काठमाडौं । जनयुद्वको विरोधमा आफ्नो भनाई राखेर चर्चामा आएका सुर्य थापालाई युवा संघका नेता सुवोध शेर्पालीले आफ्नो बोलीप्रति हेक्का राख्न चेतावनी दिएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका थापाले तत्कालिन माओवादीले गरेको सशस्त्र युद्व जनयुद्व नभएको र त्यो आफैं विसर्जन भएको बताएपछि शेर्पालीले हेक्का राखेर बाेल्न चेतावनी दिएका हुन् ।
पूर्व वाईसियल नेपालका महासचिवसमेत रहेका नेता शेर्पालीले सामाजिक सञ्जालमार्फत थापालाई हेक्का राखेर बोल्न चेतावनी दिएका हुन् । ‘नैतिकता छ भने बसौं विधि बिधानमा नै रहेर बहस गरौं । नत्र थुतुनो सम्हाल बढी सोचेर बेहोस हौला ? समय सधैं तिम्रो वरिपरि होला भन्ने भ्रम नपाल किनकि तिमी आफै केही नि हैनौ ।’ शेर्पालीले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘जसको आडमा तिमी बोलिरहेका छौ त्यो कति दिनलाई हो हेक्का राख ? आगे तिम्रो मर्जी…?’
शेर्पालीले सित्तैमा पाएको पदमा बसेर अरुको बलिदानलाई अबमुल्यन नगर्न पनि चेतावनी दिएका छन् । ‘जनयुद्ध ठिक थियो त्यसका रणनीतिक र कार्यनीतिक योजना लक्ष्य सहि थिए र त आज तिमी आफुले अलिकति पसिनासमेत नबगाएको लगानी नगरेको गणतन्त्रको सल्लाहकार पद प्राप्त गरेका छौ ।’ शेर्पालीले अगाडि भनेका छन्, ‘यस्तो बोल्न तिमीलाई लाज लाग्दैन ? हामी रगत र पसिना दुबै बगायौ र यो ब्यबस्था निर्माण गर्याैं ।’
शेर्पालीले पार्टी एकताको भाव र मर्म स्वीकार गर्न नसके पार्टीबाट राजीनामा दिन पनि सुर्यलाई सुझाव दिएका छन् ।
न्यूज २४ नामका टेलिभिजनमार्फत जनयुद्व दिवसको बारे आफ्नो भनाई राख्दै सुर्य थापाले तत्कालिन माओवादीले गरेको युद्व जनयुद्व नै नभएको प्रतिक्रिया दिएका थिए । उनले भनेका छन्, ‘जनयुद्व त्यो खासमा थिएन् । जनयुद्व नभएको हुनाले नै त्यसको विसर्जन भएको हो र छाडिएको हो । हामीले पार्टी एकता जनयुद्वका सबै भारी बोकेर जनयुद्वको कार्यदिशा स्वीकार गरेर जनयुद्वको महिमागान र दिवस मनाउनका लागि गरेको होइन् । रुपान्तरित अवस्थामा शान्ति प्रक्रियामा आईसकेपछि कार्यदिशाका हिसाबले शब्दमा स्वीकार नगरिएपनि सारतत्वमा तत्कालिन एमालेको कार्यदिशामा आईसकेपछि एकता भएको हो ।’
यस्तो छ शेर्पालीले सामाजिक सञ्जाल मार्फत राखेको विचार :
म ढुक्कले भन्छु जनयुद्ध जिन्दावाद ! जनयुद्ध दिवस जिन्दावाद !! (नेकपा) जिन्दावाद !!! जनयुद्ध ठिक थियो त्यसका रणनीतिक र कार्यनीतिक योजना लक्ष्य सहि थिए रत आज तिमी आफुले अलिकति पसिना समेत नबगाएको लगानी नगरेको गणतन्त्रको सल्लाहकार पद प्राप्त गरेका छौ । यस्तो बोल्न तिमीलाई लाज लाग्दैन ?
हामी पसिना रगत दुबै बगायौ र यो ब्यबस्था निर्माण गर्यौ । यदी तिमीलाई माओवादी एमाले पार्टी एकताले जनयुद्ध र जनआन्दोलनको भाव मर्म र कम्युनिस्ट आन्दोलनको उदेश्य नस्वीकारेको लाग्छ र तिमीमा त्यो हिम्मत छ भने आजको आजै अहिले नै पार्टीको सबै तहको जिम्मेवारीबाट राजीनामा देउ ?
भन्न हामीलाई नि आउँछ तिमी जस्तै छदम त हैन । नैतिकता छ भने बसौं विधि बिधानमा नै रहेर बहस गरौं । नत्र थुतुनो सम्हाल बढी सोचेर बेहोस हौला ? समय सधैं तिम्रो वरिपरि होला भन्ने भ्रम नपाल किनकि तिमी आफै केही नि हैनौ । जसको आडमा तिमी बोलिरहेका छौ त्यो कति दिनलाई हो हेक्का राख ? आगे तिम्रो मर्जी….?
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...



प्रतिकृया लेख्नुहोस्: