Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

सामाजिक सञ्जाल र एआईको प्रयोगबारे निर्वाचन आयोग, हेट स्पिचजस्ता भ्रामक टिप्पणी गर्न वर्जित

खबरडबली संवाददाता

काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचारसंहिता २०८२ मा पहिलो पटक एआईको प्रयोगबारे बुँदा पनि समावेश गरिएको हो ।

आचारसंहिता अनुसार निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा एकाउण्ट सञ्चालन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन पाउनेछैन। त्यस्तै, सामाजिक सञ्जालमा आर्टिफिसियल इन्टिलिजेन्स ९एआई० को प्रयोग गरी वा नगरी निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण ९हेट स्पिच० जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन वर्जित गरिएको छ ।

यसैगरी, कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को प्रयोग गरी वा नगरी निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा पोस्ट, रिपोस्ट, शेयर, कमेन्ट वा प्रतिकमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सन लगायतका कार्य गर्न वा गराउन नपाउने आचारसंहितामा उल्लेख छ । 

कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानि गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन पाइनेछैन । 

निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचार प्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा पोस्ट, रिपोस्ट, शेयर, कमेन्ट वा प्रतिकमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सन लगायतका कार्य गर्न वा नगराउन आचारसंहितामा भनिएको छ ।

यसैगरी, क्यामेरा, भिडियो क्यामेरा, ड्रोन, मोबाइल वा अन्य उपकरणबाट अनुमति नलिइ मतदानस्थल र मतगणनास्थलको तस्वीर लिन, भिडियो खिच्ने कार्य गर्न नपाइने भएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । नवनिर्वाचित सरकारले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठक बस्न लागेको छ। केहीबेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु हुने जनाइए...

नवनियुक्त गृहमन्त्री गुरुङले गरे पदभार ग्रहण, एकद्वार प्रणालीबाट काम गर्ने पहिलो निर्णय

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा शपथ ग्रहण समारोह सम्पन्न भएपछी मन्त्री गुरुङ सिंहदरबार पुगेर...

रसुवामा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं । रसुवाको लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, हेलिकप्टर दिउँसो साढे १ बज...

मोदीले दिए प्रधानमन्त्री बालेनलाई बधाई, भने - तपाईंसँग नजिकबाट काम गर्न म उत्सुक छु

काठमाडौं । नयाँ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारतीय समकक्षी नरेन्द्र मोदी ले बधाई दिएका छन्। शुक्रबार दिउँसो फेसबुक मार्फत मोदीले प्रधानमन्...

४३ औँ प्रधानमन्त्री बनेका बालेनको बेग : रास्वपा प्रवेशको तीन महिनामै प्रधानमन्त्री

काठमाडौँ। बालेन्द्र शाह (बालेन) नेपालको ४३ औँ प्रधानमन्त्री पदमा नियुक्त भएको छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ...

पूर्वप्रधानमन्त्री ओलीले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह लाई बधाई तथा शुभकामना दिएका छन्। प...

देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा वाग्लेलाई

काठमाडौँ। लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गर्नुभएका डा.स्वर्णिम वाग्ले नेपालको स्थापित अर्थशास्त्रीमध्येको एक छन्। गोरखाको बुङ्को...

बालेनको मन्त्रिपरिषद्‌मा सुधन गुरुङको वरीयता तेस्रो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार गठन भएको छ। १५ सदस्यीय मन्त्रिपरिषद् अनुसार डा। स्वर्णिम वाग्ले...

प्रधानमन्त्री बालेन्द्र शाह पदभार ग्रहणपछि राष्ट्रपति कार्यालयबाट बाहिरिए

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति कार्यालयबाट बाहिरिएका छन्। प्रधानमन्त्रीको शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय, शीतलनि...

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा पाँच महिला मन्त्री, ३३ प्रतिशत पुग्यो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा पाँच जना महिला मन्त्री रहेका छन्। नवनियुक्त महिला मन्त्रीहरू यस प्रकार ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending