Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

चिकित्सककाे सुझाव विपरित किन जबरजस्त सक्रिय बन्न खोज्दैछन् ओली ?

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुँदै गरेको दृश्य निकै कारुणीक र हैरानी पार्ने खालको थियो । कारुणीक उनको कमजोर अवस्थालाई देखेर हुन्थ्यो भने हैरानी देशको कार्यकारी प्रमुखको गम्भिर स्वास्थ्य अवस्थाप्रति हुन्थ्यो ।

उनी अस्पतालबाट बाहिर निस्कदैं गर्दाको समयलाई धेरैले ध्यानपूर्वक हेरेका थिए । उनी अस्पतालबाट बाहिर निस्कदैं गर्दा निकै कमजोर र सिथिल देखिन्थे । दृश्यमा सहयोगीले समाएर बाहिर ल्याउँदै गर्दा पनि उनी पटक–पटक धरमराएर लड्न खोज्थे । अनुहारमा केहि मुश्कान ल्याउन खोजपनि उनको अवस्थालाई हेरेर सहजै वास्तविकता ठम्याउन सकिन्थ्यो ।

ओली अस्पतालबाट डिस्चार्ज भएसँगै धेरै शुभेच्छुकले शुभकामना व्यक्त गरे । तर उनको स्वास्थ्य अवस्थाप्रति ख्याल गर्दै धेरै शुभेच्छुकहरुले राजनीतिबाट सन्यास लिन पनि सुझाए । उनका सहयोगीहरुले पनि जिम्मेवारी विकेन्द्रित गर्न र थोरै जिम्मेवारीमा रहन सुझाव दिए ।

उनकै प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका विष्णु रिमालले मुख नै खोलेर प्रमको जिम्मेवारीलाई बाँडफाँड गर्नुपर्ने र उनलाई आराम दिनुपर्ने भनाई राखे । एक अनलाईन सञ्चार माध्यममार्फत रिमालले प्रमको स्वास्थ्य अवस्था र आगामी भूमिका बारे बोलेका छन् ।

अस्पतालबाट फर्किए लगत्तै भेटघाटमा व्यस्त

ओली फागुन ३० मा अस्पतालबाट डिस्चार्ज भएका थिए । ओलीलाई चिकित्सकले कम्तिमा ५/६ महिना आराम गर्न र भेटघाट कम गर्न सुझाव दिएका थिए । तर उनले अस्पतालबाट फर्किएको भोली पल्टैदेखि भेटघाट चर्काए ।

\"Image\"/

अस्पतालबाट फर्किएको भोलीपल्टै उनले सहयोगी मण्डलसँग भेटघाट गरेका थिए । भेटघाट गरिएको सार्वजनिक तस्बिरमा उनी अत्यन्तै कमजोर र दयनीय अवस्थामा देखिन्छन् । जसमा उनको बसाईसमेत निकै असहजपूर्णं खालको छ । कुर्चिमा बसेका उनले निकै अप्ठ्यारो गरि पाखुरालाई अड्याएका छन् ।

सार्वजनिक तस्बिरमा उपस्थित अन्य सहयोगीहरुले माक्स पहिरहेका देखिन्छन् भने ओलीले श्वास प्रश्वासमै समस्या भएका कारण माक्स लगाएका छैनन् ।

सकि नसकी मन्त्रिपरिषद कार्यालयमा

अस्पतालबाट डिस्चार्ज भएको भोलीपल्टै सहयोगीसँग भेटघाट बढाएका ओलीले त्यसको भोलीपल्ट अर्थात फागुन २ मा भएको सार्क स्तरीय भिडियो कन्फ्रेन्समा सम्बोधन गरे । उनले मन्त्रिपरिषद कार्यालयमै पुगेर सार्क भिडियो कन्फ्रेन्समा भाग लिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको कोरोनाविरुद्ध सार्क स्तरीय रणनीति तयार गर्ने कन्फ्रेन्समा ओलीले देशको तर्फबाट सम्बोधन गरेका थिए ।

\"\"

सहयोगीले समाएर मन्त्रीपरिषद कार्यालय पुगेका उनी धरमराएको स्वरमा सार्कको भिडियो कन्फ्रेन्समा देखिए । जसको चर्चा सामाजिक सञ्जाल र सञ्चार माध्यममा निकै भएको थियो । पाकिस्तानी प्रधानमन्त्रीले प्रतिनिधिमार्फत बोल्न लगाएको कन्फ्रेन्समा ओली भने सकि नसकि उपस्थित थिए ।

पार्टी नेताहरुसँग भेटघाटमा व्यस्त

ओलीले अस्पतालबाट फर्किएसँगै शुभेच्छुकसँग त भेटघाट गरेकै छन् साथै पार्टीका नेता कार्यकर्तासँग पनि भेटघाट बढाएका छन् । उनले पार्टीका गतिविधिप्रति चाँसो दिँदै सक्रियता बढाएका छन् । ओलीले मंगलबार प्रचण्डसँग भेटघाट गरि पार्टी गतिविधि बारे आफ्नो सक्रिय उपस्थिति देखाउन खोजेका छन् । उनले पार्टीभित्र मौलाउँदै गएको अन्तरविरोध चिर्न छलफल अगाडि बढाएका छन् ।

जनाइएअनुसार उनको इच्छाअनुसार नै बुधबार पार्टी सचिवालयको बैठक समेत बोलाइएको छ । जसमा केहि महत्वपूर्णं पार्टी निर्णय गर्ने योजना छ । उनले पार्टीभित्र आफ्नो भूमिका पहिलाको नै जस्तै सामान्य हो भनि देखाउन भेटघाट तथा बैठक डाकेका हुन् ।

किन जबरजस्त सक्रिय हुन खोज्दैछन् ओली ?

चर्चित पत्रकार अरुण बरालले केहि दिनअघि ‘मेडिकल साइन्स’ र ‘पोलिटिकल साइन्स’ भन्ने शिर्षकमा ओलीको स्वास्थ्य अवस्था र उनको सक्रियताबारे विश्लेषणात्मक टिप्पणी गरेका थिए । जसमा उनले मेडिकल साइन्सलाई पोलिटिकल साइन्सले जबरजस्त जित्न नसक्ने भन्दै प्रकृतिको यथार्थता तिर जान सुझाव दिएका थिए । तर प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र गतिविधिलाई हेर्दा उनि जबरजस्त मेडिकल साइन्सलाई चुनौति दिन खोजेको देखिन्छ । उनि विश्वमै नभएको अद्भुत क्षमताको व्यक्ति आफुँ भएको देखाउन खोजेका छन् ।

ओली हुँदै नभएको अद्भुत क्षमतालाई प्रदर्शन त गर्न लागेका छन् नै त्योभन्दा बढि उनि आफुँसँग रहेको सत्ताको शक्तिमा रहिरहन चाहन्छन् । उनि सरकारको नेतृत्व मात्रै नभएर पार्टीभित्रको नेतृत्वमा पनि निरन्तर रहन चाहेका छन् । जसको कारण उनिमाथि उठिरहेको प्रश्नलाई जवाफ दिन पनि उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य भईसकेको भनेर प्रदर्शन गरेका छन् । तर उनको प्रदर्शन भने निकै फितलो प्रकृतिको छ । स्वास्थ्य प्रतिकुलताको बीच देखाइएको प्रदर्शन मिलेको भने छैन् ।

\"Image\"/

के भनेका छन् चिकित्सकले ?

प्रधानमन्त्री केपि शर्मा ओलीका निजी चिकित्सक डाक्टर दिव्या सिंह शाहले नै ओलीको स्वास्थ्य अवस्था अति असामान्य रहेको बताएकी छिन् । उनले स्वास्थ्य अवस्थामा निरन्तर सुधार आए पनि सामान्य जीवन बिताउन कम्तिमा ६ महिना या वर्षदिन लाग्ने बताएकी छिन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य बारे बोल्दै उनले भनेकी छिन्, ‘मिर्गौला प्रत्यारोपण पछि औषधिको डोजहरु बढी भएकोले उहाँलाई संक्रमणको डर बढि छ । अहिले भिडभाडमा जानै हुँदैन । खास गरेर रुघाखोकी लागेका र अन्य संक्रमण भएका मानिससँग अत्यन्तै जोगिनुपर्ने अवस्था हुन्छ । स्वास्थ्य अवस्थामा सुधार हुँदै गए उहाँले ६ महिना वर्ष दिनपछि मात्र साधारण मान्छेले जसरी जीवन बिताउन सक्नुहुन्छ ।’

दिव्या सिंहले प्रधानमन्त्रीले लिने औषधीको डोज निकै उच्च भएको हँदा ३ महिना केहि काम नगरी भेटघाटसमेत बन्द गर्नुपर्ने बताएकी छिन् ।

तर ओलीले भने अप्रेसन गरिएको आलोसहित सक्रियता बढाएका छन् । चिकित्सकको सल्लाह विपरित उनी निरन्तर भेटघाट र राजकाजमा जुटेका छन् । उनले आफ्नो अवस्था सामान्य खालको नै भएको बताउँदै भूमिकालाई सक्रिय बनाइरहेका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies