कास्की । कास्की निर्वाचन क्षेत्र नं २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईलाई पोखरेलीले मुलुकको उच्च पदमा देख्न पाउने इच्छा प्रकट गरेका छन् । कास्की क्षेत्र नं २ अन्तर्गत पोखरा महानगरपालिकाको ११ वटा वडा पर्छन् ।
यही मङ्सिर १४ गते मुलुकमा एक मात्र प्रतिनिधिसभा सदस्य पदमा भएको उपनिर्वाचनमा निर्वाचित भएलगत्तै निर्वाचन क्षेत्रका विभिन्न वडाका बासिन्दासमक्ष धन्यवाद प्रदान गर्न पुगेकि उनलाई फूमालाले स्वागत गर्दै स्थानीयवासीले उक्त इच्छा प्रकट गरेका हुन् ।
पोखरा–१७ महतगौँडामा धन्यवाद दिन पुग्नुभएका भट्टराईलाई स्थानीयवासी ९१ वर्षीय चन्द्रकान्त भण्डारीले फूलको गुच्छाले स्वागतसहित आशीर्वाद दिँदै निर्वाचनका अवसरमा गरिएका प्रतिबद्धता पूरा गर्नेतर्पm कटिबद्ध भएर लाग्न सुझाव दिए ।
मुलुकका ज्येष्ठ नागरिक, महिला एवं समाजका विपन्न वर्गको हितसँगै विकासनिर्माणमा जुटन आग्रह गर्दै उनले राज्यले प्रदान गर्ने सामाजिक सुरक्षाभत्ता सर्वसुलभरुपमा उपलब्ध गराउन अनुरोध गरे ।
स्थानीयवासी ७२ वर्षीया तारा भण्डारीले गहभरि हर्षका आँशु झार्दै सांसद भट्टराईलाई समग्र महिलाको नेतृत्व गरी मुलुकको उच्च पदमा पुग्नका लागि बाटो खुलेको बताए । स्वागतका लागि हातमा फूलको माला लिएर लामबद्ध स्थानीय बासिन्दाको बीचबाट निस्केर भट्टराईलाई अङ्कमाल गर्दै उनले यस क्षेत्रका जनताको दुःखसुखको सारथि बन्न आग्रह गरे ।
मुलुकमा राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखजस्ता उच्च पदमा महिलाले नेतृत्वदायी भूमिका निर्वाह गरी इतिहास रचिसकेको वर्तमान अवस्थामा प्रधानमन्त्री बन्ने योग्यता, क्षमता र सम्भावनाका आधार भट्टराईमा देखिएको सो क्षेत्रका जनताको सामूहिक धारणा रहेको पाइएको छ ।
विजययात्रासहित निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुगेर धन्यवाद ज्ञापन गर्न घरदैलामा पुग्नुभएका नेता रवीन्द्रप्रसाद अधिकारीकी धर्मपत्नी भट्टराईले रासससँग कुराकानी गर्दै जनताको इच्छा, आकाङ्क्षा एवं सुझाव शिरोधार्य गर्दै आफूले निर्वाचनका क्रममा गरेका प्रतिबद्धता पूरा गर्न कटिबद्ध भएर लाग्ने स्पष्ट पार्नुभयो । ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानकर्मी स्व अधिकारीले देखेका सपना पूरा गर्न पार्टीले आफूलाई उम्मेदवार बनाएको स्मरण गर्दै उहाँले मतदाताको प्रगाढ माया र भरोसाको उच्च कदर गर्दै अगाडि बढ्ने विश्वास दिलाइन् ।
सोही स्थानमा अवस्थित ऐतिहासिक प्राकृतिक पुलको संरक्षण, संवद्र्धन र विकासमा अधिकारीको महत्वपूर्ण योगदान रहेको बताउँदै स्थानीयवासीले भट्टराईलाई अधुरा काम सम्पन्न गर्ने जिम्मेवारी बहन गरिदिन अनुरोध गर्दै ज्ञापनपत्रसमेत बुझाएका थिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: