काठमाडौं । प्रधानसेनापति खुला म्याराथनको पाँचौँ संस्करणको उपाधि नेपाली सेनाका जमदार होमलाल श्रेष्ठले जितेका छन् । नेपाली सेनाले आज आयोजना गरेको सो प्रतियोगितामा उनले ४२ दशमलव १९५ किलोमिटरको दूरी दुई घण्टा २२ मिनेट १७ सेकेण्डमा पूरा गरे ।
होमलालले साविक विजेता सेनाकै जमदार कृष्ण बस्नेतलाई पछि पार्दै रु एक लाख २५ हजार तथा मोटरसाइकल पुरस्कार प्राप्त गरे । दोस्रो भएका कृष्णले उक्त दूरी दुई घण्टा २३ मिनेट ४९ सेकेण्डमा पूरा गरी रु ६५ हजार तथा तेस्रो भएका सेनाका प्यूठ नवराज साउदले दुई घण्टा २९ मिनेट ३६ सेकेण्डमा दूरी पूरा गरी रु ३५ हजार पुरस्कार प्राप्त गरे । यस्तै सेनाका अमल्दार ज्ञानप्रसाद भट्टराई र जमदार वेद सुनवार चौथो तथा पाँचौ हुँदै क्रमशः रु २५ हजार र रु १५ हजार प्राप्त गरे ।
यसैगरी सेनाका अमलदार मोहनदेव जोशी, सिपाही जुनेश खड्का, सिपाही भूमिराज राई, अमलदार विनोद सिजापति र सिपाही निरजसिंह मडै क्रमशः छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ भए । उनीहरुले क्रमशः रु १० हजार, रु सात हजार, रु पाँच हजार, रु तीन हजार र रु दुई हजार पुरस्कार प्राप्त गरे । म्याराथनको पहिलो संस्करणको उपाधि नेपाल पुलिसका भूमिराज राई, दोस्रो संस्करणको उपाधि सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की तथा तेस्रो र चौथो संस्करणको उपाधि सेनाकै कृष्ण बस्नेतले जितेका थिए ।
यस्तै पुरुष हाफ म्याराथनको उपाधि भारतीय सेनाका तीर्थ पुनले जिते । उनले २१ किलोमिटर दूरी एक घण्टा पाँच मिनेट पाँच सेकेण्डमा पूरा गरे । सेनाका खगेन्द्र भाटले एक घण्टा पाँच मिनेट ५८ सेकेण्डमा सो दूरी पूरा गरी दोस्रो तथा सेनाकै दीपक अधिकारीले एक घण्टा सात मिनेट दुई सेकेण्डमा उक्त दूरी पूरा गर्दै तेस्रो भए ।
महिलातर्फको हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी पुष्पा भण्डारीले जितिन् । उनले निर्धारित दूरी एक घण्टा १७ मिनेट आठ सेकेण्डमा पूरा गरिन् । यस्तै नेपाल पुलिसकी राजपुरा पछार्इंले उक्त दूरी एक घण्टा १८ मिनेट ३७ सेकेण्ड तथा सेनाकी विश्वरुपा बुढाले एक घण्टा २० मिनेट २२ सेकेण्डमा पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो भए । हाफ म्याराथनमा पुरुष र महिला दुवैतर्फका पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु ५० हजार, रु ३५ हजार र रु २५ हजार पुरस्कार प्राप्त गरे ।
यसैगरी हाफ म्याराथनको ४५ वर्षभन्दा बढी उमेरतर्फ धर्म महर्जनले उपाधि जिते । सो स्पर्धामा भीमबहादुर गुरुङ दोस्रो तथा भीमसेन अवाले तेस्रो भए । उनीहरुले क्रमशः रु ४० हजार, रु २५ हजार र रु १५ हजार पुरस्कार प्राप्त गरे । दश किलोमिटर दौड सैनिक सहचारी पुरुषतर्फ भूपेन्द्रसिंह रावत पहिलो, दिनेश घले दोस्रो तथा दुरा इमुरुगन तेस्रो भए ।
यस्तै १० किमी दौड अधिकृत पुरुषतर्फ सहसेनानी नवराज थापा पहिलो, सहसेनानी अजयजङ्ग सुवेदी दोस्रो तथा सेनानी चन्द्रबहादुर थापा तेस्रो भए । दश किमी दौड अधिकृत महिलातर्फ सहसेनानी देवी पुन, सहसेनानी रश्मिला अर्याल र उपसेनानी सीता कुवँर क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । उनीहरुले क्रमशः १० हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्राप्त गरे ।
पाँच किमी दौड छात्रतर्फ सैनिक आवसीय महाविद्यालयका ईश्वरचन्द्र बस्नेत पहिलो भए । सोही विद्यालयका प्रवीणराज अधिकारी दोस्रो तथा थापसी तिलिङटारका सविन राई तेस्रो भए । छात्रातर्फ विजेश्वरी ज्ञान मन्दिरकी स्वेच्छा बलामी मगर पहिलो, सोही स्कूलकी सुनिता श्रेष्ठ दोस्रो तथा विजेश्वरीकै रचना राना मगर तेस्रो भइन् । उनीहरुले क्रमशः १० हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्राप्त गरे ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: