एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मित्र तथा पूर्वसल्लाहकार रोजर स्टोनलाई ४० महिना जेलसजाय सुनाएकी न्यायाधीशले उनीप्रति घृणा व्यक्त गरेकी छन्।
कङ्ग्रेससमक्ष झूटो बोलेको, अवरोध खडा गरेको र प्रत्यक्षदर्शीलाई प्रभावित पारेको अभियोगमा ६७ वर्षीय स्टोनलाई गत नोभेम्बर महिनामा दोषी पाइएको थियो।
स्टोनले आफूलाई धम्काएको न्यायाधीशले बताएकी छन् भने ट्रम्पले उनलाई सफाइ दिइनुपर्ने बताएका छन्।
सन् २०१६ मा ट्रम्पको चुनावी अभियानलाई सघाउन रुसले प्रयत्न गरेको पाएको अमेरिकी न्याय मन्त्रालयको अनुसन्धानसँग जोडिएका स्टोन ट्रम्पका छैटौँ सल्लाहकार हुन् जो दोषी ठहर भएका छन्।
विकिलिक्ससँग सम्पर्क स्थापित गर्ने आफ्ना प्रयासहरूबारे संसद्को गुप्तचर समितिसमक्ष झूटो बोलेको भन्दै स्टोनलाई दोषी ठहर गरिएको हो।
विकिलिक्सले ट्रम्पका डेमोक्र्याटिक प्रतिद्वन्द्वी हिलरी क्लिन्टनसम्बन्धी चुहावट गरिएका इमेलहरू सार्वजनिक गरेको थियो।
के ट्रम्पलाई राष्ट्रपतिबाट हटाउने योजना बनेको थियो । अमेरिकी गुप्तचर अधिकारीहरूका अनुसार रुसी ह्याकरहरूले क्लिन्टनसम्बन्धी इमेलहरू चुहावट गरेका थिए।
स्टोनलाई २० हजार डलर जरिवाना तिर्न र समुदायमा २५० घण्टा सेवा गर्न पनि न्यायाधीशले आदेश दिएकी छन्।
अभियोजनकर्ताहरूले स्टोनविरुद्ध सातदेखि नौ वर्षको जेलसजाय सुनाउन माग गरेका थिए।
वाशिङ्टन डीसी अदालतमा बिहीवार आदेश सुनाउँदै न्यायाधीश एमी बर्मन ज्याकसनले स्टोन आफूलाई ूधम्काउने र प्रभावित पार्नेू काममा संलग्न रहेको बताइन्।
न्यायाधीश ज्याकसनले गत वर्ष आफ्नो टाउकोको छेउमा बन्दुकको चित्र राखेर सामाजिक सञ्जालमा तस्वीर राखेका स्टोनलाई आफूले के गरिरहेको छु भन्ने कुरा राम्ररी थाहा रहेको उल्लेख गरिन्।
उनले भनिन्, \'न्यायको शासनका लागि यो असहनीय कुरा हो। अदालत केही नगरी रोजरले आफूलाई मन परेको कुरा गरेका हुन् भन्दै बस्न सक्दैन।\'
न्यायाधीश ज्याकसनले राष्ट्रपतिको पक्षमा उभिएकोले नभई राष्ट्रपतिका कामलाई ढाकछोप गरेको अभियोगमा चाहिँ स्टोनलाई दोषी ठहर गरिएको हो।
गत हप्ता अभियोजनकर्ताहरूले स्टोनलाई सातदेखि नौ वर्षको जेलसजाय सुनाउन सिफारिश गरेपछि ट्रम्पले आपत्ति जनाएका थिए।
त्यत्रो जेलसजाय डरलाग्दो र पूर्वाग्रही हुने भन्दै उनले ट्वीट गरेका थिए।
त्यसलगत्तै न्याय मन्त्रालयले स्टोनलाई दिइने जेलसजाय घटाउने गरी मागदाबी गर्ने बतायो।
न्याय मन्त्रालयको त्यो योजनालाई लिएर चारजना अभियोजनकर्ता उक्त मुद्दाबाट अलग भए भने एक जनाले मन्त्रालय नै छाडे।
बिहीवार न्यायाधीश ज्याकसनले मुद्दामा न्याय मन्त्रालयको हस्तक्षेप अभूतपूर्व भएको टिप्पणी गरिन्।
अदालतको आदेशपछि लस भेगासमा बोल्दै ट्रम्पले स्टोनको प्रतिरक्षा गरे।
उनले स्टोनलाई माफी दिने तत्काल आफ्नो योजना नरहे पनि एउटा बिन्दुमा आफूले निर्णय लिने बताए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: