई थप लक्षणका रूपमा ध्यान दिनु उपयुक्त हुनसक्ने भनेका छन्।
तर त्यसलाई मात्रै नभई त्यो भन्दा महत्त्वपूर्ण ज्वरो र रुघालाई बढी प्राथमिकता दिन उनीहरूले सुझाएका छन्।
प्रमुख अनुसन्धानकर्ता टिम स्पेक्टर भन्छन्, जब अरू लक्षणहरूसँग जोडेर हेरिन्छ, स्वाद वा गन्ध थाहा नपाउने व्यक्तिहरूमा कोभिड(१९ को सङ्क्रमण भएको सम्भावना तीन गुणा बढी भएको हाम्रो तथ्याङ्कले देखाएको छ।
त्यही भएर त्यस्ता व्यक्तिले सङ्क्रमण फैलने अवस्था कम गर्न आफूलाई सात दिन एक्ल्याएर राख्नुपर्छ।बीबीसीबाट
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: