Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

हात मिलाउने हैन, नमस्कार गरौँ नमस्कार’

महोत्तरी । “ए हजुर, नमस्कार ! हात मिलाउने हैन, शिष्टतापूर्वक नमस्कार गरौँ ।” महोत्तरीको बर्दिवास नगरपालिकाले यो सन्देश फैलाउन अहिले अभियान नै शुरु गरेको छ । बर्दिवास नगरक्षेत्रका सघन आवजावत हुने र मानिस जम्मा हुने चोकमा नगरप्रमुख विदुरकुमार कार्की आफैँ यो अभियानमा लागेका छन्।

“सबैले सुन्दै हुनुहुन्छ नि...!कोरोना भाइरस भनिने सङ्क्रमणले संसारभरि नै आतङ्क मच्चाउँदो छ,” आज बिहीबार एकाबिहानै पूर्वपश्चिम राजमार्ग र बिपी राजमार्गको सङ्गम रहेको बर्दिवास–१ को सिन्धुलीचोकमा जम्मा भएका आम सर्वसाधारणलाई हात हल्लाएर अभिवादन गर्दै नगरप्रमुख कार्कीले भने, “सचेतता नै कोरोना भित्रिन नदिने एकमात्र उपाय हो, त्यसैले इष्टमित्र साथीभाइ भेट हुँदा हात मिलाउने हैन, दुवै हात जोडेर विनम्रतापूर्वक नमस्कार गरौँ ।”

बर्दिवासका १४ वटै वडामा अहिले स्थानीय जनप्रतिनिधिले अभियानकैरुपमा ‘हात मिलाउने हैन, नमस्कार गरौँ नमस्कार’ भन्ने नारा नै बनाएका छन् । नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगर स्वास्थ्य शाखाका प्रमुख र अन्य वडाध्यक्षसहित जनप्रतिनिधि एवं कर्मचारीले सामूहिकरुपमा आज बिहीबार शुरु गरेका यो अभियानले निकै चासो बढाएको छ ।

‘हात मिलाउने हैन, नमस्कार गरौँ नमस्कार’ अभियान प्रत्येक वडामा वडाध्यक्षको नेतृत्वमा आजै थालिने नगरप्रमुख कार्कीको भनाइ थियो । यो अभियानसँगै कोरोना सङ्क्रमणबाट बच्ने उपायबारेको हातेपर्चा बाँड्ने र बस्तीबस्तीमा माइकिङ शुरु गरिएको छ ।

‘ध्यान दिएर सुन्नुहोस्, कोरोना सुनेर नतर्सनोस् ! सजग हुनपर्छ , हाम्रो आहारब्यहारले कोरोना सङ्क्रमणबाट बच्न सकिन्छ ।’ ठूलो स्वरमा माइकले यो सन्देश दिइरहेसँगै कोरोना भाइरसबाट बच्न सर्जिकल मास्क अनिवार्य लगाउन, हात नमिलाई नमस्कारको अभिवादन मात्र गर्न, पटकपटक पानी खाइराख्न, नाक, मुख, घाँटी छिनछिनमा पखाली रहन, समूहमा नबस्न र राम्ररी पाकेको खानेकुरा खान अपिल गरिएको छ । साथै हातेपर्चा घरघरमा पु¥याउने र पढेर सुनाउने गरिएको अभियानका सहभागीले बताएका छन् ।

यस्तै हातेपर्चामै रुघाखोकी लागेका व्यक्तिको संसर्गमा नरहन, भिडभाड हुने कार्यक्रम आयोजन नगर्न, यस्ता कार्यक्रममा सरिक नहुन र यसबारे शङ्का लाग्नबित्तिकै नजिकको स्वास्थ्य संस्थामा जाँच गर्न गइहाल्न अपिल पनि गरिएको छ ।

सघन आवतजावतको पूर्वपश्चिम राजमार्ग र बिपी राजमार्गको सङ्गममै नगरपालिकाले थालेको यो अभियानबारे आम यात्रु, बजारु उपभोक्ता र आम सर्वसाधारणले चासो देखाएका छन् । “बर्दिवास नगरपालिकाले राम्रो अभियान थालेछ”, सधैँजसो बिहानको घुमफिरका लागि बर्दिवास आइपुग्ने छिमेकको धनुषा जिल्ला मिथिला नगरपालिका–१० लालगढका सामाजिक, राजनीतिक कार्यकर्ता सूर्य पुडासैनीले भन्नुभयो, “यो अभियान अन्य स्थानीय तहले शुरु गर्नुपर्छ ।”

सबैले सुन्नपर्ने र बुझ्नपर्ने यो नारा र अपिललाई घरघर पु¥याउन आवश्यक भएको स्वास्थ्य संस्थाका चिकित्सकको भनाइ छ । “अहिलेसम्म उपचारको कुनै प्रबन्ध नभएको यो सङ्क्रमणबाट बच्न पूर्वसजगतामात्र एक भरपर्दो उपाय हो”, बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालका चिकित्सक डा सीताराम पराजुलीले भने, “पूर्वसजगता अभियान जति व्यापक बनाइन्छ, त्यति हामी सुरक्षित हुने अवस्था बन्छ ।” बर्दिवासले यो अभियान शुरु गरेसँगै जिल्लाका अन्य स्थानीय तहले पनि कोरोना भाइरसबारे पूर्वसजगता अभियान सञ्चालन गर्न तयारी थालेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending