काठमाडौ । संक्रमितबाट कोरोना भाइरसको लक्षण हराए पनि वा नदेखिए पनि शरीरमा भाइरस भने रहन सक्ने अध्ययनले देखाएको छ।
अमेरिकन जर्नल अफ रेस्पिरेटरी एण्ड क्रिटिकलमा प्रकाशित अध्ययनमा अनुसार कोरोनाको हल्का संक्रमण देखिएका बिरामीको उपचार गरिएको थियो। त्यसमा आधा संक्रमितबाट कोरोनाको लक्षण हराए पनि त्यसको ८ दिनसम्म भाइरस रहेको पाइएको हो।
अध्ययनमा १६ संक्रमितलाई समावेश गरिएको थियो। ती संक्रमितको बेइजिङस्थित पीएलए जनरल अस्पताल, उपचार केन्द्रमा २८ जनवरीदेखि ९ फ्रेबअरी २०२० सम्म उपचार गरियो र निको भएपछि घर पठाइएको थियो।
अध्ययनका क्रममा वैकल्पिक रुपमा लिएको संक्रमितको नमूनाको विश्लेषण गरियो। अनुसन्धानकर्ताले संक्रमित ठीक भएपछि र उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको थियो।
अध्ययनका सहलेखक रहेका अमेरिकाका यल विश्वविद्यालयका वैज्ञानिक लोकेश शर्माका अनुसार आधा संक्रमितमा लक्षण ठीक हुँदा पनि जीवाणुको प्रसार कायमै रहेको पाइयो।
प्रतिकृया लेख्नुहोस्: