रामल्लाह। गाजा युद्धपछि पहिलो पटक शनिबार वेस्ट बैँक र गाजाको मध्य क्षेत्रमा प्यालेस्टिनीहरूले स्थानिय चुनावमा मतदान गर्न लागेको जनाइएको छ । रामल्लाहस्थित केन्द्रीय निर्वाचन आयोगका अनुसार इजरायलको कब्जामा रहेको वेस्ट ब्याङ्कमा करिब १५ लाख र गाजाको देइर अल-बलाह क्षेत्रमा ७० हजार मतदाताहरु सूचीकृत भएका छन् ।
निर्वाचन आयोगका अनुसार मतदान केन्द्र बिहान सात बजे खोलिएको थियो भने वेलुका सात बजे बन्द हुने छन् । गाजा पट्टीको लगभग आधा भाग नियन्त्रण गर्ने फताहको कट्टर प्रतिद्वन्द्वी हमाससँग सम्बद्ध व्यक्ति मतदाता सूचीमा सूचीकृत नभएको जनाइएको छ । पछिल्लो समयमा प्यालेस्टिनी प्राधिकरणले भ्रष्टाचार, स्थिरता र घट्दो वैधतामाथि व्यापक आलोचनाको सामना गरिरहेको छ ।
सन् २००६ देखि कुनै राष्ट्रपति तथा विधायकी चुनाव नभएको कारण, यस क्षेत्रमा नगरपालिका परिषद् नै प्रशासन अन्तर्गतका काम गर्ने केही लोकतान्त्रिक संस्थाका रूपमा रहेका छन् । संयुक्त राष्ट्रसङ्घका संयोजक रमिज अलक्बारोभले निर्वाचन आयोगले लोकतान्त्रिक प्रक्रिया आयोजना गरी मतदानको वातावरण बनाएकोमा आयोगको खुलेर प्रशंसा गरेको छन् ।
यस अघि विज्ञप्ति जारी गर्दै चुनावले प्यालेस्टिनीलाई चुनौतीपूर्ण अवधिमा आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्ने अवसर दिएको अलक्बारोभले बताएको थिए । सन् २०२३ अक्टोबरमा युद्ध सुरु भएपछि गाजाको विभिन्न भाग ध्वस्त पार्नुका साथै ७२ हजारभन्दा बढी मानिसको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सन् २००७ देखि हमासको नियन्त्रणमा रहेको गाजामा सन् २००६ को विधायी चुनावपछि हाल पहिलो पटक मतदान भइरहेको छ भने यस अघि इस्लामवादी आन्दोलन विजयी भएको थियो । कायरोको अल-अजहर विश्वविद्यालयका राजनीतिक वैज्ञानिक जमाल अल-फादीलाई उदृत गर्दै एएफपीलाई प्यालेस्टिनी प्राधिकरणले देइर अल-बलाहमा मात्र चुनाव गरिरहेको जनाएको छ ।
देइर अल-बलाहको जनसङ्ख्या विस्थापित नभएको कारण मत सर्वेक्षणका लागि यो क्षेत्र छानिएको फादीले बताएको छन् । निर्वाचन आयोगले नागरिक समाज सङ्गठनबाट मतदान कर्मचारी भर्ती गरी मतदान केन्द्र सुरक्षित गर्न एक निजी सुरक्षा कम्पनी नियुक्त गरेको प्रवक्ता फरीद तामाल्लाहलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८३ - १३:४२
काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा र प्रतिनिधि सभा संसदीय दलका चार जना पदाधिकारीले प्रतिनिधि सभा नियमावली, २०८३ का केही व्यवस्था संविधानसँग बा...
आषाढ़ २५ गते, २०८३ - १३:३२
काठमाडौं । प्रतिनिधिसभाको १७ जेठमा भएको घटनाबारे छानबिन गर्न गठित समितिले संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष निकाल्दै सभामुखलाई प्राप्त विशेषाधिकार ...
आषाढ़ २५ गते, २०८३ - १३:२६
इलाम। लगातारको वर्षापछि मेची राजमार्ग अन्तर्गत इलामको माई खोलास्थित राजदुवाली सडक खण्ड अवरुद्ध भएको छ। माथिबाट जमिन बग्ने समस्या दोहोरिँदै आएको यस क्ष...
आषाढ़ २५ गते, २०८३ - १२:४७
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीलाई पाँच दिनभित्र स्थान खाली गर्न दिइ...
आषाढ़ २५ गते, २०८३ - १२:३९
काठमाडौं । सरकारले पुराना तथा हालको संरचनासँग मेल नखाने चारवटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी गरेको छ। यसका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले...
आषाढ़ २५ गते, २०८३ - १२:२१
काठमाडौँ। कृषि तथा वन मन्त्रालयले पछिल्लो १०० दिनमा कृषि उत्पादन, जलवायु वित्त र पूर्वाधार सहजीकरणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।...
आषाढ़ २५ गते, २०८३ - ११:५५
काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा निरन्तर भइरहेको विरोधको शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्। तर विपक्षी दलहरूले सभा...
आषाढ़ २५ गते, २०८३ - ११:४३
काठमाडौं। प्रतिनिधिसभाको बैठकमा आज पनि विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विरोध जनाएका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु भएक...
आषाढ़ २५ गते, २०८३ - ११:२७
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। बुधबारको तुलनामा सुन प्रतितोला रु २ हजार ४०० र चाँदी प्रतितोला रु १६० ले सस्तिएको हो। नेपाल ...
आषाढ़ २५ गते, २०८३ - ११:१९
काठमाडौं । बाल मन्दिरको जग्गा भाडामा दिइएको विषयसँग सम्बन्धित विवादमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो...



प्रतिकृया लेख्नुहोस्: