काठमाडौं । सरकारले अभियानको रूपमा अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई साकार पार्ने तथा नेपाल भ्रमण वर्ष २०२० वर्षलाई सफल बनाउनेलगायत १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ विश्व नेपाली सम्मेलन सम्पन्न भएको छ ।
एनआरएनएले नेपालको समृद्धिका निम्ति ठूला आयोजनामा नेपाल लगानी बोर्डसँग सहकार्य गरी सहजकर्ताको भूमिका निर्वाह गर्ने र सम्बन्धित देशका लगानीकर्तासँग समन्वय गराउने तथा स्वदेशमा बाह्य लगानी, प्रविधि, सीप, अनुभव तथा ज्ञान आकर्षणमा सहजकर्ताको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।
अबको केही महीनापछि नै औपचारिकरूपमा शुरुआत हुने भ्रमण वर्षलाई भव्यरूपमा सफल बनाउन एनआरएनएले विश्वभरि रहेको आफ्नो बलियो सञ्जाललाई वर्षैभर भरपुर उपयोग गर्ने प्रण गरेको छ । एनआरएनले विदेशी लगानी आकर्षणको वातावरण बनाउन नेपालको कूटनीतिक नियोग रहेका र धेरै नेपालीको बसोबास रहेका मुलुकहरुसँग अविलम्ब दोहोरो कर उन्मुक्तिको सम्झौता, लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौतालगायतका सम्झौता अविलम्ब गर्न नेपाल सरकारसँग आह्वान गर्दै त्यसका लागि सहजकर्ताको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
विज्ञान तथा प्रविधिमा संलग्न गैरआवासीय नेपालीको तथ्याङ्क तयार गर्दै ती संलग्न शैक्षिक संस्था एवं अनुसन्धान केन्द्र र नेपालका शैक्षिक संस्था र अनुसन्धान केन्द्रबीच समन्वयको वातावरणका साथ प्राज्ञिक आदानप्रदान तथा नेपाल र नेपालीको प्राथमिकताका आधारमा संयुक्त अनुसन्धानसम्बन्धी क्रियाकलापका लागि अनुकूल वातावरण तयार पार्न सम्मेलनले प्रतिबद्धता जनाएको छ ।
“सन् २०३० सम्म नेपाल सरकारद्वारा निर्धारित सन् २०२२ भित्र नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नति गर्ने, संयुक्त राष्ट्रसङ्घले लिएको दिगो विकासका लक्ष्यहरु पूरा गर्ने र मध्यम आय भएको राष्ट्र बन्नेसमेत तीन महत्वाकांक्षी विकास लक्ष्यहरूसँग सम्बन्धित रणनीतिहरूमा गैरआवासीय नेपालीहरूको महत्वपूर्ण भूमिका र योगदान हुनसक्ने जनाउँदै उपरोक्त लक्ष्यहरू पूरा गर्न प्रतिबद्धता व्यक्त गर्दछौँ”, घोषणपत्रमा भनिएको छ ।
म मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मूल नारासहित सम्पन्न गैरआवासीय नेपाली विश्व सम्मेलनलाई भव्य रुपमा सफल पार्न सहयोग गर्नुहुने राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मन्त्रीगण, राजदूत, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत तथा निजी क्षेत्रका व्यावसायिक संस्थाका प्रतिनिधि एवं एनआरएन संस्थापक अध्यक्ष, विकास साझेदार संस्थालगायतले सम्मेलनले हार्दिक कृतज्ञता ज्ञापन गरेको छ ।
काठमाडौँमा यही असोज २८ देखि ३० गते सम्मेलन भएको एनआरएनएको तीनदिने सम्मेलन तथा अन्तरराष्ट्रिय महाधिवेशनले कुमार पन्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । सम्मेलनमा ं ८० देशका दुई हजार ६५६ प्रतिनिधि सहभागी थिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: