Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कोभिड–१९ एकै दिन इटालीमा आठ सय १२ को मृत्यु अमेरिकामा सङ्क्रमित एक लाख ६४ हजार

जेनेभा । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन (हिजोमात्र) ८१२ नागरिकको ज्यान गएको छ । यसरी यस देशमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५९१ पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।

यहाँ ज्यान जानेहरुमा अधिकांश लोम्बार्डी क्षेत्रका नागरिक रहेका बताइएको छ । इटालीको सो ठाउँमा सुरुदेखि नै सङ्क्रमित हुनेको सङ्ख्या धेरै नै रहीआएको देखिएको छ । इटालीमा सङ्क्रमण हुनेहरु एक लाख १ हजार ५४९ पुगेका छन् । प्रतिदिन निकै नै ठूलो सङ्ख्यामा नागरिकको ज्यान गइरहेको अवस्था देखिएको छ ।

मङ्गलबार बिहानसम्मको इटालीको अवस्थालाई निकै भयावह मानिएको छ । चीनबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म इटाली विश्वमा नै सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउने देश भएको छ ।

यता अमेरिका यो सङ्क्रमणको सबैभन्दा धेरै नागरिक सङ्क्रमित हुने देशमा परेको छ । यहाँ अहिलेसम्म एक लाख ६४ हजार २५३ नागरिक सङ्क्रमित भएका प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।

स्पेनमा ज्यान जाने नागरिकको सङ्ख्या सात हजार ७१६ जना पुगेको छ । त्यसैगरी सङ्क्रमण हुनेहरु ८७ हजार ९५६ पुगेका छन् । यहाँ सोह्र हजार ७८० नागरिक उपचारपछि घर फर्किएका छन् । यसरी स्पेन कोरोना सङ्क्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछि दोस्रो देशको रुपमा रहेको छ ।

संयुक्त राज्य अमेरिकामा तीन हजार १६७ जनाको ज्यान गइसकेको छ । यसरी यहाँ निकै द्रूूत रुपमा यस सङ्क्रमणको विस्तार भइरहेको देखिएको छ । प्रतिदिन यहाँ हजारौँ नागरिक सङ्क्रमितको सूचीमा थपिने गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संसारभर सात लाख ८५ हजार ८०७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यसबाट ३७ हजार ८२० नागरिकको ज्यान गएको छ ।

मङ्गलबार बिहानसम्म प्राप्त समाचारमा सङ्क्रमित व्यक्तिहरूमध्ये एक लाख ६५ हजार ६५९ जना उपचारपछि घर फर्किएका छन् ।

चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ ।

कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार ३०५ जनाको मृत्यु भएको छ भने । त्यहाँ ८१ हजार ५१८ जना सङ्क्रमित रहेका छन् । यसैबीच ७६ हजार ५२ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

इरानमा यस सङ्क्रमणका कारण २ हजार ७५७ जनाको मृत्यु भएको छ । हाल ४१ हजार ४९५ जना सङ्क्रमित रहेका छन् । तेह्र हजार ९११ जना उपचारपछि घर फर्किएका बताइएको छ ।

जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण ६४५ व्यक्तिको मृत्यु भएको छ । हाल त्यहाँ ६६ हजार ८६५ जना सङक्रमित रहेका छन् । यहाँका तेह्र हजार ५०० उपचारपछि निको भएर घर फर्किएका छन् । यसरी हेर्दा जर्मनीमा पनि कोरोनाको सङ्क्रमण बढ्दै गएको अवस्था देखिएको छ ।

उता फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण तीन हजार २४ जनाको मृत्यु भएको छ । सोमबार प्राप्त समाचारअनुसार यहाँ ४४ हजार ५५० सङ्क्रमित रहेका छन् । यहाँका सात हजार ९२७ नागरिक उपचारपछि घर फर्किएका छन् ।

संयुक्त अधिराज्यमा पनि पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमणको हुनेको संख्या बढ्दै गएको देखिएको छ । यहाँका १ हजार ४०८ व्यक्तिको मृत्यु भएको छ । यहाँका २२ हजार १४१ सङ्क्रमित भएका छन् । यहाँका करिब १३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ३५९ व्यक्तिको मृत्यु भएको छ । पन्ध्र हजार ९२२ सङ्क्रमित भएका छन् । यसैबीच १ हजार ८२३ जना भने उपचारपछि घर फर्किएका छन् ।

नेडरल्याण्डमा यस सङ्क्रमणबाट ८६४ व्यक्तिको मृत्यु भएको छ । एघार हजार ७५० सङ्क्रमित भएका छन् । यसैबीच २५० जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

बेल्जियममा सङ्क्रमणको कारण ५१३ व्यक्तिको मृत्यु भएको छ । एघार हजार ८९९ सङ्क्रमित भएका छन् । यसैबीच एक हजार ५२७ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १६२ व्यक्तिको मृत्यु भएको छ । नौ हजार ७८६ सङ्क्रमित भएका छन् । पाँच हजार ४०८ उपचारपछि निको भएर घर फर्किएका छन् ।

यसैगरी यस कोरोना भाइरस सङ्क्रमणबाट टर्कीमा १६८ मृत्यु भएको छ । दश हजार ८२७ सङ्क्रमित भएका छन् ।
अष्ट्रियामा १०८ मृत्यु हुनुको साथै नौ हजार ६१८ सङ्क्रमित भएका छन् ।

ब्राजिलमा यस सङ्क्रमणबाट १६५ मृत्यु हुनुको साथै चार हजार ६६१ सङ्क्रमित भएका छन् । स्वेडेनमा कोरोना भाइरस सङ्क्रमणबाट १४६ मृत्यु हुनुको साथै चार हजार २८ सङ्क्रमित भएका छन । पोर्चुगलमा सङ्क्रमणबाट १४० मृत्यु भएको छ । छ हजार ४०८ सङ्क्रमित भएका छन ।

क्यानाडामा सङ्क्रमणबाट ९२ को मृत्यु हुनुको साथै सात हजार ४७४ सङ्क्रमित भएका छन । सङ्क्रमणबाट डेनमार्कमा ७२ जनाको मृत्यु हुनुको साथै २ हजार ३९५ सङ्क्रमित भएका छन् ।

कोरोना भाइरस सङ्क्रमणबाट जापानमा ५६ मृत्यु भएको छ । एक हजार ९५३ सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणबाट भारतमा ३२ को मृत्यु भएको छ । एक हजार २५१ सङ्क्रमित भएका छन । कोरोना भाइरस सङ्क्रमणबाट पाकिस्तानमा २१ मृत्यु भएको छ । एक हजार ७१७ सङ्क्रमित भएका छन ।

यस प्रकोपबाट रोमानियामा ६५ हुनुको साथै दुई हजार १०९ सङ्क्रमित भएका छन् । , आयरल्याण्डमा ५४ व्यक्तिको हुनुको साथै दुई हजार ९१० कोरोना भाइरस सङ्क्रमित रहेका छन् ।

यसैगरी कोरोना भाइरस सङ्क्रमणबाट मलेसियामा ३७, नर्वेमा ३२, पेरुमा २४, अष्ट्रेलियामा १९, पोल्याण्डमा २२, इजरायलमा १६ थाइल्याण्डमा ९, रुसमा ९, चिलीमा ८, सिङ्गापुरमा ३, लगायतको मृत्यु भएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies