Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

२० बुँदे घोषणपत्र पारित गर्दै पाँचौं विश्व महिला सम्मेलन सम्पन्न

काठमाडौं । ‘युग समानता २०३० सम्ममा प्राप्तिका लागि महिलावादी आन्दोलनलाई गतिवद्र्धन गरौँ’ भन्ने अभियानका साथ शुरु भएको पाँचाैं विश्व महिला सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । सम्मेलनमा सात प्रदेशका महिलाको सहभागिता थियो ।

बियोण्ड बेजिङ कमिटिले २० बुँदे काठमाडौँ घोषणपत्र पारित गर्दै सो सम्मेलन समापन गरेको हो । घोषण पत्रमा महिलामाथि गरिने सबै प्रकारका विभेद्को अन्त्य, राष्ट्रिय महिला आयोगलाई पूर्णता, समानुपातिक सहभागितालाई कार्यान्वयन, बालविवाहको अन्त्य लगायतका विषय समेटिएका छन् ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा मगरले महिला हिंसा अन्त्य गर्न तीनै तहका सरकारले जिम्मेवार भई काम गर्नुपर्ने बताइन् ।

उनले स्थानीय सरकारसँग बुझेर महिला हिंसा निवारण कोष निर्माण गर्ने तयारीमा सरकार जुटेको उल्लेख गरिन् । बियोण्ड बेजिङ कमिटि नेपालका अध्यक्ष शान्तालक्ष्मी श्रेष्ठले सन् १९९५ मा चीनको बेजिङमा सम्पन्न चांैथो विश्व महिला सम्मेलनका कारण महिलाले आफ्नो आवाज राख्न वातावरण बनेको बताइन् ।

उले चांैथो विश्व महिला सम्मेलनले विश्वलाई नै लैङ्गिक समानताको लागि उन्मुख गराएका कारण नेपालमा पनि परिवर्तन आएको दाबी गर्नुभयो । नेपालले बेजिङ सम्मेलनले प्रतिपादन गरेका १२ मुद्दा कार्यान्वयनका लागि राष्ट्रिय कार्यनीति तयार गरी पूर्ण प्रतिबद्धता व्यक्त गरिसकेको छ । जसमा बियोण्ड बेजिङ कमिटी नेपालले सन् १९९४ देखि नै लैङ्गिकता र महिला तथा बालिकाको अधिकारका लागि काम गर्दै आएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending