काठमाडौं । नेपाल र बङ्गलादेशबीच व्यापार अभिवृद्धिमा टेवा पु¥याउने उद्देश्यले नेपाल र बङ्गलादेश वाणिज्य सहसचिवस्तरीय प्राविधिक समितिको चौथो बैठक आजदेखि राजधानीमा प्रारम्भ भएको छ ।
बैठकमा बङ्गलादेशसँगको व्यापार घाटा न्यूनीकरण गर्ने विषयमा विस्तृतमा छलफल हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपाल र बङ्गलादेशबीचको ‘कनेक्टीभिटी’को एजेण्डालाई महत्वका साथ उठान गरिने बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेको वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए ।
काठमाडौँदेखि ढाकासम्म सिधा बससेवा सञ्चालनका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ । निकै ठूलो सङ्ख्यामा नेपाली विद्यार्थीले बङ्गलादेशमा अध्ययन गरिरहेका छन् । सिधा बस सेवा सञ्चालनसँगै नेपाली विद्यार्थीलाई आवतजावतमा सुविधा पुग्ने बताइएको छ ।
यसैगरी नेपाल–बङ्गलादेश ‘कार्गो’ ढुवानीका बारेमा पनि छलफल हुने सहसचिव ढकालले जानकारी दिए। नेपाली विद्यार्थीलाई बङ्गलादेशको सहज प्रवेशाज्ञा दिलाउने विषयमा पनि छलफल हुनेछ ।
जलमार्गमार्फत नेपाल र बङ्गलादेशलाई जोड्ने विषयमा पनि घनिभूत छलफल हुने उहाँले जानकारी दिए। जलमार्गको सम्भाव्यता अध्ययन गर्ने बारेमा नेपाल र बङ्गलादेशबीच समझदारी हुन सक्ने बताइएको छ । बङ्गलादेशले पनि जलयातायात सञ्चालन गर्ने बारेमा भारतसँग छलफल गरिरहेको छ ।
त्यसैगरी नेपालले पनि जलयातायात सञ्चालान गर्न भारतसँग संवाद अगाडि बढाएको छ ।
नेपाल र बङ्गलादेशबीच सिधा हवाई सेवा सञ्चालन गर्ने बारेमा पनि छलफल हुने पनि सहसचिव ढकालले जानकारी दिए । “नेपालको पूर्वी भागबाट बङ्गलादेशमा हवाई सेवा सञ्चालन गर्ने गरी ‘एयर रुट’का बारेमा पनि छलफल हुनेछ”, उनले भने।
वार्ताका क्रममा केही विषयलाई अन्तिमरुप दिई द्विपक्षीय समझदारी ९एओयू०को मस्यौदालाई अन्तिम रुप दिइने सहसचिव ढकालले जानकारी दिए। प्राविधिक समितिले अन्तिमरुप दिएको एमओयूमाथि नेपाल–बङ्गलादेशबीचको उच्च राजनीतिक तहमा हस्ताक्षर हुने बताइएको छ ।
बैठक मङ्गलबारसम्म चल्नेछ । बैठकमा नेपालको तर्फबाट सहसचिव ढकालको नेतृत्वमा परराष्ट्र, अर्थ र कानून मन्त्रालय तथा भन्सार विभागलगायत निकायका प्रतिनिधिको सहभागिता रहेको छ ।
त्यस्तै बङ्गलादेशको तर्फबाट त्यहाँका अतिरिक्त सचिव सरिफा खानको नेतृत्वको प्रतिनिधिमण्डल सहभागी छ ।
गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त बैठकमा सहभागी हुन वाणिज्य मन्त्रालयका सहसचिव ढकालको नेतृत्वमा १५ सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरेको थियो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: