झापा । झापाको भद्रपुर–३ स्थित मेची आधारभूत विद्यालय स्थापना भएको तीन दशक बितिसकेको छ । विसं २०४४ सालमा साविक महेशपुर–२ (हाल भद्रपुर–३) मा स्थापना भएकोे विद्यालयले जग्गाको धनीपूर्जा नपाउँदा तीन दशकदेखि ऐलानी जग्गामै रहेको छ ।
भवन र खेल मैदान गरी एक बिघा एक कट्ठा जग्गामा विद्यालय रहेको प्रधानाध्यापक चमकलाल राजवंशीले बताए । खेल मैदानको बीचमा भारतले सीमा स्तम्भ गाडेको बताउँदै उहाँले विद्यालयकै कारण सो ठाउँको नेपाली भूमि अतिक्रमणबाट जोगिएको सुनाए । विसं २०४४ सालमा त्यो क्षेत्रका अधिकांश जग्गा ऐलानी थियो । स्थानीयवासीले सो क्षेत्रमा खेती गर्ने गर्थे । त्यस क्षेत्रका बालबालिकालाई पढ्न समस्या भएपछि कैलाश राई र चिरेन राजवंशीको पहलमा विद्यालय स्थापना भएको हो ।
विसं। २०४६ सालमा बहुदल आएपछि बनेको सुकुम्वासी आयोगले जोतभोगका आधारमा त्यो ठाउँको जग्गाको लालपूर्जा वितरण गरेको स्थानीयवासी अनय राजवंशीले बताउछन् । विद्यालयको सो जग्गाको धनीपूर्जा मन्त्रालयले नै निर्णय गर्नुपर्ने भन्दै नदिएको विद्यालयका शिक्षक बताउँछन् । सो विद्यालयले कित्ता नं ४१७, २२९, २३०, २३७, २३९ र २४३ भोगचलन गरिरहेको छ ।
साविक महेशपुर गाविसले पटक–पटक जिल्ला शिक्षा कार्यालयलाई सो जग्गाका लागि सिफारिस गरे पनि विद्यालयले उपयोग गरेको जग्गाको धनीपूर्जा पाउन सकेको छैन । विद्यालयको जग्गा कुन–कुन हो भन्ने छुट्याउन नसक्दा भौतिक संरचना निर्माणमा समस्या भएको प्रधानाध्यापक राजवंशी बताउछन् । हाल विद्यालयले धनीपूर्जाका लागि स्थानीय निकायसँग पहल गरिरहेको उनले सुनाए ।
विद्यालयको बाल कक्षामा २४ जना, कक्षा–१ मा २१, कक्षा–२ मा १५, कक्षा–३ मा १५, कक्षा–४ मा १०, कक्षा–५ मा १०, कक्षा–६ मा १४ र कक्षा–७ मा १५ गरी १२४ विद्यार्थी अध्ययनरत छन् ।
राजवंशी, गणेश, कुर्मी र सन्थालको बढी बसोबास रहेको डोलो गाउँ, भाङ्बारी, धिरेन टोल र कृष्णे गाउँका बालबालिका अध्ययन गर्ने यो विद्यालय मेचीपारिको एउटै मात्र विद्यालय हो । सो क्षेत्रका बालबालिकाले नेपाली भाषा राम्रोसँग नबुझ्ने भएका कारण राजवंशी भाषामा बुझाउनुपर्छ । “विद्यार्थीलाई जसरी पनि बुझाउनुपर्छ”, प्रधानाध्यापक राजवंशीले भने, “सबैले राजवंशी भाषा बुझ्ने भएकाले त्यही भाषामा भए पनि बुझाउने गरेका छौँ ।”
विद्यालयको आन्तरिक स्रोत नभएको बताउँदै उनले भने, “विद्युत् महसुल बुझाउन पनि अभिभावकसँगै पैसा माग्नुपर्छ ।” विद्यालयमा खानेपानीसमेतको समस्या भएको बताउँदै उहाँले स्थानीय निकायले विद्यालयलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।
विसं। २०७२ सालदेखि विद्यालयले कम्प्युटर कक्षा सञ्चालन गर्दै आएको छ । अहिले जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको छ वटा र अन्य दाताले दिएका चार वटा गरी विद्यालयमा १० वटा कम्प्युटर छन् । विद्यालयमा सात जना शिक्षक छन् । सबैभन्दा बढी विद्यार्थी भएको बाल कक्षामा एक जना मात्र शिक्षक हुँदा समस्या भएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: