Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

१४४ मेगावाट क्षमताको कालीगण्डकी विद्युतगृह सोमबारसम्म बन्द गर्दैछौं : कुलमान घिसिङ

काठमाडौं । देशको हालसम्मकै ठूलो अर्धजलाशयुक्त जलविद्युत् आयोजना मर्मतका लागि सोमबारसम्म बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरिरहेको कूल १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना मर्मतका लागि बन्द गरिएको हो ।

प्राधिकरणका अनुसार आयोजना तीन दिन बन्द हुनेछ । विद्युत्गृहको पहिलो युनिटको मुख्य इन्लेट भल्भबाट पानी चुहिएपछि बिहीबार राति ११ बजेदेखि विद्युत् उत्पादन बन्द गरी मर्मत शुरु गरिएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

नदीमा पानी घटेका कारण हाल दैनिक औसत ५८ मेगावाट विद्युत् उत्पादन गरिरहेको सो अर्धजलाशययुक्त आयोजना हरेक वर्ष मर्मतका लागि बन्द गरिँदै आएको छ । स्याङ्जाको मिर्मीमा रहेको सो आयोजनाको विद्युत्गृहमा कूल ४८र४८ मेगावाटका तीन युनिट छन् । एउटा युनिट मर्मत गर्न अरू पनि बन्द गर्नुपर्ने भएकाले केन्द्रबाट विद्युत् उत्पादन बन्द गरिएको हो । केन्द्रबाट उत्पादित विद्युत् पोखरा र बुटवलतर्फ प्रवाह गरिँदै आएको छ ।

मुलुककै ठूलो विद्युत्गृहबाट विद्युत् उत्पादन बन्द भएपछि पश्चिम भेगका औद्योगिक ग्राहकको साँझ पिक समयमा विद्युत् आपूर्ति कटौती हुनसक्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । उनले विद्युत् आपूर्तिलाई प्रभावित हुन नदिन शुक्रबार र शनिबारको बिदालाई ध्यान दिएर मर्मत शुरु गरिएको जानकारी दिए ।

बिदाको समयमा विद्युत् माग कम हुने भएकाले यही समयलाई उपयोग गरिएको प्राधिकरणले जनाएको छ । उनले भने, ‘खोला तथा नदीमा पानीको बहाव बढेकाले अन्य विद्युत्गृहबाट पनि विद्युत् उत्पादन केही बढेको छ, आम उपभोक्तालाई विद्युत् आपूर्तिमा समस्या नहुने गरी आवश्यक बन्दोबस्ती गरेका छौँ, तर बुटवल, भैरहवा क्षेत्रका औद्योगिक ग्राहकको पिकको समयमा विद्युत् कटौती हुनसक्ने छ ।’ सो विद्युत्गृहका प्रमुख पशुपतिराज गौतमले २४सै घण्टा काम गरेर मर्मतकार्य सम्पन्न गरिने जानकारी दिए । मर्मतमा ३७ प्राविधिक खटिएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending