एजेन्सी । उत्तर कोरियाका नेता किम जङ-अनले पारमाणविक तथा लामो दूरीको बलिस्टिक क्षेप्यास्त्र परीक्षणको स्थगनबाट आफ्नो देश पछि हट्ने घोषणा गरेका छन्।
त्यहाँको सरकारी समाचारसंस्थाका अनुसार किमले पारमाणविक अस्त्रको विकासलाई निरन्तरता दिइने र एउटा नयाँ \'रणनीतिक अस्त्र\'को विकास गरिने सत्तारूढ दलका अधिकारीहरूलाई बताएका हुन्।
किमले कोरियाली प्रायःद्वीपलाई पारमाणविक अस्त्रमुक्त बनाउने विषयमा अवरुद्ध वार्ता पुनः थाल्न संयुक्त राज्य अमेरिकालाई सन् २०१९ को अन्त्यसम्मको समय दिएका थिए।
तर उनले सम्भावित वार्ताका लागि ढोका खुला राखिएको सङ्केत दिएका छन्। उनले क्षेप्यास्त्र परीक्षण अमेरिकी व्यवहारमा भर पर्ने बताएका छन्।
किमको चेतावनीपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेताले परमाण निरस्त्रीकरणबारे एउटा सहमतिमा हस्ताक्षरु गरेको बताए।
\'मलाई लाग्छ उनी वचन राख्ने मानिस हुन्\' संवाददाताहरूसँग फ्लोरिडामा कुरा गर्दै भने।
उत्तर कोरियाले सन् २०१९ मा विभिन्न क्षेप्यास्त्र परीक्षण गरेको थियो । किमको घोषणाप्रति प्रतिक्रिया जनाउँदै अमेरिकी रक्षामन्त्री माइक पोम्पेओले युद्धको साटो उत्तर कोरियाले शान्ति र समृद्धि रोज्छ भन्ने आफ्नो विश्वास रहेको बताएका छन्।
\'यदि किमले राष्ट्रपति ट्रम्पलाई दिएको वचन भङ्ग गरे भने त्यो एकदमै निराशाजनक हुन्छ,\' उनले सीबीएसलाई भने।
उनका अनुसार ट्रम्पले ठूला सैन्य अभ्यास नगर्ने सहमति व्यक्त गरेपछि किमले अस्त्रपरीक्षण नगर्ने वचन दिएका थिए। \'हामीले आफ्नो वचन राखेका छौँ। उनले पनि आफ्नो वचन राख्छन् भन्ने हाम्रो अपेक्षा छ,\' उनले भने।
परीक्षण स्थगन
सन् २०१७ यता उत्तर कोरियाले कुनै पारमाणविक अथवा लामो दूरीको क्षेप्यास्त्रको परीक्षण गरेको छैन।
गत एप्रिल महिनामा किमले अमेरिका उचित अभिप्राय लिएर आए राष्ट्रपति ट्रम्पसँग तेस्रो शिखर वार्तामा भाग लिन आफू तयार रहेको बताएका थिए।
प्रत्युत्तरमा ट्रम्पले एउटा ट्वीटमार्फत् किमको प्रशंसा गर्दै उनको धारणाको स्वागत गरेका थिए।
गत जुन ३० मा डोनल्ड ट्रम्प उत्तर कोरियाका नेता किमलाई भेट्न दुई कोरियाको सीमामा पुगेका थिए । गत फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको दोस्रो शिखर बैठक विफल भएको थियो। उत्तर कोरियाविरुद्ध लगाइएका आर्थिक नाकाबन्दीहरू हटाउन अमेरिका तयार नभएपछि भियतनामको हनोईमा भएको वार्ता विनासहमति टुङ्गिएको थियो।
उत्तर कोरियाले सन् २०१९ को उत्तरार्धमा विभिन्न क्षेप्यास्त्रको परीक्षण गरेको थियो। अमेरिकालाई दबाव दिन गरिएको उसले त्यसको गरेको भन्ठानिएको छ।
पारमाणविक अस्त्र र अमेरिकासम्म मार हान्ने क्षमता भएका इन्टर्कन्टिनेन्टल बलिस्टिक मिसाइल (आईसीबीएम)को परीक्षण स्थगन गर्ने उसको निर्णय अमेरिकासँग वार्ता गर्ने एउटा प्रमुख आधार थियो।
नयाँ वर्षको पहिलो दिन पार्टीको बैठकमा बोल्दै किमले उत्तर कोरियालाई अस्त्रपरीक्षण स्थगन गर्ने आफ्नो घोषणा पालना गरिराख्न कुन बाध्यता नभएको बताए।
अमेरिकाले दक्षिण कोरियासँग सैन्य अभ्यासलाई निरन्तरता दिएकाले उत्तर कोरियाले अस्त्रपरीक्षणसम्बन्धी निर्णय एकतर्फी रूपमा कायम राख्नु आवश्यक नभएको उनको तर्क भएको केसीएनएले जनाएको छ।
किमले \'संसारले निकट भविष्यमै नयाँ रणनीतिक अस्त्र देख्ने\' चेतावनी दिए पनि त्यसबारे विस्तृत विवरण दिएनन्।
उनी प्योङ्याङमा आयोजित पार्टीका नेताहरूको भेलामा बोलेका थिए। यो समयमा भेला आयोजना गर्नु असामान्य मानिन्छ।
पहिला किमले नववर्षको उपलक्ष्यमा भाषण गर्ने गरेका थिए। तर यसपालि त्यसको कुनै सङ्केत देखिएको छैन।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: