दाङ । आसन्न उपनिर्वाचनलाई ध्यानमा राखी दाङको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । निर्वाचन सुरक्षा कार्ययोजना बनाई निर्वाचन सुरक्षाका लागि सबै मतदानस्थलमा सुरक्षा निकाय परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रजिअ गोविन्दप्रसाद रिजालले जानकारी दिए ।
उनका अनुसार उपनिर्वाचनका लागि दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनका लागि २२ स्थानमा अस्थायी सुरक्षा क्याम्प पनि राखिने भएको छ ।
उनले निर्वाचनमा तीन तहको सुरक्षा व्यवस्था गरी पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र अन्तिम घेरामा नेपाली सेनाले सुरक्षा गर्ने व्यवस्था मिलाइएको बताए । निर्वाचनको अवधिभर उम्मेदवार, उम्मेदवारको घर, प्रचारप्रसारका लागि राखिएका सम्र्पक कार्यालय, प्रचार अभियान तथा पार्टी कार्यालय सबैको प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको पनि प्रजिअ रिजालले जानकारी दिए।
त्यस्तै सबै मतदानस्थलमा सुरक्षाकर्मीले सवारी साधन प्रयोग गरेर सुरक्षा गस्ती गर्नेछन् । सुरक्षा गस्तीका लागि २६ वटा सवारी साधन प्रयोग गरिनेछ । निर्वाचन हुने क्षेत्र दाङ निर्वाचन क्षेत्र नं ३ को २ र घोराही उपमहानगरपालिका–१६ मा अहिले पनि सुरक्षाकर्मीले गस्तीलाई तीव्र पारेका छन् ।
निर्वाचनलाई स्वतन्त्र मर्यादित बनाउन र मतदाताहरुलाई ढुक्क भएर मतदान गर्ने वातावरण बनाउनका लागि आफूहरु गम्भीरका साथ लागिपरेको प्रजिअ रिजालले बताए । उनले सुरक्षा संवेदनशीलता, भौगोलिक विकटता, यातायात तथा सञ्चारको सुविधा नपुगेका र विगतका चुनावमा घटेका घटनालाई मध्यनजर गरी सुरक्षा संवेदशीलतालाई विश्लेषण गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको पनि उल्लेख गरे ।
प्रजिअ रिजालका अनुसार दाङ निर्वाचन क्षेत्र नं ३ को ९२० र घोराही उपमहानगरपालिका वडा नं १६ मा ३४ वटा मतदानस्थल निर्धारण गरिएकामा २६ वटा मतदानस्थल संवेदनशील, छ वटा स्थल अति संवेदनशील र दुईवटा स्थल सामान्य रहेको विश्लेषण गरिएको छ ।
यसैबीच प्रजिअ रिजालको टोलीले हिजो विकट स्थानका रुपमा रहेको गङ्गटे, बाघखोर मतदानस्थलको निरीक्षण गरेकका थिए। टोलीमा जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।
उपनिर्वाचनका लागि ४०० भन्दा बढी कर्मचारी खटिने भएका छन् । यहाँका दुई स्थानमा हुने निर्वाचनका लागि कूल ३४ मतदानस्थलमा ८२ मतदान अधिकृत र ८२ सहायक मतदान अधिकृत, १६४ सहायक कर्मचारी र ८२ जना सहयोगी खटिने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । त्यस्तै ३२६ स्वयम्सेवक पनि परिचालन हुनेछन् । निर्वाचनमा खटिने कर्मचारीहरुलाई आजदेखि दुई दिनसम्म प्रशिक्षण दिने मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: