Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

मिडियामा आएको समाचारको खण्डन गर्दै परराष्ट्रमन्त्रीले भने - नेपाल विदेशीको दबाब र प्रभावमा छैन

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कुनै पनि देशको दबाब र प्रभावमा नरहेको स्पष्ट गर्दै त्यस्ता भ्रमबाट मुक्त हुन सम्बद्ध सबैलाई आग्रह गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार सम्पन्न म्यान्मा गणतन्त्र सङ्घको राजकीय भ्रमणका सम्बन्धमा जानकारी दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सञ्चारकर्मीसँगको भेटमा उनले नेपालमाथि कुनै पनि विषयमा कुनै पनि देशले दबाब नदिएको बताए । हालै चीनका राष्ट्रपति सि चिनफिङले गरेको नेपालको राजकीय भ्रमणका बेला चीनसँग प्रत्यर्पण सन्धि बाह्य दबाबका कारण हुन नसकेको भन्ने जिज्ञासा र छापाहरूमा सार्वजनकि भएका टीकाटिप्पणीबारे प्रष्ट पार्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल दबाब र प्रभावमुक्त रहेको बताए ।

“अन्तरदेशीय आपराधिक गतिविधि बढेका सन्दर्भमा पारस्परिक कानुनी सहायता सन्धि हुनु सामान्य हो उपयुक्त समयमा हामी चीनसँग प्रत्यर्पण सन्धि गर्छौ,” उनले भने । नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन नेपालमा आयोजना गरिने प्रवद्र्धनात्मक कार्यक्रममा सहभागी हुन म्यान्माका स्टेट काउन्सेलर आङ सान सुची काठमाडौँ आउने जानकारी दिँदै उनले म्यान्माका नागरिकले लुम्बिनी वा काठमाडौँ र म्यान्माबीच सिधा हवाई सम्पर्क कायम हुनुपर्नेमा जोड दिएका बताए ।

म्यान्माका नागरिकले लुम्बिनी भ्रमणलाई उच्च प्राथमिकतामा राखेका र निकट भविष्यमा गौतमबुद्ध विमानस्थल सञ्चालन हुन लागेकाले उताबाट बढी धार्मिक पर्यटकले नेपाल भ्रमण गर्नेमा आफू आशावादी रहेको मन्त्री ज्ञवालीले बताए । नेपाल शरणार्थीसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धिको पक्षराष्ट्र नभए पनि तिब्बती र भुटानी शरणार्थीलाई मानवीय आधारमा सहयोग भइरहेको यथार्थ सुनाउँदै उहाँले शरणार्थी समस्याप्रति नेपालको गहिरो चासो रहेको र उनीहरू आफ्ना देश स–सम्मान फर्कन पाउनुपर्छ भन्ने अडानमा नेपाल दृढ रहेको दोहो¥याउए।

भारत–पाकिस्तान द्वन्द्वले क्षेत्रीय स्थायित्व र शान्तिमा असर गर्ने भएकाले दुवै देशले अधिकतम संयमता अपनाउँदै आपसी तनाब घटाउन र स्थितिलाई सामान्य बनाउनेतर्फ लाग्नुपर्नेमा मन्त्री ज्ञवालीले जोड दिए । महिला हिंसाका घटनाप्रति नेपाल सरकार संवेदनशील रहेको र दोषीलाई कारबाही गर्न दृढ रहेको दृष्टान्त प्रस्तुत गर्दै परराष्ट्रमन्त्रीले संसारभरका महिला कार्यस्थल र घरमा सुरक्षित नरहेका वास्तविकतालाई बिर्सेर असान्दर्भिक विषय उठाएर नेपाललाईं महिला हिंसामा मुछिएकामा आश्चर्य प्रकट गरे । नेपालको कानुनले महिलाविरुद्धका हिंसालाई गम्भीर फौजदारी अपराध मानेर त्यसैअनुरुप कठोर कारबाहीको व्यवस्था गरेको उनले स्मरण पनि गराए ।

असंलग्न आन्दोलन (नाम)को १८औँ शिखर सम्मेलनमा नेपालले दिगो विकासका लक्ष्य हासिल गर्न नेपाललगायत देशमा अन्तर्राष्ट्रिय लगानी बढाउनुपर्ने, शस्त्रास्त्रको होडबाजी र सैन्य सामथ्र्यको सुदृढीकरणको सट्टा शिक्षा, स्वास्थ्य, गरिबी निवारण र भोकमरी हटाउन पनि पर्याप्त लगानी गर्न विकसित राष्ट्रहरू लाग्नुपर्ने विषयलाई प्राथमिकताका साथ उठाउने मन्त्री ज्ञवालीले जानकारी दिए।

त्यसअघि मन्त्री ज्ञवालीले राजनीतिक सुधारका साथ आर्थिक खुलापन बढाउँदै लगेको र दक्षिण पूर्व एशियामा आशलाग्दो आर्थिक विकास गरिरहेको म्यान्मामा भएको नेपालका राष्ट्रपतिको पहिलो राजकीय भ्रमणले दुई देशबीचको समग्र सम्बन्धलाई सुदृढ तुल्याउन मद्दत पुगेको बताउँदै राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा भएका द्विपक्षीय भेटघाट र समझदारीबारे विस्तृत विवरण प्रस्तुत गरेका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending