Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

अध्यक्षमा २२ वर्षदेखि एकै व्यक्तिको एकछत्र रजाइँ

नेपालगञ्ज । नेपालगञ्जको पहिलो ऐतिहासिक महेन्द्र पुस्तकालय उचित रेखदेखको अभावमा धरासायी बन्दै गएको छ । पुस्तकालय सञ्चालक समितिको अध्यक्षमा २२ वर्षदेखि एकै व्यक्तिको एकछत्र रजाइँ भएकाले पनि यो धरासायी बन्दै गएको हो । विसं २०५४ मा कन्हैयालाल टण्डनले अध्यक्षको जिम्मेवारी पाएपछि सञ्चालक समितिको चुनाव नै भएको छैन ।

नेपालगञ्जका वरिष्ठ साहित्यकार प्राज्ञ सनत रेग्मीले भने, “टण्डनजीको निरङ्कुश प्रवृत्तिका कारण पुस्तकालय एक पाइला पनि अघि बढ्न सकेन र अहिले धरासायीको अवस्थामा पुगेको छ ।” कार्यसमितिको एक कार्यकाल दुई वर्षको भए पनि २२ वर्षदेखि टण्डन नै अध्यक्ष छन् । “उनले चुनाव गराउने नै आँट गरेनन्”, प्राज्ञ रेग्मीको गुनासो छ ।

आप्mनो कमजोरी स्वीकार्दै अध्यक्ष टण्डन भन्छन्, “मैले पदबाट राजीनामा दिने सोच बनाएको छु, केही दिनभित्रै मेरो राजीनामा आउँछ ।” सो पुस्तकालय अहिले नाम मात्रको छ । भवन आप्mनै भएर पनि जीर्ण अवस्थामा छ । पुस्तकालयमा समयसापेक्ष पुस्तकहरु नै छैनन् । पुस्तकालयमा अध्ययन गर्न जानेको सङ्ख्या औँलामा गन्न सकिन्छ ।

यो पुस्तकालय विसं २००३ मा स्थापना भएको हो । त्यतिबेलाका युवाहरुले शिक्षा तथा पठनशीलताको विकास गर्ने उद्देश्यले पुस्तकालयको स्थापना गरेका थिए । पुस्तकालयमा आजीवन र साधारण सदस्य रहने व्यवस्था छ । तिनै सदस्यबाट सञ्चालक समिति चयन हुने गर्छ । वर्तमान अध्यक्ष टण्डन अघिसम्म व्यवस्थित तथा लोकतान्त्रिक पद्दतिबाट चलेको पुस्तकालय त्यसपछि उनको पदलोलुपताका कारण धरासायी बन्दै गएको प्राज्ञ रेग्मीको आरोप छ ।

ज्ञानको भण्डारका रूपमा स्थापना गरिएको पुस्तकालय अहिले बेकामको देखिएको छ । पुस्तकालयलाई झन उपयोगी बनाउनुपर्नेमा जीर्ण हुँदै गएकोप्रति नेपालगञ्जका शिक्षाप्रेमीले चिन्ता र चासो व्यक्त गर्न थालेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies