Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

पहिचानविहीन यी सात जनजाति समुदाय

भद्रपुर । झापामा अल्पसङ्ख्यामा रहेका सात आदिवासी समुदाय सरकारको जनजाति सूचीमा छुटेका पाइएको छ । आफ्नै भाषा, संस्कृति र भूगोल भएका मुण्डा, पाहान, खडिया, ग्वाल, कँवर, रौतिया र मालपाँडे जातीय समुदाय जनजातिको सरकारी सूचीकरणमा छुटेका नेपाल मुण्डा उत्थान समितिका सल्लाहकार एवं आदिवासी नेता बन्धन मुण्डाले बताए । अरु पनि थुप्रै जाति अस्तित्वमा रहेका र राज्यले पहिचान नदिएको उनको भनाइ छ ।

“हामीले धेरैपटक आवाज उठाइसकेका छौँ”, उनले भने, “तर मागको सुनुवाइ अहिलेसम्म नभएकामा दुःख लागेको छ ।” जनजातिको सूचीकरण नहुँदा ती जातिको उत्थानमा बाधा उत्पन्न भएको उनको भनाइ छ । सरकारले गठन गरेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले मुलुकमा रहेका आदिवासी जनजातिको सूचीकरण गर्दै आएको छ । विसं २०५८ मा पहिलोपटक नेपालका ५८ जातीय समुदाय जनजातिको सूचीमा दर्ता भएका थिए । त्यसबेला झापामा अस्तित्वमा रहेका मुण्डा, पाहान, खडिया, ग्वाल, रौतिया, कँवर र मालपाँडेलाई सूचीकरणबाट वञ्चित गरियो ।

विसं २०६८ मा डा ओम गुरुङको नेतृत्वमा गठन भएको कार्यदलले उराउ र खडियालाई सूचीकरणका लािग सिफारिस गरेको थियो तर सूचीमा कुनै पनि जातिलाई थप गरिएन । तत्कालीन काँकडभिट्टा गाउँ विकास समितिका उपाध्यक्ष र झापा जिल्ला विकास समितिका सदस्यसमेत रहिसकेका आदिवासी नेता मुण्डा यसरी अल्पसङ्ख्यामा रहेका जातिलाई जनजातिमा सूचीकरण नगरेर राज्यले अन्याय गरेको गुनासो गर्छन् ।

“सूचीकरण नहुँदा ती जातिका युवाले जागिर र राज्यका अरु अवसरमा आरक्षण पाउन सकेका छैनन्”, उनले भने, “यसअघिका सबै प्रधानमन्त्रीलाई माग सुनाउँदा केही उपलब्धि भएन, अब प्रधानमन्त्री केपी ओलीका पालामा हामीले सूचीकरण हुन पाउने अपेक्षा गरेका छौँ ।” सूचीकरणमा नपरेका सबै जातीय समुदाय साद्री भाषा बोल्छन् । उनीहरुको बसोबास मेचीनगरमा रहेको छ । कतिपय झापा बाहिर मोरङ र सुनसरीमा पनि छरिएका छन् । काली देवीको पूजा गर्ने यी जाति चिया बगानमा ज्यालादारी गरेर जीवन निर्वाह गर्दछन् । जन्म, मृत्यु, विवाह र चाडपर्वका आफ्नै संस्कार र संस्कृति भएका यिनीहरुमध्ये केहीले मात्र उच्च तहको शिक्षा लिएका छन् ।

मेचीनगरमा रहेका मुण्डा समुदायको कूल जनसङ्ख्या दुई हजार २५८ रहेको छ भने खडियाको ५००, मालपाँडेको २५०, रौतियाको १५० र कँवरको ४०० रहेको छ । ग्वाल र पाहान समुदायको जनसङ्ख्या ३०० भन्दा कम रहेको छ । यी जातिको आर्थिक, शैक्षिक र सामाजिक पहुँच दयनीय रहेको छ । नेपाल आदिवासी जनजाति महासङ्घ झापाका उपाध्यक्ष मेघराज थामी सरकारले थुप्रै जातिलाई सूचीकरणबाट वञ्चित गरेर पहिचानविहीन बनाएको आरोप लगाउछन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending