Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

नगरकोटबाट भ्रमण वर्षको भव्य स्वागत, हेलिकप्टरबाट पुष्पवृष्टि

भक्तपुर । आज सन् २०२० जनवरी १ बिहान ५ बजेदेखि नै नगरकोटको बतासे डाँडामा आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्यो । अध्याँरो मै बत्तीको उज्यालोमा नेपाल भ्रमण वर्षको भव्य स्वागत शुरु भयो ।

नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ शुरु भएको नेपाल भ्रमण वर्षलाई सफल पार्न जिल्ला समन्वय समिति भक्तपुर र नगरकोट नाल्दुम पर्यटन विकास समितिको आयोजनामा भएको भ्रमण वर्षको उद्घाटन कार्यक्रममा झिसमिसेमै नगरकोटको बतासे डाँडा भरिएको थियो ।

कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहदुर विश्वकर्मा, प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत, प्रदेश नं ३ का प्रदेशसभा सदस्य सरस्वती बाटी, प्रतिमा श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, उपप्रमुख विना बास्तोला, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, काभ्रेको मण्डन देउपुर नगरपालिकाका प्रमुख टोपबहादुर वाइबा, भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलगायत नेपाली सेनाको टुकडी र विभिन्न निकायबाट आएका व्यक्तिले भ्रमण वर्षको भव्य स्वागत गरेका थिए ।

सो अवसरमा मन्त्री विश्वकर्माले नेपालको झण्डा झण्डोत्तोलन गर्दै सरकारले शुरु गरेको नेपाल भ्रमण वर्षको पहिलो स्वागत नगरकोटबाट गर्न पाउँदा खुशी लागेको बताए । उनले आज नगरकोटको पहिलो घामको झुल्कोसँगै भ्रमण वर्षको स्वागत र शुरु गरेको बताउँदै यो भ्रमण वर्षलाई भव्यरुपमा सफल पार्नुपर्ने बताए ।

मन्त्री विश्वकर्माले भनेयो, “सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० आजदेखि शुरु भएको छ, हामी नगरकोटबाट स्वागत गरिरहेका छाँै, देशभर भव्य प्रचारप्रसार गर्दै विदेशी अतिथिलाई स्वागत गर्न आतुर छौँ, पर्यटन व्यवसायीले पर्यटकका लागि आकर्षक प्याकेज ल्याएर सेवा दिनुपर्छ ।”

नयाँनयाँ पर्यटकको गन्तव्य पहिचान गर्दै त्यसको विकास गरी पर्यटकलाई नेपालको सुन्दरता देखाउन सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको उनले बताए ।

पूर्वउद्योगमन्त्री महेश बस्नेतले भक्तपुर अथाह पर्यटकीय सम्भावना बोकेको जिल्ला भएको बताउँदै नगरकोट, चाँगुनारायण, मूलाकोटगढी, सूर्यविनायक, रानीकोट, घ्याम्पेडाँडा लगायतका क्षेत्र पर्यटकका लागि आकर्षणको क्षेत्र भएको बताए ।

उनले भक्तपुरको भ्रमणमा आउने पर्यटकलाई चारवटै नगरपालिकाको पर्यटकीय क्षेत्रको भ्रमण गराउने गरी रुट तयार पारेर प्योकजमा पर्यटकको बसाई लम्ब्याउने कार्यक्रम अगाडि सार्नु आवश्यक रहेको बताए ।

सरकारको अभियान भ्रमण वर्षलाई नगरकोटबाट स्वागत गरेको बताउँदै पर्यटक भक्तपुर आएपछि सबै नगरपालिकाको पर्यटकीय क्षेत्रको भ्रमण गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रमा चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्रले नगरकोटमा आउने पर्यटकका लागि नगरपालिकाले गर्नुपर्ने आवश्यक सबै तयारी गरेको बताउँदै व्यवसायीले पनि विशेष प्याकेज अघि सारेको बताए ।

नयाँ वर्षसँगै भ्रमण वर्षको अवसरमा भएको कार्यक्रममा हिमाली दृश्यावलोकन गर्ने र सूर्योदय हेर्नेको भीड थियो भने कार्यक्रममा नेपाली सेनाले विगुल फुक्नुका साथै हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो । त्यसैगरी विभिन्न साँस्कृतिक कार्यक्रम गर्नुका साथै झण्डोत्तोलनसमेत गरिएको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending