Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

यमनको पूर्वी क्षेत्रमा अस्थिरता बढ्दै, संयुक्त राष्ट्रसंघद्वारा

खबरडबली संवाददाता

यमन । यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुन्डबर्गले शनिबार यमनका पूर्वी प्रान्तहरू हद्रामौत र अल–मह्राहमा बढ्दो तनावप्रति गम्भीर चासो व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन र थप तनाव नबढाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत जारी वक्तव्यमा उनले संयुक्त राष्ट्रसङ्घका महासचिवको ‘संयम, तनाव न्यूनीकरण र संवाद’ सम्बन्धी आह्वान दोहो¥याउँदै परिस्थितिलाई अझ जटिल बनाउने कुनै पनि गतिविधि नगर्न सबैलाई अनुरोध गरे ।

ग्रुन्डबर्गले क्षेत्रीय स्तरमा भइरहेका मध्यस्थता प्रयासहरूको महत्त्वमा जोड दिँदै यमनका पक्षहरू तथा क्षेत्रीय सरोकारवालासँग निरन्तर सम्पर्कमा रहेको र देशमा ‘समग्र तथा समावेशी राजनीतिक समाधान’ तर्फ अघि बढ्न सहयोग गरिरहेको बताए ।

उनका यी अभिव्यक्तिहरू साउदी अरबले शुक्रबार दक्षिणी सङ्क्रमणकालीन परिषद्सँग सम्बन्धित स्थानहरूमा हवाई आक्रमण गरेपछि आएका हुन् । ती आक्रमणहरू हद्रामौत प्रान्तको प्रमुख तेल क्षेत्र नजिक रहेको घैल बिन यामिन क्षेत्रमा भएका बताइन्छ । ती घटनामा मानवीय क्षति वा सैन्य उपकरणमा क्षति पुगेको विवरण प्राप्त भएको छैन ।

यसअघि डिसेम्बर ३ मा दक्षिणी सङ्क्रमणकालीन परिषद्का बलहरूले सरकार समर्थक समूहसँगको झडपपछि हद्रामौतमा नियन्त्रण कायम गरेका थिए । त्यसपछि उनीहरूले कुनै ठूलो प्रतिरोधबिना अल–मह्राह प्रान्तसम्म आफ्नो उपस्थिति विस्तार गरेका छन् । यमन सरकार र साउदी अरबले पटक–पटक तनाव कम गर्न आग्रह गरे तापनि परिषद्ले दुवै प्रान्तमा स्थानीय बलहरू भर्ती गर्न जारी राखेको जनाइएको छ ।

यसै दिन साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता तुर्की अल–मालिकीले नागरिक सुरक्षाका लागि तनाव न्यूनीकरण प्रयासलाई कमजोर बनाउने कुनै पनि सैन्य गतिविधिलाई सम्बोधन गरिने बताएका थिए ।

यमनको राष्ट्रपति नेतृत्व परिषद्का अध्यक्ष रशाद अल–अलिमीले पनि शनिबार ती कदमहरूको स्वागत गर्दै दक्षिणी सङ्क्रमणकालीन परिषद्का गतिविधिलाई अस्थिरता सिर्जना गर्ने कार्यको रूपमा वर्णन गरे ।

सन् २०१७ मा गठन भएको दक्षिणी सङ्क्रमणकालीन परिषद्ले दक्षिण यमनको आत्मनिर्णय र अन्ततः स्वतन्त्रताको माग गर्दै आएको छ । सन् २०२२ मा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमन सरकारमा समावेश भए पनि परिषद्ले दक्षिणी पृथकतावादी एजेन्डालाई निरन्तर अघि बढाइरहेको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE