बेझाड । रामपुर नगरपालिका–६ कौवा बस्ने विष्णुदेवी गैरेले गाईपालन व्यवसायबाट राम्रै कमाई लिए । आजभन्दा सात वर्षअघि दुईवटा गाईबाट व्यवसाय शुरु गरेकि गैरेले दूध उत्पादन राम्रो भएपछि व्यवसाय बढाए । तराई क्षेत्रबाट जर्सी र होलस्टिन जातको गाई खरिद गरी उनले व्यवसायमा तल्लीन भएर लागे ।
“विगतमा आम्दानी राम्रै हुन्थ्यो । अहिले भने व्यवसायमा लगानी गरे अनुसारको आम्दानी नहुँदा निराश लागेको छ”, उनले बताए । “दुहुना गाईको तुलनामा बाच्छाबाच्छीको सङ्ख्या बढी छन् । अनुत्पादक बाच्छाबाच्छीलाई दानापानी घाँसपातमा ठूलो लगानी गर्नुपर्दा व्यवसाय नै धरापमा परेको छ ।”
“बाच्छाबाच्छी हुर्काउनै समस्या छ, लामो समय हुर्काएको बाच्छीले पनि तराई क्षेत्रमा जन्मेको बाच्छीले जस्तो दूध नदिने, एउटा बाच्छीलाई हुर्काएर दूध उत्पादन लिने अवस्था बनाउन करिब तीन वर्ष समय पर्खनुपर्दा कृषकलाई मार परेको छ”, उनको गुनासो छ ।
उहाँको फार्ममा १३ गाईमध्ये छवटा माउ गाई, छवटा बाच्छी, एक उत्पादन दिन नसक्ने माउ गाई छन् । घरमा पालिएका तीनवटा दुहुना गाईबाट हाल दैनिक दश लिटरमात्र दूध उत्पादन हुने गर्छ । “शुरु शुरुमा त दूध उत्पादन पनि ५०/६० लिटर सम्म हुन्थ्यो, कमाई राम्रै थियो, व्यवसायमा पनि जाँगर बढेर आउँथ्यो, अहिले बाच्छी गोठभरि भएपछि उत्पादन नै घटेको छ, व्यवसाय होला कि भनेर गरेको उल्टै ऋण थपिएला जस्तो छ”, उनले भने ।
बाच्छाबाच्छी हुर्काउने समस्याले कतिपय कृषकले बिस्तारै गाईपालन व्यवसाय छाड्दै गएको पाइएको छ । दानाको मूल्य बढ्दै जानु, बाच्छी हुर्काएर उत्पादन लिन लामो समय पर्खनुपर्ने अवस्थाले शुरुमा गाईपालन व्यवसायमा हौसिएका कृषकहरु अहिले निराश बनेका छन् । रामपुर नगरपालिका–८ का गणेश आचार्यले रामपुरमै ठूलो गाईपालन व्यवसाय चलाए । उनले पनि बाच्छाबाच्छीको सङ्ख्या बढ्दै जान थालेपछि व्यवसायलाई घटाउँदै लगे ।
२८ वटासम्म गाई पाल्नुभएका आचार्यले बिस्तारै बाच्छाबाच्छी बढ्न थालेपछि गाईको सङ्ख्या घटाएर दुईदेखि तीनवटासम्म मात्र गाई पाल्न थालेको बताउँदै उनले भने, “गाईलाई अन्यत्र लगेर छाड्न पनि भएन, घरमा पाल्न नसक्ने अवस्था आयो, बाच्छाबाच्छी हुर्काउन थाल्दा कृषकलाई आम्दानीभन्दा पनि ऋणमाथिको ऋणको भार थपिएला जस्तो हुन थाल्यो ।”
बाच्छी हुर्काएर छिटो आम्दानी लिन नसकिने र दानापानी, घाँसपातमा ठूलो रकम खर्चनुपर्दा लगानीअनुसार आम्दानी लिन नसकिएको रामपुर नगरपालिका–४ का विनोद श्रेष्ठले बताए। “बाच्छी हुर्काएर उत्पादन लिन तीन वर्ष जतिको समय पर्खनुपर्ने, तराईमा जन्मेका बाच्छीको तुलनामा यहाँ जन्मेका बाच्छीले राम्रो दूध उत्पादन पनि नदिने, बाच्छाबाट झन् उत्पादन नै लिन नसकिने हुँदा कृषकलाई समस्या परिरहेको छ”, उनले भने ।
पशु सेवा शाखा कार्यालय रामपुरका प्रमुख तुल्सीराम काफ्लेले भने, “घाँसमा पशुलाई चाहिने पर्याप्त पोषण भए पनि कृषकले पोषिलो घाँस उत्पादनमा जोड नदिनु, प्राविधिकसँग सल्लाह नलिँदा बाच्छाबाच्छी हुर्काउन समस्या परेको छ, पोषिलो घाँस नियमित खुवाएमा दूध उत्पादन बढ्ने र छिटो बाच्छी ब्याउने गर्दछ ।”
रामपुर नगरपालिका क्षेत्रमा एक दर्जनको हाराहारीमा व्यावसायिक तरिकाले गाईपालनमा कृषक आबद्ध छन् । तराई क्षेत्रबाट होलस्टिन र जर्सी जातका गाई खरिद गरी कृषकले व्यवसाय चलाइरहेका छन् । व्यवसाय शुरुका वर्षमा कृषकले सोचेभन्दा पनि बढी आम्दानी लिन थालेपछि बिस्तारै गाईको सङ्ख्या बढाउँदै गए । पछि विस्तारै बाच्छाबाच्छीको सङ्ख्या थपिँदै जाँदा व्यवसाय निल्नु न ओकल्नु जस्तै बनेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: