Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

यौन दुव्र्यवहारका पिडित महिला न्याय नपाउने डरले फेर्छन् बयान

दाङ । अठ्ठाइस वर्षीया अपाङ्गता भएकी महिलालाई राप्ती गाउँपालिका–१ का २१ वर्षीय समिर अलीले बलात्कार गरेको भन्दै पीडित पक्षले ०७५ पुस १८ गते इलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दिए ।

घरमा सुतिरहेको अवस्थामा गत वर्ष पुस १७ गते राति जबर्जस्ती करणी गरेको पीडितले बताइन् । पीडितको स्वास्थ्य परीक्षणपछि प्रहरीले पुस १८ गते गिरफ्तार गरी जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलायो । जिल्ला अदालतले ०७६ असार ९ गते आठ वर्ष कैद गर्ने फैसला ग¥यो ।

पाँच वर्षीया बालिकालाई ०७५ माघ १६ गते घोराही उपमनपा–२ का १८ वर्षीय मुकेश विकले बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १६ गते नै प्रहरीमा उजुरी दिए । फकाएर खोलामा लगेर बलात्कार गरेको खुल्न आयो । रक्तश्राव भएपछि पीडित बालिकाको उपचार तथा स्वास्थ्य परीक्षण भयो । प्रहरीले आरोपितलाई माघ १६ गते नै गिरफ्तार गरी जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलायो । जिल्ला अदालतले ०७६ वैशाख २७ गते दोषी ठहर गर्दै १६ वर्ष कैद र पीडितलाई स्थानीय तहबाट रु ५० हजार क्षतिपूर्ति उपलब्ध गराउने फैसला ग¥यो ।

यसैगरी एघार वर्षीया बालिकालाई ०७५ फागुन १३ गते घोराही उपमनपा–८ का ३१ वर्षीय सुनिल थापाले बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । १६ वर्षीया बालिकालाई ०७५ फागुन ७ गते घोराही उपमनपा–१८ का ३५ वर्षीय मदन विकले बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले फागुन ८ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए । पाहुना बस्न गएका विकले रातको समयमा बालिकालाई बलात्कारको प्रयास गरेको पीडितले बताइन् ।

पच्चीस वर्षीया महिलालाई ०७६ असार १ गते तुलसीपुर उपमनपा–६ का ३५ वर्षीय नवीन शर्माले बलात्कार गरेको भन्दै पीडित पक्षले असार २ गते इप्रका तुलसीपुरमा उजुरी दिए । रातको समयमा महिलाकै कोठामा पुगेर बलात्कार गरेको पीडित पक्षले प्रहरीलाई बताएको थियो । १५ वर्षीया सुस्तःमनस्थितिकी बालिकालाई १० महिनादेखि लगातार राजपुर गाउँपालिका–३ का ६५ वर्षीय मानबहादुर चौधरीले बलात्कार गरी ०७६ असार ३१ गते बच्चा जन्मिएको भन्दै पीडित पक्षले इप्रका गढवामा साउन ८ गते उजुरी दिए ।

अनौपचारिक सेवा केन्द्र ९ईन्सेक० सार्वजनिक गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० मा विगत एक वर्षमा दाङमा महिलामाथि बलात्कार, बलात्कारको प्रयास र यौन दुव्र्यवहारका ६९ घटना भएको उल्लेख छ ।

इन्सेकका जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार प्रहरी, प्रशासन, अदालत, सरकारी वकिल कार्यालय, न्यायिक समिति, ओसिएमसी, ओरेक, जिल्लास्तरीय सेवा केन्द्र, पत्रकार तथा स्वयं पीडितकै माध्यमबाट भएका घटनाको सत्यतथ्य विवरण सङ्कलन र अभिलेखीकरण गरिएका घटना हुन् । इन्सेककका अनुसार बलात्कारजस्ता घटनामा मिलापत्र भएको छ भने केहीले निवेदनसमेत दिएनन् । दिएकाले बयान फेर्ने क्रम बढ्दो छ ।

यौन हिंसा र बेचबिखनमा परेका झन्डै ५० प्रतिशत महिलाले उजुरी दर्ता गर्दादेखि मुद्दा अदालतमा चलिरहेका बेलासम्म आफ्नो बयान फेर्ने गरेका छन् । पीडक शक्तिशाली भएको अवस्थामा पीडितहरूले बयान फेर्ने गरेको पाइएको सो पुस्तकमा उल्लेख छ । संरक्षणको अभावमा पनि पीडितले आफूले लगाएको आरोप र आरोपित व्यक्तिबारे बयान फर्ने गरेको भेटिएको छ ।

मानसिक रूपमा एकदम बलिया र न्याय पाउनैपर्छ भनेर अडान लिन सक्ने महिलाबाहेक अन्य धेरैले विभिन्न कारणले बयान फेर्ने गरेको पाइन्छ । “जसको सुरक्षा छैन, बस्ने ठाउँ छैन अनि शक्तिशाली व्यक्तिविरुद्ध उजुरी गरेका छन्, तिनको मुद्दामा यस्तो सम्भावना धेरै हुन्छ”, कानुन व्यवसायीहरुको दाबी छ ।

इन्सेकले अभिलेख गरेकामध्ये यो वर्ष १३ मुद्दाका आरोपितले सफाइ पाए तर पीडितले बयान फेरेकै कारण सफाइ पाउने धेरै छन् । ५ वर्षीया बालिकादेखि ४५ वर्षीया महिला पीडित भएको घटना उल्लेख गरिएको छ भने ५५ वर्षीय वृद्धसमेत बलात्कारमा सहभागी भएको घटना बाहिर आएको छ । ससुरा, भान्जा, शिक्षक, प्रहरी, दाजु, भाइ, छिमेकीबाटै बलात्कृत हुनेको सङ्ख्या धेरै छ ।

इन्सेकको प्रतिवेदनअनुसार यो वर्ष बलात्कारमा परेर एक बालिकाले बच्चा जन्माइन भने अर्की युवती सात महिनाको गर्भ सम्हालिरहेकी छन् । त्यस्तै यो वर्ष बलात्कार आरोप लाग्दा शिक्षकले आत्महत्या गरे । दाङ जिल्लामा एक वर्षमा कूल २२४ मानव अधिकारसँग सम्बन्धित घटना भए । जसमा बलात्कार र बलात्कार प्रयासका ६९ घटना छन् ।

जिल्लामा भु्रण हत्याका तीन, मानव बेचबिखन तथा ओसारपसारका पाँच, आत्महत्या दुरुत्साहनका दुई, कथित बोक्सी आरोपमा तीन, उपचारमा लापरवाहीको चार, बन्द÷हडताल÷तालाबन्दीको १५, हत्या प्रयास एक, कुटपिटको ५३, बेवारिसे शवको चार, नागरिक बेपत्ताको एक, जातीय विभेद्को एक, बम विस्फोटको एक, आगजनीको तीन, बहुविवाहको एक, अपहेलनाको २२, दुव्र्यवहारको आठ, अपहरणको तीन, घर निकालाको एक, ज्याला ठगीको एक वटा घटना भए । इन्सेकका अनुसार जिल्लामा जम्मा २२४ वटा घटनामा २४२ पीडित बने ।

प्रतिवेदनले १७९ घटना गैरराज्य, ३५ राज्य र १० घटना अज्ञात पक्षबाट भएको देखाएको छ । तीमध्ये १७२ महिलासहित २४२ जना पीडित भएका थिए भने ४२ बालिका बलात्कारमा परेका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending