Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

किन तामेलीमा रह्यो महेश बस्नेतविरुद्धको मुद्धा ?

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एमाले) पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतविरुद्ध शोभा पाठक सुनियोजित ढंगले लागेको पुष्टि भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाठकले पेश गरेका कागजातहरु नक्कली भएको तथा कपोकल्पित ढंगले पेश गरेको भन्दै मुद्धा नचल्ने निर्णय गरेपछि बस्नेतलाई फसाउन लागेको पुष्टि भएको हो ।

पाठकले एमाले नेता बस्नेतविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा २०८० चैत १३ गते ‘भ्रुणहत्या, जवर्जस्ती करणी र डाँका चोरी’ मुद्धा दर्ता गरेकी थिइन् । प्रहरी परिसर टेकु, काठमाडौँले २१ दिन लगाएर अध्ययन तथा अनुसन्धान गरेपछि मुद्धा नचल्ने राय सहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाएको थियो । सरकारी वकिल कार्यालय काठमाडौँले २०८१ वैशाख ४ गते मुद्धालाई तामेलीमा राख्ने निर्णय गरेका थिए । सरकारी वकिल कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को परिच्छेद २ को दफा ११ को उपदफा २ बमोजिम तामेलिमा राख्ने निर्णय गरेको हो ।

पाठकले जाहेरीमा आफु र महेश बस्नेत विगत ५ वर्षदेखी लिभिङ टुगेदरमा रहेको साथै २ पटक गर्भपतनसमेत गराएको भनि उल्लेख गरेको बारेमा २०८० बैशाख १४ मा काठमाडौँ जिल्ला अदालतमा कपिल शाहीसँग कानुनी रुपमा बैबाहिक सम्बन्ध कायम गरेको भनि खुलाएको हुँदा उक्त स्वेइच्छाले २ पटक गर्भपतन गराएको हो या होइन, हो भने पनि गर्भ कसको हो भन्ने एकिन गर्न सक्ने अवस्था छैन । मेघा र चरक अस्पतालमा दुई पटक गर्भपतन गराएको भनि निजले दावी गरेको विषयमा चरक मेमोरियल अस्पतालको मन्जुरीनामा सम्बन्धको पत्रको विषयमा चरक अस्पताललाई पत्राचार गर्दा प्राप्त जवाफ उक्त पत्र अस्पतालबाट जारी नभएको, अस्पतालमा निजको कुनै पनि उपचार नभएको भनि खुल्न आएको देखिदा जाहेरी दरखास्तमा उल्लेखित प्रमाण खण्डमा पेश गरेको चरक अस्पतालको मन्जुरीनामा पत्र नै झुठ्ठा रही जाहेरवाला आफैले तयार गरी समावेश गरेको देखिन्छ । साथै मेघा अस्पतालको मिति २०८० चैत २२ गतेको पत्रको जवाफमा अस्पतालको रेकर्ड अनुसार मिति २०८० पौष २६ गतेका दिन पाठक गरेको व्यक्ति अस्पतालको आकस्मिक विभागमा आई उपचार गराई विभिन्न किसिमको ल्याव टेस्ट गराएको र ज्वरो आएको बाहेक अन्य कुनै खास किसिमको रोग नदेखिएको भन्ने चिकित्सकको रिपोर्टबाट देखिएको हुँदा उक्त अस्पतालमा गर्भपतन गराएको भनि गरिएको दावी झुटा, कपोकल्पित तथा भ्रमपूर्ण रहेको पत्र अस्तालले प्रहरीलाई पठाएको छ । 

साथै महेश बस्नेतले २०७२ पौष २६ गते नै स्थायी बन्ध्याकरण गर्नुभएको भन्ने विषयमा बुझ्दा भक्तपुर अस्पतालको मिति २०८० चैत २७ गतेको पत्र जवाफमा आव २०७२÷७३ को अस्पतालको मुल दर्ता रेकर्ड अनुसार वर्ष ४१ को महेश बस्नेतले २०७२ पौष २६ गते भक्तपुर अस्पतालमा स्थायी बन्ध्याकरण गर्नुभएको देखिएको व्यहोरा प्रमाणीत गरि अस्पतालको मुल दर्ता रजिष्टर समेत पाठाएको छ । यी आधारमा सरकारी वकिल कार्यालयले जाहेरीकर्ताको आरोप झुटा, बनावटी, तथ्यहिन, भ्रामक तथा कपोकल्पित भएको भन्दै मुद्धा नचलाउने निश्कर्षमा पुगेको हो ।

प्रहरी वृत नयाँबानेश्वरको २०८० चैत २३ गतेको पत्रको जवाफमा निवेदक पाठक निज बस्ने गरेको सनसाईन अपार्टमेन्टमा २०८० फागुन ०८ गते अपरिचित व्यक्तिहरु आई लुटपाट तथा कुटपिट गरेको घटना सम्बन्धमा बानेश्वर प्रहरी परिसरबाट भएको प्रारम्भिक अनुसन्धानको क्रममा भए गरेको कागजातहरु संलग्न राखी पठाइएको छ । साथै सोही दिन नेपाल कम्युनिष्ट पार्टी (एमाले)को  केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा बसेको र उक्त बैठकमा पार्टीको पोलिटव्युरो सदस्य महेश बस्नेत उपस्थित रहनुभएको व्यहोराको पत्रको हाजिरीको प्रतिलिपी एमाले केन्द्रीय कार्यालयले पठाएको छ । जसका आधारमा पाठकले फागुन ८ गते डाँका चोरी वारदातमा निज संलग्न रहेको भनि झुटा दावी गरेको प्रहरी अनुसन्धानको निष्कर्श रहेको कुरा सरकारी वकिलको कार्यालयको निर्णयमा उल्लेख छ ।

त्यसै गरी पाठकले मंसिर ७, ८ र ९ गते बस्नेतले आफुलाई सनसाईन अपार्टमेन्टमा राखेको र मनोबैज्ञानिक समस्या भएको कारणले सो दिनहरुमा ७ र ८ गते अनमोल बस्नेत र ९ गते सञ्जिव कुमार झाले अपार्टमेन्टमा कुरेको भनि दावी गरेको सन्दर्भमा अनमोल बस्नेत मंसिर ७ गते युवा संघको कार्यक्रममा सहभागि भई बुद्ध एयरलाइन्सबाट पोखरा गई ९ गते फर्किएको देखिन्छ । सो विषयमा बुद्ध एयरको २०८० चैत २५ गतेको पत्रको जवाफ अनुसार अनमोल बस्नेत टिकट नं. १८४७११९० बाट सन् २३ नोभेम्बर २०२३ (मिति २०८०÷०८÷०७ गते १५ः५०) काठमाडौँदेखी पोखरा र टिकेट नं.१८४७१२५० बाट सन् २५ नोभेम्बर २०२३ (मिति २०८०÷०८÷०९ गते) पोखरादेखी काठमाडौँको गन्तव्यको लागि उडान गरेको देखिन आएको प्रमाणीत गरेको छ । साथै ९ गते सञ्जिव झासमेत यति एयरलाइन्सको ११ः३० को फ्लाईटबाट काठमाडौँबाट जनकपुर गएका देखिएको छ । सो मितिमा २०८० चेत २५ गतेको पत्रको जवाफमा कम्पनीको रेकर्ड अनुसार सञ्जिव कुमार झाले खल्ति एप्सबाट यति एयरलाईन्सको टिकट नं. ९९९२१०८०९७१३४ काटी सन् २५ नोभेम्बर २०२३ (मिति २०८०÷०८÷०९) गतेका दिने ११ः३० बजे नेकपा (एमाले) पार्टीको परिचयपत्र देखाई वाईटी ५७१ फ्लाईट नम्बर मार्फत काठमाडौँबाट जनकपुर यात्रा गरेको देखिन्छ । जसमा जाहेरीकर्ताले ७ र ८ गते अनमोल बस्नेत र ९ गते संञ्जिव झालाई अपार्टमेन्टमा कुरुवा राखेको भनि जोहेरी दरखास्तमा दावी गरेको व्यहोरा झुटो ठहरिएकोले रिट निवेदन तामेलिमा राख्ने निर्णय भनिएको छ ।

युट्युवर मनोज मानवले सार्वजनिक गरेको शोभा पाठक र महेश बस्नेतको टिकटकमा शोभाले नै साईवर व्युरोमा दिएको उजुरीमा आफ्नो भिडियोमा आएको दृष्य जस्तो सम्बन्ध नभएको उल्लेख गरेकी थिइन् । मनोजले इडिट गरी भिडियो बनाएको भन्दै कारवाहीको माग गर्दै उजुरी दिएकी थिइन । सोही उजुरीको आधारमा साइवर व्युरोले मनोजलाई कारवाही समेत गरेको थियो । उक्त भिडियो एआईको माध्यमबाट इडिट गरी चरित्र हत्या गरिएको प्रमाणीत भएको थियो ।

पाठकले तीन जनासँग औपचारिक रुपमा विवाह गरेकी हुन् । तीन जनासँग विवाह गरे पनि उनले हालसम्म कसैसँग सम्बन्ध विच्छेद गरेकी छैनन् । सम्बन्ध विच्छेद समेत नगरेकी पाठकले ज्वालामुखी गाउँपालिका वडा नं. ७ बाट आफु कुमारी भएको पत्र समेत लिएकी छिन् भने २०४३ सालको जन्ममिती भएको सरकारी ढड्डा भएता पनि उनको नागरिकतामा भने २०४९ सालको रहेको छ । जसबाट नागरिकतासमेत किर्ते गरेको देखिएको छ । बस्नेतलाई फसाउने रणनीति लिएकी पाठकले २०८० फागुन ८ गते विहान आफ्नै कोठामा दुई पुरुष लगेर राखेर बसेको स्रोतले जानकारी दिएको छ । सोही दिन आफु नाइटडे«समा रहेको समयमा दुई जना युवा आएर आफ्नो मोवाइल खोसेर लगेको भनि पाठकले झुटा प्रचारवाजी गरेकी थिइन । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending