Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

मकैको बीउ जोहो गर्न थालें उदयपुरका किसान

गाईघाट । उदयपुर जिल्लाका मध्यपहाडी तथा उत्तरीपहाडी क्षेत्रका किसानले अहिले मकैको बीउ जोहो गर्न थालेका छन् ।

गत वर्षको खडेरीका कारण मकैबाली नष्ट भएर बीउसमेत बचाउन नसकेका उनीहरुले मकैबाली लगाउने सिजन आउनै लाग्दा बीउको जोहो गर्न थालेका हुन् ।

लामो समयसम्म पानी नपरेर खडेरी लागेका कारण उदयपुरको मध्यपश्चिम पहाडी क्षेत्रको ताप्ली गाउँपालिका, उदयपुरगढी गाउँपालिका र उत्तरी दुर्गम पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाकामा सम्पूर्ण मकैबाली नष्ट भएको थियो । फागुन लाग्नासाथ मकैबाली लगाउन शुरु गर्नुपर्ने हुनाले अहिले यस क्षेत्रका कृषकले मकैको बीउ जोहो गर्न थालेका छन् ।

लिम्चुङबुङ गाउँपालिकाको बलम्ता, जाँते, बराह, ताम्लीछा तथा बाँसबोटेका कृषक राम्रो उत्पादनयुक्त मकैको बीउको खोजी तथा जोहोमा लागेको जाँतेका अम्बरबहादुर बुढाथोकीले बताए । अब माघ बित्न लागेको र फागुनको दोस्रो हप्ताबाट गाउँघरमा मकैखेती शुरु गर्नुपर्ने हुनाले आफूहरु राम्रो मकैको बीउको जोहो गर्ने काममा लागेको उनले बताए ।

यस्तै लिम्चुङबुङ गाउँपालिका–५ बलाम्ताका अर्का कृषक डिकबहादुर राईका अनुसार अब दिनदिनै गाउँघरमा मकैखेती गर्ने सिजन शुरु भएका कारण आफूहरु पनि मकैको बीउ व्यवस्थापन गर्नतिर लागेको बताए । उनले भने, “यसपटकको खडेरीले मकै मात्र होइन, कोदोसमेत सबै डढाएर स्वाहा बनायो, अब मकैको बीउसमेत गाउँघरमा छैन, अहिले आफूहरु मकैको बीउको खोजीमा छौँ, छिमेकी जिल्ला खोटाङतिर पनि खडेरीले मकै मरेका कारण बीउ अभाव छ, मकैको पहाडी बीउनै आवश्यक हुनाले भोजपुर वा धनकुटातिर बीउको जोहोका लागि आफूहरु जान लागेका छौँ ।”

लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले कृषक मकैको बीउ व्यवस्थापनमा चिन्तित बन्न थालेको हुँदा गाउँपालिकाले आफैं बीउको जोहो गर्ने प्रयासमा लागेको बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending