Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

सरकारले युवा परिचालन कार्यक्रम पहिचान गर्न समिति गठन गर्याे

काठमाडौं । सरकारले युवा परिचालनका लागि कार्यक्रम पहिचान गर्न युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा समिति गठन गरेको छ । सरकारले यस आर्थिक वर्षलाई युवा परिचालन वर्ष मनाउने निर्णय गरेसँगै युवालाई कसरी, कुन कुन क्षेत्रमा परिचालन गर्ने भन्नका लागि समिति गठन गरिएको मन्त्रालयका युवा परिचालन तदर्थ परामर्श शाखाका प्रमुख कृष्णप्रसाद बस्यालले जानकारी दिए।

समितिमा राष्ट्रिय युवा परिषद्का प्रमुख प्रशासकीय अधिकृत सदस्य–सचिव रहेको समितिमा युवा तथा खेलकूद मन्त्रालयका सहसचिव र युवाका क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सदस्य रहेका छन् । उनका अनुसार समितिले आगामी मङ्सीर १५ गतेभित्र युवा परिचालन वर्षमा युवालाई कुन–कुन क्षेत्रमा परिचालन गर्ने भनेर प्रतिवेदन तयार पार्नेछ ।

समितिले तयार पारेको आधारमा नै युवालाई परिचालन गरिने सरकारको तयारी रहेको छ । उनले आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा युवालाई परिचालन गरिने समेत जानकारी गराए । ‘‘युवा आफैँले कुन–कुन क्षेत्रमा काम गर्न इच्छुक छन् । सोही आधारमा उनीहरुलाई परिचालन गरिनेछ’’ उनले भने,“ यस आर्थिक वर्षको कम्तीमा तीन÷चार महीना भए पनि युवालाई परिचालन गर्ने तयारी रहेको छ ।”

सरकारले घोषणा गरेको नीति तथा कार्यक्रम र बजेटमार्फत युवाको जाँगर, समृद्धिको आधारलाई सार्थक तुल्याउन युवा परिचालन वर्षको रुपमा सरकारले मनाउने तयारी गरेको छ । सरकारले प्रदेश र स्थानीय तहको सहकार्यमा शैक्षिक संस्था, नेपाल स्काउट, राष्ट्रिय युवा परिषद् र विभिन्न गैरसरकारी संस्थाबाट युवा परिचालनमार्फत् लैङ्गिक, जातीय र छुवाछुतलगायत सामाजिक विभेद्को अन्त्य गर्न जनचेतना जगाउने जस्ता कार्य, मानवीय सेवा, विपद् व्यवस्थापन, वातावरण संरक्षण र वृक्षरोपणजस्ता कार्य गर्ने सरकारको तयारी रहेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending