श्रीलङ्का। श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि आज शनिबार मतदान भइरहेको छ । सुरक्षा र आर्थिक सुधारको विषयलाई मुख्य एजेण्डा बनाएर उम्मेदवारहरुले मतदातासँग मत मागेका थिए । स्थानीय समयानुसार विहान ७ बजे मतदान सुरु भएको थियो भने, बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
मतदानका लागि देशभरी १२ हजार भन्दा बढी मतदान केन्द्रहरु राखिएको छ । निर्वाचनलाई स्वतन्त्र, पारदर्शी, निष्पक्ष र भयरहित बनाउन ६८ हजार सुरक्षाकर्मीहरु परिचालन गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
मतदान सकिना साथ शनिबार नै मत गणना सुरु गरेर आइतबारसम्ममा मत परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ । राष्ट्रपति चयनका लागि एक करोड ६० लाख मतदाता रहेका छन् भने ३५ जना उम्मेदवार चुनावी प्रतिश्पर्धामा रहेका छन् ।
राष्ट्रपतिमा निर्वाचित हुन उम्मेदवारले कुल मतदाता मध्ये कम्तीमा ५० प्रतिशत मत ल्याउनै पर्ने व्यवस्था रहेको छ ।
यदि कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाएनन् भने शीर्ष स्थानका दुई उम्मेदवारमध्ये मतदाताले दोस्रो प्राथमिकतामा हालेको मतको आधारमा विजेता घोषणा गराउने व्यवस्था रहेको छ । वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई प्रतिस्थापन गर्नेगरी हुन लागेको निर्वाचनमा दुई जना उम्मेदवारहरुका बीचमा मुख्य प्रतिश्पर्धा हुने देखिएको छ ।
पूर्व रक्षा सचिव गोतावाया राजापाक्षे र आवास मन्त्री सजिथ प्रेमादासका बीचमा प्रतिश्पर्धा हुने देखिएको हो ।दुवै जनाले राष्ट्रिय सुरक्षा, असल शासन, आर्थिक विकासलगायतका विषयलाई मुख्य चुनावी एजेण्डा बनाएका छन् ।
राजापाक्षेले रक्षा सचिव हुदाँ लिबरेसन तमिल टाइगरस (लिट्टे)सँग भइरहेको झण्डै तीन दशक लामो गृहयुद्ध अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेकाले उहाँले जित्ने संभावना बढी रहेको धेरैको भनाई छ ।
अर्कातर्फ ५२ बर्षीय प्रेमादास पनि हत्या गरिएका पूर्व राष्ट्रपति रानासिंघे प्रेमादासको छोरा भएकाले त्यो सहानुभूति मत मार्फत् प्रकट हुने विश्वास गरिएको छ । उहाँ सत्तारुढ दलका उम्मेदवार छन् । रानासिंघेको सन् १९९३ मा आत्मघाती हमलामा परी मृत्यु भएको थियो ।
सन् २००९ मा गृहयुद्ध अन्त्य भएपछिको यो तेस्रो निर्वाचन हो । प्रतिस्पर्धामा वर्तमान राष्ट्रपति मैत्रीपाल सिरिसेना भने सहभागी भएका छैनन् । श्रीलङ्कामा २ सय ५० जना भन्दा बढी मानिसको मृत्यु भएको आतङ्कवादी हमलाको सात महिनापछि अहिले निर्वाचन भएको हो । सो घटनाका कारण राष्ट्रपति सिरिसेनाको आलोचना भएकाले उहाँ अहिले उम्मेदवार नबन्नु भएको विश्लेषण गरिएको छ ।
इस्लामिक स्टेट समूहसँग सम्बद्ध व्यक्तिहरूले श्रीलङ्का गिर्जाघर र होटलहरूमा शृङ्लाबद्ध विस्फोटन गराउँदा कम्तीमा २ सय ५३ व्यक्तिको मृत्यु भएको थियो । सरकारले त्यो घटना हुनुमा गुप्तचरी निकाय तथा सुरक्षा निकायको कमजोरी रहेको स्वीकारेको छ ।
अहिले श्रीलङ्कामा राष्ट्रिय सुरक्षा सबैभन्दा ठूलो मुद्दा बनेको छ । त्यसैले उम्मेदवारहरुले अल्पसंख्यको समानता, बेरोजगारी, अन्य सामाजिक विषय, गरिबी अन्त्य, गुणस्तरीय घर निर्माण लगायतका विषयलाई सवै उम्मेदवारहरुले उठाएका छन् ।
अन्तर्राष्ट्रिय विषयमा भने दुई प्रमुख प्रतिश्पर्धीले फरक फरक धार समातेका छन् । राजापाक्षले श्रीलङ्कालाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने चीनसँग सम्बन्ध सुधार्नु पर्ने पक्षलाई लिनु भएको छ भने प्रेमादासले भारत र अमेरिकासँग थप सम्बन्ध विस्तार गर्नु पर्ने तर्क गरेका छन् ।एएनआई
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: