काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण वर्ष पर्यटन र पर्यटकको लागि मात्र नभई यसको माध्यमबाट जलवायु परिवर्तनको जोखिम न्यूनीकरणसम्बन्धी विश्व समुदायलाई ध्यानाकर्षण गराइने बताएका छन् ।
नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागी हुन छिमेकी मुलुक भारत, चीन तथा विभिन्न मुलुकका पर्यटनमन्त्रीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सगरमाथा संवादमार्फत पनि जलवायु परिवर्तनबारे विश्वको ध्यानाकर्षण गराइने बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको कार्यक्रममा चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओफेङ, भारतका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पट्टेल, म्यानमारका प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमन्त्री यू ओहन मौग, जमैकाका मन्त्री ओन मउङ तथा भूटान, कम्बोडिया, कतारलगायत मुलुकका पर्यटन विभागका महानिर्देशकहरूको पनि सहभागिता थियो ।
प्रधानमन्त्री ओलीले मुलुकमा ठूलो परिवर्तनपछि राजनीतिक असमानता अन्त्य भई सामाजिक न्याय र समानतासहितको समृद्धि बाटोमा अघि बढेको उल्लेख गर्दै हाम्रो राष्ट्रिय अभियान समृद्धिसँगै तीव्र आर्थिक वृद्धिदर हो भने । उनले पर्यटनमार्फत अर्थतन्त्र र कूल गार्हस्थ्य उत्पादनमा तीव्र वृद्धि गर्न चाहेको उल्लेख गरे । प्रधानमन्त्रीले सानो समूह गरिबी र पछौटेपनबाट जकडिएको र त्यसलाई माथि उकास्नका लागि पर्यटन महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्रीले नेपाली समाजको आधारभूत चरित्र अतिथि देवो भवः अर्थात अतिथिलाई भगवान सरह आदर सत्कार गर्ने चरित्र भएको बताए । उनले भने, “नेपाली समाजको आधारभूत चरित्र नै अतिथि देवो भवः हो । पर्यटक पाहुनाका निम्ति यहाँको समाज असल र सहयोग छ ।”
उनले पछिल्लो समय जलवायु परिवर्तनले हिमालको सौन्दर्य बिग्रिएको र यसबारे विश्वको ध्यान केन्द्रित भएको उल्लेख गर्दै जलवायु परिवर्तनको जोखिम न्यूनीकरण विश्वकै चुनौती भएको उल्लेख गरे ।
प्रधानमन्त्रीले भने, “हमालीले सगरमाथा संवादमार्फत पनि विश्वको ध्यानाकर्षण गर्छौं, भ्रमण वर्ष पर्यटन र पर्यटकका लागि मात्र हैन यो मार्फत जलवायु परिवर्तनबारे विश्वलाई ध्यानाकर्षण गराउँछौँ ।” कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रकृति, संस्कृति र साहसिक गतिविधि नेपाली पर्यटनको विशेषता रहेको भन्दै भ्रमण वर्षले नेपाललाई विश्वसामु पहिचान र प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: