Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

मासुजन्य पदार्थमा भारतमाथिको परनिर्भरता अन्त्य, दशैंमा भारतबाट आउने खासिबोका घटे

काठमाडौं । भारतीय नाकाबाट भित्रिने पशु तथा मासुजन्य पदार्थ खरिदमा सरकारले कडाई गरेपछि यसपालिको दशैंतिहारमा मासुजन्य पदार्थमा भारतमाथिको परनिर्भरताको अन्त्य भएको छ । सरकारले गत फागुनमा पशु, पशुजन्य पदार्थ, पशु उत्पादन सामाग्री आयात गर्दा अनिवार्य स्वास्थ्य प्रमाण लागु गरेपछि मासुजन्य पदार्थ आयातमा कमी आएको हो ।

गत बर्ष दशैं–तिहालाई लक्षित गरी ४० देखि ५० हजारको हाराहारीमा खसिबोका, च्याङग्रा बजारमा खपत हुने गरेको थियो । ती मध्ये ८० प्रतिसत भारतीय तथा तिब्बतीय नाकाबाट खपत हुने गरेको थियो ।

के नेपाल मासुजन्य पदार्थमा आत्मनिर्भर बन्दै गएको हो ?

यस बर्ष दशैंको तेस्रो दिनसम्म १ हजार ९ सय ९८ वटा खसिबोका भारतीय नाकाबाट भित्रिएको पशु सेवा विभागका सूचना अधिकारी डाक्टर मोदनाथ गौतमले जानकारी दिएका छन् । डाक्टर गौतमको भनाइ अनुसार अघिल्लो बर्षको तुलनामा यस बर्ष भारतीय नाकाबाट न्यून रुपमा खसिबोका भित्रिएको छ । दशैंसम्ममा १० प्रतिशतको हाराहारीमा भरतीय नाकाबाट खसिबोका खपत हुने उनको तर्क छ । विस्तारै पशु तथ मासुजन्य पदार्थमा नेपाल आत्मनिर्भरतर्फ उन्मुख भएको उनको तर्क छ ।

बजारमा भित्रिएको मासु स्वस्थकर छ, ढुक्कले खानुहोस्

गौतमले भने– ‘मासुजन्य पदार्थ उपभोगबाट नागरिकको स्वास्थ्यमा कुनै असर नगरोस भनेर यसपालिको दशैंमा हामीले मासु विक्रि नगरी जिवित खसि बोकानै घरघरमा पुर्याउने व्यवस्था मिलाएको छौं । ढुक्क भएर स्वस्थ माशु प्रयोग गरी दशैंतिहार रमाइलोसँग मनाउन सक्नु हुन्छ ।’ सर्वसाधरण नागरिकलाई चिन्न सजिलो होस भनि खसिबोकाको सिंङमा हरियो रातो चिन्ह लागाएको छ । आफ्नो इच्छा अनुसार खरिद गर्न सक्नु हुन्छ ।

गुणस्तर कायम राख्न दक्ष जनशक्तिको अभाव

बिगतको तुलनामा बजार व्यवस्था राम्रो भएपनि नियमित अनुगमन गर्न दक्ष जनशक्तिको अभाव छ । बजार संजालको व्यवस्था छैन । देशका विभिन्न नाकाबाट भित्रिएका पशुपन्छी एकीकृत नगरी व्यवसायीहरुले आफुखुसी बेचविखन गर्दा मासुलाई व्यवस्थित र गुणस्तीय प्रदान गर्न समस्या छ । खसिबोका ओसारपसार गर्न दुईवटा गाडिको व्यवस्था भएपनि अझै लामो दुरीबाट गाडिको डिकिमा राखेर ल्याउनु पर्ने अवस्था छ ।

सरकारले तोक्यो खसिबोकाको मासुको मुल्य प्रतिकिलो ५सय ६०

दशैंको बेला व्यापारीले बजारमा कृतिम अभाव सिर्जना गरी मूल्य बृद्धि गर्न सक्ने हुँदा नेपाल खाद्य संस्थानले यस बर्ष पनि ३ हजार खसि च्याङग्रा विक्रि गरेको संस्थानका सूचना अधिकारीले जानकारी दिइन् । संस्थानले बिक्रिवितरण गरेको खासिबोकाको माशु प्रति किलो ५६० र च्याङग्राको माशु प्रति किलो ७४० रुपयाँ कायम गरको छ । तीन हजारमध्ये २ हजार नौ सय २० खसि–च्याङग्रा विक्रि भइसकेको सुवेदीको भनाइ छ ।

नेपाल खाद्य संस्थानले मासुजन्य पदार्थको मुल्य तोकेपनि बजारमा मासुको भाउ आकासिएको छ । उपभोक्ता हित संरक्षण समितिका अध्यक्ष ज्योति बाँनियाले बजारमा उपभोग्य बस्तु खाद्य बस्तु, मासुजन्य पदार्थ, फलफूल तथा तरकारीमा अस्वभाविक मूल्य बृद्धि रोक्न सरकार असफल भएको आरोप लगाएका छन् । व्यापारीहरुले विभिन्न बाहनामा मूल्य बृद्धि गरेर जनताको ढाड भाँच्ने काम गरेको भन्दै अव उपभोक्ता आफै सचेत नभएसम्म समस्याको समाधान नहुने उनको तर्क छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending