सुर्खेत । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि कर्णालीका दुई जिल्लामा तयारी तीव्र पारिएको छ । हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष तथा पहाडी जिल्ला सल्यानको कुमाख गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचन हुन लागेको हो ।
उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरु, निर्वाचन कार्यालय र सुरक्षा निकायहरु निर्वाचन लक्षित रणनीति बनाउन व्यस्त छन् । निर्वाचन आयोगले उपनिर्वाचनका लागि यही कात्तिक २१ गते उम्मेदवार मनोनयनको मिति तोकेको छ । दुवै जिल्लामा प्रमुख दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र नेपाली काङ्गे्रसले आइतबारसम्म उम्मेदवारको टुङ्गो लगाउने गरी गृहकार्य गरिरहेको छ ।
हुम्ला काङ्गे्रस सभापति जयपति रोकायाले वडा कार्यसमितिलाई आकाङ्क्षीको नामावली पठाउन अनुरोध गरिएको बताए। काङ्गे्रसले उम्मेदवार छनोटका लागि स्थानीयस्तरमा मोहन सिंह र कैलाश भण्डारी नेतृत्वमा दुई टोली परिचालन गरेको छ । “वडा, गाउँपालिका हुँदै जिल्ला कार्यसमितिमा उम्मेदवारको नामावली पठाउन आग्रह गरेका छौँ”, सभापति रोकायाले भन्नुभयो, “सम्भवतः आइतबार बस्ने जिल्ला कार्यसमिति बैठकबाट उपाध्यक्षको टुङ्गो लगाउँछौँ ।” नेकपाले पनि आकाङ्क्षीको नाम सिफारिश गर्न स्थानीय कमिटीलाई अनुरोध गरेको छ ।
खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीको यही असार ३ गते जिप दुर्घटनामा परी निधन भएको थियो । उहाँ नेपाली काङ्गे्रसबाट निर्वाचित थिए । यहाँका पाँच वडामा गरी तीन हजार २८७ मतदाता छन् । खार्पुनाथमा सत्तारुढ नेकपा र काङ्गे्रसबीच नै मुख्य प्रतिष्पर्धा हुने बताइएको छ ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले खार्पुनाथ र आसपासको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आवश्यक सुरक्षा रणनीति बनाइने बताए । “यहाँका पाँचवटै मतदात केन्द्रमा सुरक्षा मजबुत बनाउन जिल्ला सुरक्षा समितिले आवश्यक गृहकार्य गरिरहेको छ, थप प्रहरी जनशक्ति पनि मागेका छौँ, शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गछौँ”, प्रजिअ भट्टराईले भने ।
सल्यानमा पनि उपनिर्वाचनको माहोल शुरु भएको छ । कुमाख गाउँपालिका–५का वडाध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उपप्रमुखमा चयन भएसँगै त्यहाँ उक्त पद रिक्त छ । बुढाथोकी तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भएकका थिए। सल्यान नेकपाका अध्यक्ष गोविन्द पुनले आइतबार बस्ने जिल्ला पार्टीको सचिवालय बैठकले उम्मेदवारको टुङ्गो लगाउने बताए। उनले भने, “गाउँपालिका कमिटीले पठाउने तीन जना आकाङ्क्षीमध्ये सम्भवतः आइतबार एक जनाको टुङ्गो लगाउँछौँ ।” जिल्ला प्रशासन कार्यालय सल्यान पनि उपनिर्वाचनलाई शान्तिपूर्ण रुपले सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाको तयारीमा जुटिसकेको छ । यी दुवै जिल्लामा सुरक्षा निकायले यहाँ पनि प्रतिबन्धित विप्लव समूहलाई मध्यनजर गरी सुरक्षा रणनीति बनाइरहेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: