Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

भारतीय पक्षका कारण पशुपतिनगर बजार सुनसान

इलाम । दैनिक लाखौँको कारोवार हुने नेपाल–भारत सीमा पशुपतिनगर नाका पछिल्लो समय सुनसान बन्दै गएको छ । भारतीय सुरक्षाकर्मीले रु २५ हजारभन्दा बढी नगद बोक्न नदिएपछि पर्यटक आउन छाडेसँगै नाका सुनसान बन्दै गएको हो ।

गत असार, साउनयता पर्यटक घट्दै गएका कारण बजार पनि सुनसानजस्तै बनेको स्थानीयवासीको भनाइ छ । भारतबाट आउने पर्यटकलाई रु २५ हजारभन्दा बढी नगद बोक्न प्रतिबन्ध लगाएको बताइएको छ ।

भारतीय सुरक्षाकर्मीले रकम जफत गर्न थालेपछि पशुपतिनगर घुम्न आउने भारतीय पर्यटक आउन छाडेको पूर्व संविधानसभा सदस्य लीलादेवी श्रेष्ठले बताए । स्थानीय तथा पशुपतिनगर उद्योग वाणिज्य सङ्घकी पूर्वअध्यक्षसमेत रहेकी उनले भारतबाट नेपाल आउने पर्यटकको पैसा चोरी भएपछि भारतीय पक्षबाट कडाइ गर्दा यस्तो समस्या आएको बताए।

दशैँ, तिहारजस्ता चाडपर्वका समयमा भीडभाड हुने बजारमा यसपटक खासै मान्छे नआएको व्यापारीको भनाइ छ । दैनिक उपभोग्य वस्तु र लत्ताकपडा खरीद गर्न आउने मानिसको सङ्ख्या ह्वात्तै घटेपछि व्यापारी मारमा परेका छन् । वाणिज्य सङ्घकी पूर्वअध्यक्ष श्रेष्ठले नाकामा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले शरीर खानतलासी गरेर रकम जफत गर्न थालेपछि नेपाल आउने पर्यटक घटेको बताए ।

दार्जिलिङबाट नेपाल आउने सयौँ भारतीय पर्यटक पशुपतिनगर आएर कपडा, जुत्ता कस्मेटिक सामग्री खरीद गर्ने भएकाले यहाँबाट लाखौँको कारोवार हुने गरेको थियो । क्रमशः भारतीय पर्यटकको आगमन घट्दै गएको छ । पहिले डिडभाड हुने बजार विस्तारै खुम्चिँदै जानुमा भारतीय पक्ष नै दोषी रहेकाले सम्बन्धित निकायले पहल गर्नुपर्ने व्यापारीहरुको माग छ ।

भारतीय पक्षको खानतलासीले पूर्वी पहाडबाट दार्जिलिङतिर जाने आफन्त, दैनिक बिरामी लिएर जाने गाडी तथा उपचारका लागि जाने बिरामीका परिवार पनि मारमा परेका छन् । उपचारका लागि ठूलो खर्च लाग्छ । उपचारमा जाँदा रु २५ हजारमाथि नै रकम बोक्नुपर्ने तर भारतीय पक्षका कारण समस्या हुने गरेको पीडितहरुको भनाइ छ ।

बिरामीको उपचारका लागि लगिएको पैसा नै सिमाना काटेर लैजान नपाइने भएपछि समस्या भएको उनीहरु बताउँछन् । पूर्वी पहाडी जिल्लाबाट पशुपतिनगर नाका हुँदै भारतका दार्जिलिङ, सिलगुडी जान सजिलो हुने गरेको छ ।

नेपालतर्फ केही समय अगाडि अध्यागमन केन्द्र स्थापना भएको भएपनि भारततर्फबाट अध्यागमन केन्द्र नखोलिँदा झनै सङ्कट परेको स्थानीयवासीको भनाइ छ । भारतको पश्चिम बङ्गाल, सिक्किम र भुटानसम्मका व्यापारीको कारोवार हुने पशुपतिगनर बजारमा भारततर्फको भन्सारले आयात–निर्यातको कारोवार नगर्दा व्यापारीको कारोवार पनि ठप्प छ । भारतीय पक्षले भन्सारको कारोवार नगर्दा नेपालका उत्पादन वैधानिकरूपमा भारततर्फ निकासी हुन सकेको छैन ।

सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईका अनुसार गएका वर्षहरुमा पशुपतिगनर बजारमा दशैँ, तिहारजस्ता चाडपर्वका समयमा दैनिक रु ५० लाखमाथिको कारोवार हुने गरेको थियो । यस वर्ष दैनिक एक लाखमाथिको कारोवार नभएको उनले बताए ।

विसं २०३६ मा स्थापना भएको पशुपतिनगर बजारमा ९० प्रतिशत ग्राहक भारतीय पर्यटक, व्यापारी र सर्वसाधारण हुने गरेका थिए तर यस प्रकारको कार्यले बजार प्रायः शून्य हुन थालेको छ । चीनबाट सोझै सामानहरु भारतका विभिन्न शहरमा जाने गरेकाले पनि पशुपतिनगरको व्यापार घट्न थालेको अध्यक्ष राईको भनाइ छ ।

चीनले नुथला सीमा नाका हुँदै भारततर्फ आफ्ना उत्पादन निर्यात गर्न थालेपछि पशुपतिनगर बजार सुक्दै गएको हो । पशुपतिनगरमा व्यापार गर्ने ७०० व्यापारीमध्ये अहिले ३५० हाराहारीमा मात्र छन् ।

व्यापार सुक्दै जाँदा अधिकांश व्यापारी विस्थापित भई भारतको सिलगुडी, नेपालको काठमाडौँ, विराटनगर, विर्तामोडलगायतका शहरमा जाने गरेका छन् । बाहिर जाने व्यापारी रोक्नका लागि सरकारले कुनै काम नगर्ने हो भने झनै समस्या आउने भन्दै स्थानीयवासी चिन्तित छन् ।

इलाम, पाँचथर र ताप्लेजुङ क्षेत्रमा उत्पादित सामग्री निर्यात गर्न सहज र छोटो बाटो हुने पशुपतिनगर नाकामा भारततर्फ अध्यागमन, प्लान्ट क्वारेइन्टाइनलाई सञ्चालनमा ल्याउन आवश्यक रहेको स्थानीय व्यापारीहरुको माग छ । स्थापना भएको अध्यागमन केन्द्रको कुनै काम नभएको भन्दै भारततर्फ पनि अध्यागमन कार्यालय सञ्चालन गरेर काम अगाडि बढाउन कूटनीतिक छलफल गरिनुपर्ने व्यापारीको भनाइ छ ।

भारततर्फ अध्यागमन केन्द्र नहुँदा नेपालको मात्र अध्यागमन केन्द्रले केही गर्न नसक्ने कर्मचारी बताउँछन्् । स्थानीय सरकारले प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर यहाँका विस्थापित हुने व्यापरीलाई रोक्न र सुक्दै गएको बजारलाई जगाउन विशेष पहल गर्न आवश्यक रहेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies