Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

आयुर्बेदको यो फर्मुला पढ्नुहोस् र आफ्नो स्वास्थ्य पत्ता लगाउनुस्

आयुर्वेद अनुसार शरीरमा तीन किसिमको दोष पाइन्छ। जस्तो कि, वात, पित्त र कफ दोष। यही तीन दोषका अनुसार तपाईंको शरीरको बनावट, दोष, मानसिक अवस्था र स्वभाव पत्ता लगाउन सकिन्छ। आयुर्वेदमा राम्रो स्वास्थ्यको दश संकेत बताइएको छ।

उचित पाचन यन्त्र

आयुर्वेद अनुसार यदि तपाईंले खाना खाएपछि बोझिलो एवं भारी महसुष गर्नु राम्रो संकेत होइन। बरु, खाना खाइसकेपछि हल्का र तन्दुरुस्त महसुष गर्नुपर्छ भने तपाईंको रहनसहन र आहार एकदम सही छ भन्ने बुझिन्छ।

अक्सर मानिसहरु खाना खाइसकेपछि पेटमा ग्यास हुने, छातीमा जलन हुने, सुस्त एवं आलस्य महसुष हुने गर्छन्। यसको मूख्य दुई कारण हुनसक्छ, या त तपाईं कुनै रोगको शिकार हुनुहुन्छ वा तपाईं सही ढंगले सही मात्रामा खाना खाइरहनुभएको छैन।

पाँच इन्द्रियले सही काम गर्नु

मानव शरीर अद्भूत छ। हाम्रा पाँच इन्द्रिय छन्। यही इन्द्रियले हामी अनेक कुरा महसुष गर्न सक्छौं। यदि तपाईं आफु आसपासको क्षेत्रबारे के भइरहेको छ भन्ने कुरा महसुष गर्न सक्नुहुन्छ भने तपाईंको इन्द्रिय ठिकठाक छ।

आफु अगाडिको कुरा स्पष्ट देखिरहनुभएको छ, आफ्नो आसपासको आवाज स्पष्टसँग सुनिरहनुभएको छ, आफु आसपासको मौसम सही ढंगले अनुभूत गरिरहनुभएको छ, आफु आसपासको गन्ध, सुगन्ध राम्ररी महसुष गरिरहुनभएको भने तपाईंको इन्द्रिय ठिक छन्।

शान्त स्वभाव एवं मन

तपाईंको स्वभाव जति शान्त र शितल छ, उत्तिनै तपाईं ठिकठाक हुनुहुन्छ। सामान्यत शारीरक वा मानसिक रुपले समस्याग्रस्त मान्छे क्रोधित हुन्छन्। विचलित हुन्छन्। रिसाइरहेका हुन्छन्। डराइरहेका हुन्छन्।

शान्त हुँदैनन्। तपाईंको शरीर जति स्वस्थ्य छ, उत्तिनै तपाईं शान्त रहनुहुनछ। तपाईं उत्तिनै उमंगित रहनुहुन्छ।

सही पाचन

राम्रो पाचनको दुई संकेत हुन्छ। एक त तपाईंले खाना खाएपछि त्यो राम्ररी पच्छ। अर्को चाहि खाना खाने समयमा राम्ररी भोक लाग्छ। खाना पच्नु र सही समयमा भोक लाग्नु पनि पाचन यन्त्र सही छ भन्ने कुराको संकेत हो।

समयमा निद्रा

हामी जतिबेर जागा रहन्छौं, उत्तिनै समय विश्राम पनि चाहिन्छ। शरीरलाई सही समयमा, सही अवधी विश्राम चाहिन्छ। यस्तो विश्राम हामी सुतेर वा निद्राको अवस्थामा लिन सक्छौं।

यदि हाम्रो स्वास्थ्य राम्रो छ भने हामीलाई सही समयमा निद्रा लाग्छ। सुत्नसाथ गहिरो निद्रामा पर्छौं। राती निद्रा भड्किदैन वा विथोलिदैन। निद्राबाट खुलेपछि चंगा अनुभव गर्छौं। यदि त्यसो हो भने तपाईंको स्वास्थ्य ठिक छ।

सही समयमा उठ्ने

तपाईं प्राय कुन समयमा उठ्नुहुन्छ ? सुत्ने समयसँग निर्भर होला। तपाईं अबेर सुत्नुभयो भने अबेर नै उठ्नुहुनेछ। चाडै सुत्नुभयो भने चाडै उठ्नुहुनेछ। यदि तपाईंको उठ्ने तालिका नियमित छ भने पनि तपाईंको स्वास्थ्य ठिक छ भन्ने बुझिन्छ।

दैनिक पेटको सफाई

एक स्वस्थ्य व्यक्तिको पेटको सफाई दिनमा दुई पटक हुन्छ। एक पटक विहान र अर्को पटक साँझमा। यस्तोमा सही खानपानको आवश्यक्ता हुन्छ। यदि तपाईं सही खानपानबाट आफ्नो पेट सफा राख्नुहुन्छ भने तपाईंको शरीरबाट धेरै रोग हट्छ।

यहाँसम्म कि पसिना आउनुपनि स्वास्थ्य जीवनको संकेत हो। पसिनाको माध्यामबाट शरीरबाट युरिनभन्दा बढी विषाक्त तत्व निष्कासित हुन्छ।

सन्तुलित तौल

तपाईंको उचाई अनुसार उचित किसिमको तौल आवश्यक हुन्छ। यदि तपाईंको तौल सधै उही रहन्छ वा धेरै घटबड हुँदैन भने यसलाई पनि राम्रो संकेत मान्नुपर्छ।

तौल सन्तुलित राख्नका लागि सही खानपान, सहि दिनचर्या एवं सक्रियता आवश्यक हुन्छ।

प्राकृतिक तागत र प्रतिरोधी क्षमता

जुन व्यक्ति काम गर्दा चाडै थाक्दैन वा बलको श्रमको काम गर्न सक्छन्। साथै उनीहरुको रोग प्रतिरोधी क्षमता पनि बलियो हुन्छ। यस्तो व्यक्तिको शरीर सही हुन्छ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending