Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

महान् दश वर्षे जनयुद्धको बिरासत र प्रतिक्रान्तिको हावा हुन्डरी

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा वि.सं. २०५२ फाल्गुन १ गतेदेखि २०६२ सालसम्म नेपालमा महान् जनयुद्ध सञ्चालन गरियो । ‘प्रतिक्रियावादी राज्य सत्तालाई ध्वंस गर्दै नयाँ जनवादी राज्य सत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ’ भन्ने मूल नाराका साथ ‘विद्रोह जनताको अधिकार हो, जनयुद्ध –जिन्दावाद !’ भन्ने गगनभेदी नारा घन्काउदै सञ्चालन गरिएको महान् दश वर्षे जनयुद्ध नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत हरक्षेत्रमा आमुल परिवर्तन गर्ने महान् उद्श्येका सञ्चालन गरिएको उक्त दश वर्षे जनयुद्ध नेपाली समाजको समग्र युग थियो ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)द्वारा सञ्चालन गरिएको जनयुद्धका क्रममा छापामार दस्ता हुँदै जनमिलिसियाका कमरेड माओत्सेतुङको निधनपश्चात् चीनमा समेत प्रतिक्रान्ति भएर विश्व सर्वहारा वर्ग र समस्त श्रमजीवी तथा उत्पीडित राष्ट्रहरु मुक्तिकामी जनताका बिचमा ब्यापक निरासा पैदा भइरहेको विश्व परिस्थितिमा नेपालमा एक शक्तिशाली जनमुक्ति सेना (लालसेना) को निर्माण हुन पुगेको थियो । त्यसले विश्व जनसमुदायमा एउटा साहस र गौरवको अनुभूति जगाइदिएको थियो ।

सोभियतसंघ पछि पूर्वी युरोपका देशहरु र चीनलगायत हिन्दचिनका मुलुकहरुमा प्रतिक्रान्ति भएर विश्स्तरमा एक प्रकारको निरासा छाइरहेको अवस्थामा नेपाल जस्तो एउटा पिछडिएको अर्ध समान्ती र अर्धऔपनिवेशिक हिमाली राज्यमा दश वर्षका बिचमा जुन भीषण वर्ग संघर्ष चल्यो र त्यस प्रक्रियामा नेपालका ग्रामीण इलाकाहरुमा आधार इलाकाहरु बन्न पुगे । नयाँ जनसत्ताहरुको निर्माण भए । जनअदालत र जन कम्युनहरु बन्न पुगे । त्यस्तै जनसरकार बन्न पुगे र देशको करिब ८० प्रतिशत भू–भाग र जनताको जनसंख्या माओवादीमय हुन सफल भयो ।

त्यस महान् जनयुद्ध नेपाली जनताको मात्रै नभएर विश्व जनताकै लागि पनि एक आशा र भरोसाको केन्द्र बनिसकेको थियो ।

त्यति मात्र होइन, त्यस महान् जनयुद्धको प्रक्रियाअन्तर्गत नेपाली जनताको ठूलो त्याग र बलिदानले गर्दा जनयुद्धको महानता र गौरव अरु बढेर गएको थियो । किनभने त्यस जनयुद्धको अवधिमा करिब १० औं हजारभन्दा बढि नेपाली आमाका आँटिला तथा असल छोराछोरीले शाहदात प्राप्त गरेका थिए । तत्कालीन प्रतिक्रियावादी सत्ताले हजारौं जनताहरुलाई वेपत्ता पारेको थियो । त्यस्तै युद्वको क्रममा हजारौंको संख्यामा नेपाली जनताका छोराछोरीहरुलाई घाइते र अपाङ्ग बन्न पुगेका थिए । यी ऐतिहासिक परिघटनाहरुले महान् दश वर्षे जनयुद्धको महानता र महत्त्वलाई बढाई दिएको हो ।

लाखौं नेपाली जनताको बिचमा विकसित भइरहेको त्यस ऐतिहासिक जनयुद्धको प्रक्रियामा महान् नेपाली नयाँ जनवादी क्रान्तिलाई विजयको शिखरमा पुर्याई दिएर नौलो नेपाल निर्माण गर्ने लक्ष्यका साथ हजारौंको संख्यामा नेपालको युवा पंक्ति ज्यानलाई आहुति दिएर क्रान्तिमा हामफाल्न शहिदहरुको पंक्तिमा आफ्नो नाम समावेश गर्न प्रतिष्पर्धा गर्ने वातावरण सिर्जना भइरहेको थियो । आम नेपाली जनता महान् जनयुद्धको प्रक्रियामा लामबद्ध बन्दै गइरहेको अवस्था सृजना भइसकेको थियो । र विश्वको एक मानचित्रमा एउटा हिमाली देश नेपालमा सूर्यको विहानी किरणसंगै महान् नयाँ जनवादी क्रान्तिको जन्म हुँदै थियो ।

त्यही परिस्थितिमा २०६२ को असोज(कार्तिकमा तत्कालीन नेकपा (माओवादी) चुनवाङमा सम्पन्न बैठकले सशस्त्र जनयुद्धको कार्यदिशा र कार्यक्रमलाई स्थगित गरि लोतान्त्रिक गणतन्त्र र पूँजीवादी संसदीय कार्यदिशा पारित गर्न पुग्यो । शान्ति प्रक्रियाको शुरुवातसँगै १० वर्षे जनयुद्धको नेतृत्व गरेर आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईमा व्यापक रुपमा वैचारिक विचलन आयो । त्यसपछि ती दुवै जनाले घरेलु प्रतिक्रियावादीहरु र वैदेशिक शक्तिका रुपमा रहेका अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका सामु वर्गीय रुपमा र राजनीतिक रुपमा समेत आत्मसमर्पण गर्न पुगे । र, महान् नेपाली क्रान्ति र महान् नेपाली जनतामाथि विश्वासघात र गध्दारी गर्ने अवस्था सिर्जना भयो ।

सबैलाई थाहै छ कि प्रचण्ड(बाबुरामद्वारा महान् दश वर्षे जनयुद्धको प्रक्रियामा निर्माण गरिएका आधार इलाकाहरु, नयाँ सत्ताहरु, जनअदालतहरु, जनकम्युन र जनसरकारहरु सबैलाई साम्राज्यवाद तथा विस्तारवादको डिजाइनमा खारेज गरिएको थियो । जनमुक्ति सेनालाई प्रतिक्रियावादी सेनाका सामु जबर्जस्त आत्मसमर्पण गर्न लगाएर विघटन गराइयो । जनताको रगतले साटिएका हतियारहरु प्रतिक्रियावादी सरकारलाई बुझाइयो । जनयुद्धको माग बमोजिम संविधानसभा मार्फत महान् नेपाली क्रान्ति सम्पन्न गर्ने उद्श्येका साथ पहिलो ऐतिहासिक संविधानसभा निर्वाचन २०६४ द्वारा निर्माण गरिएको पहिलो संविधानसभालाई विघटन गरेर देशीविदेशी प्रतिक्रियावादीहरुको ग्राण्ड डिजाइन र निर्देशनमा कथित दोस्रो संविधानसभा निर्वाचनको नाटक मञ्चन गरेर प्रतिक्रियावादी संविधान निर्माण गरेर आफ्ना विदेशी महाप्रभूहरुलाई खुसी तुल्याउने काम प्रचण्ड(बाबुरामद्वारा गरियो ।

सर्वविधितै कुरा हो त्यसपछि माओवादी आन्दोलनभित्र रहेका क्रान्तिकारीहरुले मोहन वैद्य किरणको नेतृत्वमा २०६९ असारमा नेपाल कम्युनिस्ट पार्टी – माओवादी निर्माण गरेर माओवादी आन्दोलनलाई पुनर्गठन गर्ने काम गरिएको थियो । तर २०७१ साल मंसिरमा ड्यास माओवादीभित्र पनि विभाजन आयो र नेत्र विक्रम चन्द ‘विप्लव’को नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गठन हुन पुग्यो । पछि त्यसले आठौं महावेशनद्वारा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी मा परिणत गर्यो र अहिले माओवादी आन्दोलनभित्र क्रान्तिकारीका दुर्इवटा कम्युनिस्ट पार्टीहरु( मोहन वैद्य किरणले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीहरु क्रियाशील छन् ।

अर्कोतिर प्रचण्डले नेतृत्व गरेको एमाओवादी नेकपा (माके) हुँदै पहिले नै प्रतिक्रियावादी बनिसकेको नेकपा (एमाले) भित्र विलय हुन पुग्यो । जुन प्रतिक्रियावादी सरकारमा सामेल भएको छ ।

जनयुद्धको नेतृत्व गर्ने प्रचण्ड(बाबुरामले नै नेपाली क्रान्तिप्रति गध्दारी गरेर नेपाली जनतालाई ठूलो धोका दिएको भए ता पनि मोहन वैद्य किरणले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी) विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले महान् नेपाली क्रान्तिको यात्रालाई अघि बढाइरहेका छन् । अहिले एकातिर क्रान्तिकारी माओवादी, नेकपा (मसाल), नेकपा (माले), नेकपा (माके) नेपाल कम्युनिस्ट पार्टी, देजमो नेपाल , राष्ट्रिय जनमोर्चलगायत नौ दलका बिचमा कार्गत एकता कायम भइरहेका छन् । यो महान् नेपाली क्रान्तिका निम्ति सकारात्मक कुरा हो ।

२५ औं जनयुद्ध दिवस मनाइरहेको अवस्थामा आज एउटा कुरा उजागर आवश्यक छ । त्यो महान् दश वर्षे जनयुद्धको नेतृत्व समेत गरेर आएका प्रचण्डसहितको एउटा ठूलै तप्काका भने प्रतिक्रियावादीको प्रभावमा परि एमालेभित्र विलय हुन पुग्यो र आज त्यो शक्ति पनि पुराना एमालेसित काँधमा काँध थापेर उहि पुरानै संसदिय सत्ता चलाएर बसेको छ ।

यतिबेला केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरिरहेको नामधारी कम्युनिस्टहरूको सरकार भनिएको फासीवादी सत्ताले करिब ११ महिना (२०७५ फाल्गुन २८) देखि विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएर भीषण फासीवादी सत्ता सञ्चालन गरिरहेको छ र हजारौं नेता, कार्यकर्ताहरुलाई झुठ्ठा मुद्दाहरु खडा गरेर जेलमा सडाइरहेको छ । क्रान्तिकारी माओवादीलगायतका अन्य क्रान्तिकारी कम्युनिस्टहरूलाई पनि निगरानीमा राख्दै आएको छ ।

यो नामधारी कम्युनिष्ट सरकारले विप्लवले नेतृत्व गर्दै आएको नेकपामाथि प्रतिबन्ध लगाएको कुनै नौलो घटना कुनै नौलो पनि होइन, पहिलो पनि होइन । प्रतिक्रियावादी सत्ताहरुले पहिलेदेखि नै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुमाथि प्रतिबन्ध लगाउदै आएको छ । २००८ सालमै संस्थापक महासचिव कमरेड पुष्पलालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमा नेपाली कांग्रेसको सरकारले प्रतिबन्ध लगाएको थियो ।

त्यस्तै २०१७ सालदेखि २०४६ सालसम्म निरंकुश राजतन्त्रको तानाशाही पञ्चायती व्यवस्थाले कांग्रेस र कम्युनिस्टहरूलाइ प्रतिबन्ध लगाएको थियो । २०५२ देखि २०६२ सालसम्म नेपाल कम्युनिस्ट पार्टी ९माओवादी० कडा प्रतिबन्ध लगाएकै थियो । तर उनिहरुको दमन र प्रोलोभनले नेपाली समाजको परिवर्तनलाई त रोक्न सकेका थिएनन् ।

२००७ साल, २०४६ , २०६२र २०६२ सालमा उठेका जनआन्दोलनहरुले ठूलो राजनीतिक परिवर्तन ल्याएकै । त्यस्तै दश वर्षे जनयुद्धले नेपाली समाजमा ठूलो परिवर्तन ल्याएकै हो । सत्ताधारीहरुले जतिसुकै प्रयास गरेका भए पनि, जतिसुकै ठूलाठूला दमन गरेको भए पनि उनिहरुको कारणले जनयुद्ध समाप्त पार्न त सकेका थिएनन् ।

प्रतिक्रियावादीहरुले विप्लव नेतृत्वको नेकपा, क्रान्तिकारी माओवादीलगायतका क्रान्तिकारीमाथि जतिसुकै दमन गरे पनि महान् नेपाली क्रान्ति रोकिने छैन । जस्तोसुकै दमनहरुलाई परास्त गर्दै क्रान्ति अघि बढी छाड्छ । क्रान्तिको द्वन्द्ववाद यही नै हो ।

(लेखक केसी नेकपा क्रान्तिकारी माओवादीका नेता हुन्)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies