Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

उपनिर्वाचन: काङ्ग्रेसको विरासत भत्काउने दाउमा नेकपा

काठमाडौं । प्रमुख तीन ठूला दलले उम्मेदवार सिफारिश गरेसँगै कोहलपुर नगरपालिकाको वडा नं ६ मा उपनिर्वाचनको माहोल बढ्दै गएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)0बाट रामशरण थारु, नेपाली काङ्ग्रेसबाट कृष्ण थारु र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्रीधर सुवेदीलाई उम्मेदवार सिफारिस गरिएको छ ।

कोहलपुर–६ मा दलले अहिले निर्वाचन परिचालन कमिटी, प्रचारप्रसार कमिटी, टोल कमिटी निर्माण गरेर चुनावी गतिविधिलाई तीव्र बनाएका छन् । राजनीति दलपिच्छे भेला, बैठक, छलफल लगायतका कार्यक्रम भइरहेका छन् । निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्नका लागि दलले सबै रणनीति तय गरिरहेका छन् ।

उम्मेदवार सिफारिस भएसँगै निर्वाचन आफ्नो पक्षमा पार्न दल चुनावी अभियानमा सक्रिय भएका छन् । वडाध्यक्ष पदका लागि आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेपाली काङ्ग्रेसलाई आफ्नो पुरानै विरासत जोगाउने लयमा छ भने नेकपा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्दै काङ्ग्रेसको विरासत भत्काउने दाउमा छ ।

तेस्रो ठूलो दलका रुपमा रहेको राप्रपाले दुई ठूला दलबीच कडा प्रतिस्पर्धा हुने र त्यही बीचबाट आफ्नो जीत निकाल्ने दाउमा रहेको छ । गत निर्वाचनमा एक हजार ९६४ मतदाता रहेको वडामा अहिले दुई हजार २६ मतदाता पुगेका छन् । गत निर्वाचनमा काङ्ग्रेसका उम्मेदवार रामसोहन थारु ४२४ मत प्राप्त गरी विजयी भएका थिए ।

विसं २०७५ मङ्सिर ९ गते उहाँको निधनपछि सो वडामा उपनिर्वाचन हुन लागेको हो । सो वडाबाट तत्कालीन नेकपा एमालेका उम्मेदवार श्रीराम थारुले ३५२ मत र तत्कालीन नेकपा माओवादी केन्द्रका रामशरण थारुले २७३ मत प्राप्त गरेका थिए । पार्टी एकीकरणपछि दुवै पार्टीको मत जोडिएकाले यसपटकको उपनिर्वाचनमा जीत सुनिश्चित रहेको नेकपाको दाबी छ ।

अघिल्लो निर्वाचनमा राप्रपाका नेपबहादुर वली र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका सुभाखर पोखरेलले क्रमशः ८७ र ५६ मत ल्याएका थिए। “पार्टी एकीकरणपछि हाम्रो मत करीब २०० को अन्तरले बढेको छ, नयाँ मतदाता पनि धेरै नेकपाकै छन्”, कोहलपुर नगर कमिटीका अध्यक्ष वसन्ती अधिकारीले भने ।

वडा नं ६ मा थारु र मधेशी बाहुल्य गाउँमा सैद्धान्तिक मत कम रहेकाले मतदातालाई आफ्नो पक्षमा पार्ने चुनौती रहेको नगर अध्यक्ष अधिकारीको भनाइ छ । उनले भने, “थारु र मधेशी बाहुल्य गाउँमा सैद्धान्तिक र वैचारिक मत निकै कम छ । यो मत कसको पक्षमा कसरी जान्छ भन्ने थाहा नै हुँदैन । तर हामी हाम्रो पक्षमा पार्छौं ।”

सरकारका लोकप्रिय र जनमुखी कार्यक्रमकै कारण मतदाता नेकपाका पक्षमा रहेकाले जीत सुनिश्चित भएको नगर अध्यक्ष अधिकारीको दाबी छ । “सरकारले ल्याएको विकास र आर्थिक समृद्धिका कारण जनलहर नेकपाको पक्षमा छ । कोहलपुरमा नेकपाकै प्रमुख भएकाले विकासका काम तीव्ररुपमा भएका छन्, यो पनि जीतको आधार हो”, उनले भने ।

नेपाली काङ्ग्रेस कोहलपुर नगरपालिकाका नगर सभापति बलराम शर्माले नेकपा एकीकरणपछि विगतको भन्दा केही चुनौती देखिए पनि काङ्ग्रेसको जीत सुनिश्चित रहेको बताए । उनले भने, “तत्कालीन मधेशी जनाधिकार फोरमका उम्मेदवार हाम्रो पार्टीमा आइसक्नुभएको छ । यसले पनि हाम्रो जित्ने आधार झन् बलियो बनेको छ ।”

तत्कालीन मधेशी जनाधिकार फोरमबाट प्रमुखको उम्मेदवार बनेका फूलाराम थारुले गत निर्वाचनमा वडा नं ६ बाट ११४ मत प्राप्त गरेका थिए । फूलाराम र रामसोहनले ल्याएको कूल ५३८ मत छ । यो तथ्याङ्कअनुसार नेकपा र काङ्ग्रेसको मतान्तर ८७ देखिन्छ । तर, सो वडामा थारु मत धेरै रहेकाले काङ्ग्रेस निर्वाचन जित्नेमा ढुक्क देखिएको छ ।

सो वडामा थारु मतदाता एक हजार २६ रहेका छन् भने अन्य समुदायका एक हजार मतदाता छन् । “थारु समुदायबाट बलियो उम्मेदवार छनोट गरेकाले निर्वाचन परिणाम सहजै हाम्रो पक्षमा आउँछ”, नगर सभापति बलरामले दाबी गर्दै भने । तत्कालीन नेकपा एमालेबाट उम्मेदवार बनेका श्रीराम थारुका भाइ कृष्ण थारु अहिले काङ्ग्रेसबाट उम्मेदवार बनेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending