एजेन्सी । कोरोनाभाइरस सङ्क्रमण फैलिन सक्ने आशङ्कामा कोलम्बियास्थित एउटा कारागारका बन्दीहरूले भाग्ने प्रयास गरेपछि दङ्गा हुँदा कम्तीमा २३ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।
कोलम्बियाकी न्यायमन्त्री मार्गरिटा काबेलोका अनुसार बोगोटास्थित लामोन्डेलो कारागारमा भएको हिंसामा ८३ जना कैदीबन्दी घाइते भएका छन्।
कोरोनाभाइरसको त्रासबीच देशभरि कारागारमा रहेका कैदीबन्दीले फितलो स्वास्थ्यसेवाको विरोध गर्दै आइतवार विरोधप्रदर्शन गरेका थिए।
सरकारले त्यसबारे अनुसन्धान गरिरहेको छ। न्यायमन्त्री काबेलोका अनुसार उक्त हिंसामा घाइते भएका ३२ बन्दी र सात सुरक्षाकर्मीलाई उपचारका लागि अस्पताल लगिएको छ।
दुई सुरक्षाकर्मीको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
सुनियोजित भएको आरोप
उनका अनुसार कोलम्बियाका १३ वटा कारागामा तनाव भएको थियो र त्यति बेला लामोन्डेलो कारागारका सुनियोजित रूपमा हिंसा भड्काइएको थियो।
कोरोनाभाइरसको त्रासबीच कारागारभित्र पर्याप्त सरसफाइ नभएको र तिनको अवस्था दयनीय रहेको भन्ने गुनासाबारे मन्त्री काबेलोले भनिन् \'सरसफाइको समस्याको कारण कारागारमा हिंसा भएको होइन।\'
अहिलेसम्म कारागारमा रहेका कुनै पनि बन्दी वा कर्मचारीलाई कोरोनाभाइरस सङ्क्रमण भएको छैन।
कैदीबन्दीहरू त्यसै उद्दण्ड बनेको बताउँदै उनले हिंसामा संलग्न केही बन्दीविरुद्ध हत्या र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको अभियोगमा मुद्दा चलाइने बताइन्।
हिंसापछि लामोन्डेलो कारागारबाहिर कैदीका आफन्तको भिड लागेको थियो। उनीहरूका अनुसार त्यहाँ सुरक्षाकर्मीहरू आइपुगेपछि गोली चलेको आवाज सुनिएको थियो।
सामाजिक सञ्जालमा आएका भिडिओमा बन्दीहरूले बिछ्यौनामा आगो लगाइरहेको दृश्य देखिन्छ।
क्षमताभन्दा बढी बन्दी
कोलम्बियाका १३२ वटा कारागारमा कुल ८१,००० बन्दी राख्ने क्षमता छ।
तर तिनमा १,२१,००० बन्दी भएको सरकारी तथ्याङ्क छ।
कोलम्बियामा अहिलेसम्म २३१ जनामा कोरोनाभाइरस सङ्क्रमण पाइएको छ। तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ।
त्यहाँ मङ्गलवारदेखि १९ दिनसम्म देशव्यापी क्वारन्टीनको नियम लगाउन लागिएको छ।
सत्तरी वर्ष उमेर काटेका सबैलाई मे महिनाको अन्त्यसम्म घरभित्रै बस्ने सल्लाह दिइएको छ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: