Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट

खबरडबली संवाददाता

फ्लोरिडा । रुस–युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई आइतबार भेटवार्ताका लागि स्वागत गर्ने भएको छ । दुवै नेताले फ्लोरिडाको पाम बीचस्थित राष्ट्रपति ट्रम्पको निजी क्लब मार–ए–लागोमा भेटनेछन्, जहाँ राष्ट्रपति ट्रम्प हाल छुट्टी मनाइरहेका छन् ।

राष्ट्रपति जेलेन्स्कीले यस भेटमा सुरक्षा तथा आर्थिक सम्झौताका विषयमा छलफल हुने र ‘क्षेत्रीय मुद्दा’ उठाइने जानकारी दिएका छन् । पूर्वी युक्रेनको डोनबास क्षेत्रको भविष्यलाई लिएर मस्को र किएभबीच गहिरो मतभेद रहँदै आएको छ । भेटघाटअघिका दिनमा रुसले किएभमाथि मिसाइल र ड्रोन आक्रमण तीव्र पारेको छ, जसलाई राष्ट्रपति जेलेन्स्कीमाथि दबाब सिर्जना गर्ने प्रयासका रूपमा हेरिएको छ ।

राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत ‘युक्रेन यो युद्ध रोक्नका लागि जे पनि गर्न तयार छ, तर वार्ताको टेबलमा बलियो हुनुपर्छ’ भनेका छन् । उनले युक्रेन शान्ति चाहन्छ तर रुसले युद्ध जारी राख्ने सङ्केत गरिरहेको आरोप लगाए । युरोप र अमेरिका युक्रेनको पक्षमा उभिए संयुक्त रूपमा युद्ध रोक्न सकिने उनको भनाइ छ ।

यसैबीच, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग नोभा स्कोटियामा भएको भेटमा राष्ट्रपति जेलेन्स्कीले रुसमाथि दबाब र युक्रेनलाई बलियो समर्थन नै शान्तिको कडी भएको बताए । प्रधानमन्त्री कार्नीले युक्रेनको पुनर्निर्माणका लागि दुई अर्ब ५० करोड क्यानेडियन डलर थप सहयोगको घोषणा गरेका छन् । उनले किएभमाथिको रुसी आक्रमणको निन्दा गर्दै राष्ट्रपति ट्रम्प र जेलेन्स्कीलाई ‘न्यायपूर्ण र स्थायी शान्ति’ का लागि महत्त्वपूर्ण क्षण सिर्जना गरेको श्रेय दिए ।

हालैका हप्ताहरूमा अमेरिकी वार्ताकारहरूले अघि सारेको शान्ति प्रयासमा उल्लेख्य प्रगति भएको दुवै पक्षले जनाएका छन् । राष्ट्रपति जेलेन्स्कीका अनुसार २० बुँदे शान्ति प्रस्तावको मस्यौदा लगभग ९० प्रतिशत तयार भइसकेको छ । यस क्रममा अमेरिकाले नाटोका अन्य सदस्यलाई जस्तै युक्रेनलाई पनि केही सुरक्षा ग्यारेन्टी दिन सहमति जनाएको छ । युक्रेनले यस्ता ग्यारेन्टी पाए भविष्यमा नाटो सदस्यता खोज्ने प्रयास त्याग्न तयार रहेको सङ्केत राष्ट्रपति जेलेन्स्कीले दिएका छन् ।

क्रिसमसको दिन राष्ट्रपति जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विटकफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुशनरसँग पनि छलफल गरेका थिए। उनले संवेदनशील विषयमा अझै काम बाँकी रहेको र आगामी हप्ता निर्णायक हुनसक्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालको ठूलो समय युक्रेन युद्ध अन्त्यका प्रयासमा खर्च गर्दै आएका छन् । सन् २०२४ को चुनाव अभियानका क्रममा एक दिनमै युद्ध अन्त्य गर्ने दाबी गरेका उनले पछिल्लो समय यो प्रक्रिया जटिल रहेको स्वीकार गरेका छन् । अक्टोबरमा ह्वाइट हाउसमा राष्ट्रपति जेलेन्स्कीलाई स्वागत गर्दा उनले दुवै पक्षलाई लडाइँ रोक्न आग्रह गर्दै हालको युद्धरेखामा रोक्नुपर्ने सङ्केत दिएका थिए ।

आइतबारको भेटअघि राष्ट्रपति जेलेन्स्कीले अझै नसुल्झेका मुख्य विषयमा क्षेत्रीय प्रश्न, जापोरिजिया आणविक ऊर्जा केन्द्र र युद्धपछिको पुनर्निर्माण कोष रहेको बताएका छन् । सुरक्षा ग्यारेन्टी र अनुगमन संयन्त्रसम्बन्धी प्राविधिक विषयहरू पनि छलफलको केन्द्रमा रहनेछन् ।

राष्ट्रपति जेलेन्स्कीका अनुसार युक्रेनले आफ्नो धारणा अमेरिकासमक्ष स्पष्ट गरिसकेको छ, जसलाई ट्रम्प प्रशासनले रुससमक्ष पुर्‍याउनेछ । उनले पछिल्लो साता, यदि रुस पनि पछि हटे र पूर्वी क्षेत्र अन्तर्राष्ट्रिय निगरानीमा असैन्यीकृत क्षेत्र बनाइयो भने युक्रेन सेना फिर्ता लिन तयार हुनसक्ने बताएका थिए ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिका–रुसबीच सम्पर्क जारी रहेको र वार्ता अघि बढाउने सहमति भएको पुष्टि गरेका छन् । तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कब्जामा रहेका चार क्षेत्र र क्रिमियालाई रूसी भूभागका रूपमा मान्यता दिनुपर्ने माग दोहोर्‍याउँदै आएका छन्। युक्रेनले ती सबै माग अस्वीकार गर्दै आएको छ ।

विश्लेषकहरूका अनुसार राष्ट्रपति ट्रम्प रुसी मागप्रति केही हदसम्म ग्रहणशील देखिएका छन् । यदि युक्रेनले डोनबास क्षेत्रमा केही सम्झौता गर्‍यो र पश्चिमी शक्तिले रुसलाई आर्थिक प्रोत्साहन दिए, पुटिनलाई युद्ध अन्त्यतर्फ राजी गराउन सकिने सम्भावना ट्रम्प पक्षको आकलन रहेको बताइन्छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

उपसभामुख इन्दिरा रानाद्वारा पदबाट राजीनामा

काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending