परासी । मुख्यमन्त्री शङ्कर पोखरेलले नेपाली समाजमा अब विद्रोहको झण्डा बोक्न आवश्यक नभएको बताएका छन् । उनले परम्परागत आन्दोलनले निर्माण गरेको मनोविज्ञानको प्रभावले नागरिकहरु राज्यबाट टाढा हुन खोज्ने गरेका समेत बताए ।
पश्चिम नवलपरासीको बर्दघाटमा नेपाल स्काउटको प्रदेश नं ५ स्तरीय आधारभूत तालीमको आज उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले राज्य हाम्रो हो र राज्यलाई बलियो बनाएर मात्र हामी बलियो भइन्छ भन्ने भावनाको विकास गर्न जरुरी रहेकामा जोड दिए । उनले भने, “अहिले पनि समाजमा राज्यको विद्रोहीका रुपमा समाजका सदस्यले आफूलाई हेर्ने गरेको पाइन्छ, तर संविधानले दिएका अधिकार प्रयोग गर्न सबल र सक्षम राज्य हुनुपर्दछ, नागरिकले गौरवबोध गर्न सक्दछन्, त्यस प्रकारको राज्य बनाउनु हामी सबैको अभिभारा हो ।”
मुख्यमन्त्री पोखरेलले नेपाली समाजलाई लाहुरे संस्कृतिले गाँजेका कारण यहाँ गर्न सकिने काम गर्न पनि युवा विदेश पलायन हुने गरेका उल्लेख गरे । समृद्ध राष्ट्र निर्माणका लागि स्वदेशमा उद्यमशील बन्न उहाँले आग्रह गरे । उनले भने, “हामीले हाम्रो देशलाई युवा निर्यात गर्ने देशका रुपमा चिनाउन बाध्य छौँ, तर स्वदेशमै त्यो भन्दा महत्वपूर्ण कामले हामीलाई पर्खिरहेको हुन्छ, हामीले उपेक्षा गर्छौँ, राष्ट्रलाई सबल बनाउन स्वदेशमा उद्यमशील बन्नुपर्छ ।”
समाजमा देखिएको निराशा र कुण्ठालाई सकारात्मक र आशावादी समाजको रुपमा विकास गर्न युवाको भूमिका हुने बताउँदै मुख्यमन्त्री पोखरेलले स्काउटको यस किसिमको तालीमले सुचरित्र र असल नागरिक तथा समाज निर्माणमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले विपद्का बेला यूवा परिचालनमार्फत व्यवस्थापन गर्न तथा समृद्धिको प्रमुख आधार युवा जगत नै भएको उल्लेख गरे । युवा तथा खेलकूद विकास मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सरकारले यस वर्षलाई युवा परिचालनको वर्ष घोषणा गरेकाले स्काउट अभियानलाई गाउँगाउँसम्म पु¥याउनुपर्ने आवश्यकता रहेको बताए।
पाँच दिनसम्म सञ्चालन हुने आधारभूत तालीममा प्रदेश नं ५ का १२ जिल्लाका १०९ वटै स्थानीय तहका गरी ६०३ प्रशिक्षार्थी तथा ११० प्रशिक्षकको सहभागिता रहेको नेपाल स्काउटका राष्ट्रिय निर्देशक लोकबहादुर भण्डारीले जानकारी दिए । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी९नेकपा० प्रदेश नं ५ का प्रमुख सचेतक भूमिश्वर ढकाल, प्रतिपक्ष दल नेपाली काँग्रेसकी सचेतक निर्मला क्षेत्री, प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारी, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले स्काउटको तालीम भाईचारा, एकता, सद्भाव र समाज रुपान्तरणमा सहयोगी सिद्ध हुने विश्वास व्यक्त गरेका थिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: