जाजरकोट । नलगाड नगरपालिकाले भूमिहीनलाई खाद्यान्न, स्वास्थ्यकर्मी तथा सुरक्षालाई स्वास्थ्य बीमादेखि औषधि उपचारका लागि रकम दिने भएको छ । नगरपालिकाभित्र बसोबास गर्ने भूमिहीन, दैनिक ज्यालादारी गरी जिवीकोपार्जन गर्ने मजदुरलाई एक बोराका दरले चामल राहत दिने निर्णय गरिएको छ । नलगाड नगरपालिकाभित्रका घर भाडामा लिएर व्यापार गर्ने अन्य सेवा दिने व्यवसायीलाई एक महिनाको भाडा छुट गर्नेसमेत प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाको विपद् व्यवस्थाप कोषमा रु २१ लाख रकम जम्म गर्ने, कर्मचारीको तलब पाइरहेको तलबबाट थप ५० प्रतिशत जोखिम भत्ता थप गर्ने, स्वास्थ्य संस्थामा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई रु तीन हजार जोखिम भत्ता दिने, नियमित काममा खटिने सुरक्षाकर्मीको उच्च मनोवल बनाउका लागि रु दुई हजार ५०० खाजा भत्ता उपलब्ध गराउने उनले जानकारी दिए । कोरोना रोकथाममा खटिने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कर्मीचारीका लागि रु पाँच लाखको जीवन बीमावापतका लागि छुट्याएको छ । औषधि उपचारका लागि रु ५० हजारसमेत विनियोजन गरिएको अधिकृत सिंहले जानकारी दिनुभयो । त्रिभुवन मावि दल्लीमा क्वारेन्टाइन बनाउने निर्णय गरिएको छ । आवश्यक औषधि खरिद गर्न व्यवस्थापन गर्ने नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो ।
वडा–वडाका समितिलाई थप प्रभावकारी बनाउ अनुगमन तथा निगरानी गरिने उहाँको भनाइ छ । बाँचेर मात्र संसार देख्न सकिने भएकाले नगरभित्र कोही, कसैले जुवातास, माछा मार्ने कामलगायतमा जम्मा भएर लकडाउनको पालना नगर्नेलाई हदैसम्मको कारवाही गर्ने प्रमुख रावलले जानकारी दिनुभयो । भारत तथा अन्य मुलुकबाट आएका व्यक्तिको लगत सङ्कलन कार्य जारी रहेकाले सो कार्यको जानकारी दिन नगरवासीलाई आग्रह गरिएको छ । सूचना लुकाएर सबैलाई जोखिम तथा समस्यामा नपार्न उनको आग्रह छ । त्यस्तै जुनिचाँदे गाउँपालिकाले कोरोना भाइरसबाट जोगिन र जोगाउन गाउँपालिकाका सबै नागरिकलाई साबुन बाँड्न लागेको छ ।
साबुनपानीले हात धुन सजिलो होस् भनी गाउँपालिकाको बैठकबाट यो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए । तत्काल एम्बुलेन्स खरिद गर्ने निर्णय भएको अधिकृत शाहीले जानकारी दिए। गाउँपालिकाभित्र काम गर्ने स्वास्थ्यकर्मी बिनास्रोत र साधन काम गरिरहेकाले सो समस्या समाधान गर्न प्रदेश र सङ्घीय सरकारसँग सम्पर्क बढाउने बताइएको छ । दुर्गममा पर्ने जुनिचाँदे गाउँपालिकामा अहिले दुई ठाउँमा सहायताकक्ष स्थापना भएकाले सबै ठाउँमा तत्काल स्वास्थ्य सहायता कक्ष स्थापना गर्ने उहाँले जानकारी दिए ।
पैसा भएर पनि साधन नपाएको भन्दै शाहीले भने, “अब युद्धस्तरमा काम हुन्छ, हामीसँग भएको स्रोत साधनबाट तत्काल काम चलाउनुपर्ने बाध्यता छ । कोही पनि यो समस्याको घडीमा नआत्तिएर काम गर्न आग्रह गर्दछु ।”
विदेशबाट आएका ३७ विद्यालयको क्वारेन्टाइनमा
भारत तथा अन्य मुलुकबाट आएका ३७ जनालाई जुनिचाँदे गाउँपालिकाले विद्यालयमा क्वारेन्टानमा राखेको छ । गाउँपालिकाभरि विदेशबाट आएकाको लगत सङ्कलन कार्य सकाएर आज सबैलाई विद्यालयको क्वारेन्टाइनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिनुभयो । वडा नं १ मा दुई, २ मा छ, ३ मा छ, ५ मा दुई, ६ मा नौ, ८ मा एक, ९ मा पाँच र ११ मा पाँच जनालाई ११ विद्यालयमा बनाएको क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा बसेका सबैको खर्च गाउँपालिकाले व्यवस्थापन गर्ने जनाइएको छ । भारतबाट ३४ र तीन जना अन्य मुलुकबाट आएको बताइएको छ । वडा ११ का तीन जना अन्य मुलुकबाट आएका हुन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: