जलेश्वर । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा अहिले उपनिर्वाचनको चुनावी गतिविधि चुलिँदै गएको छ ।
विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित पिपरा गाउँपालिकाका अध्यक्ष विनोद कुमार चौधरी निधन हुनुभएका कारण त्यहाँ चुनाव हुन लागेको हो । अध्यक्ष पदमा ११ दलका सहित २० जनाले उम्मेदवारी दिएपछि अहिले सो गापामा चुनावी सरगर्मी बढेको छ ।
पिपरा गापाको उपनिर्वाचनमा उम्मेदवारी दिएर चुनावी प्रतिष्पर्धामा होमिएका उम्मेदवारहरुमध्ये कसै कसैमा आफ्नै साख जोगाउने चिन्ता छ भने कसैकसैमा अन्ततः चमत्कार भएर विजेता बन्ने बन्छु भन्ने विश्वास देखिएको छ ।
राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित पूर्व अध्यक्ष चौधरीकी विधवा पत्नी रविता कुमारीलाई राजपा नेपालले फेरि त्यहाँ अध्यक्ष पदका उम्मेदवार बनाएको छ । राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरका साथै अध्यक्ष मण्डलका सबै सदस्यका साझा उम्मेदवार रविता आफूले पतिको अधुरा सपना पूरा गर्ने उद्देश्य बोकेर चुनावमा होमिएको बताउछन् ।
दुई वर्षको सानो अवधिमा आफ्ना पतिले पिपराका जनताका लागि विकासका धेरै काम गरेको र अझै बढी काम गर्न चाहेर गर्न नपाएको बताउने उाले पतिका अधुरा योजनाहरु पूरा गर्ने वाचा गरे ।
अघिल्लो चुनावमा प्रतिद्वन्द्वीका रुपमा रहेका तत्कालीन नेकपा एमालेका उम्मेदवार विक्रम चौधरीले पनि पुनः उम्मेदवारी दिएका छन् ।
अहिले एमाले र नेकपा माओवादी केन्द्र दुवै पार्टी एकीकृत भइसकेकाले दुबैको आफू साझा उम्मेदवार रहेको दावा गर्ने उहाँ आफ्नो जीत सुनिश्चित ठान्छन् ।
उनी जनताको चाहना बमोजिम पिपरा गाउँपालिकालाई समृद्ध बनाउने दृढता व्यक्त गर्छन् ।
चुनावी प्रतिष्पर्धामा मधेश र मधेशका लागि केवल समाजवादी पार्टी नै अब्बल रहेको दावीका साथ पिपरा गाउँपालिकाको उप निर्वाचनमा अध्यक्ष पदका उम्मेदवारी दिनुभएका समाजवादी पार्टीका उम्मेदवार रामजानकी यादवले पनि यसपालिको चुनाव आफूले जित्ने दावी गरेका छन् ।
मधेश र मधेशीको हक, अधिकार स्थापित गर्ने र गाउँपालिकाको र्चौतर्फी विकास गर्ने क्षमता समाजवादी पार्टीसँग मात्र रहेको उनी दाबी गर्छन् ।
यहाँ नेपाली काँग्रेसबाट विजय यादवले उम्मेदवारी परेको छ । उनले आफूलाई पिपराका जनताले जिताउने दाबी गरेका छन् ।
यसपालि जितेर मधेश र मधेशी जनताको सम्पूर्ण मुद्दा सम्बोधन गर्ने वचनवद्धता उनी प्रकट गरिरहेका छन् ।
पहिलो पटक निर्वाचनमा होमिने मौका प्राप्त गरेको डा सिके राउतको पार्टीले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएको छ । जनमत पार्टीबाट पिपरा गाउँपालिकाको अध्यक्ष पदमा अञ्जनी देवी मण्डलको उम्मेदवारी परेको छ ।
देशमा विद्यमान राजनीतिक दलहरुको जस्तो आफ्नो पार्टीको कुनै स्वार्थ नरहेको र केवल इमान्दारीका साथ जनताको सेवा गर्ने पवित्र उद्देश्य मात्र बोकेकाले पिपरा गाउँपालिकामा यसपालि नयाँ चमत्कार हुने उनी ठान्छन्।
यहाँ ११ जना पार्टीका र नौ जना स्वतन्त्र उम्मेदवार २० जना चुनावी मैदानमा छन् । सबैले आफू नै जित्ने दावी गरिरहे पनि नतीजा थाहा पाउन मङ्सिर १४ गते उप निर्वाचन कुर्नुपर्नेछ । पिपरा गाउँपालिकामा सात वटा वडा रहेका छन् भने यहाँ १८ हजार ५८८ मतदाता छन् ।
पिपरा गाउँपालिकाको उपनिर्वाचनमा १५ वटा मतदान स्थल र २४ वटा मतदान केन्द्र रहनेछन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: